पुस्तकालय र साहित्य प्रवर्द्धनमा मेरा पाइलाहरू
काजी राेशन
म्याग्दीको सदरमकाम बेनी जहाँ म बसेँ, खेलेँ, रमाएँ । त्यो ठाउँको ढुङ्गा माटो जहाँ म लडिबुडी खेलेँ । सयौँ मिटर टाढाको पानीको मूलमा पोलिथिन पाइप जोडी घरको छाना छानाबाट झारिएका पाइपबाट पानी खाएँ । त्यहाँका नरनारीसँग भुले भुलाएँ, प्यारा साथीहरूसँग रमेँ, रमाएँ । डिलाघरे काका मलाई हुरुक्क
गर्नुहुन्थ्यो । खड्गबहादुर श्रेष्ठले मलाई बास दिनुभएको थियो । १÷२ हार्डवयरका पसल थिए । भीमबहादुर घिमिरेले जेरी राम्रो पोल्थे । सुरजकुमार श्रेष्ठको ठुलो कपडा पसल थियो । नेपाल बैंक लिमिटेड एउटा मात्र बैंक थियो । मेरा साथी सुदर्शनकुमार श्रेष्ठ, सुवासकुमार श्रेष्ठ, ध्रुवलाल शर्मा, भक्त कार्की, तीर्थकुमारी श्रेष्ठ, लिला बानियाँ आदि थिए । साहित्यनुरागी सबैसँग मेरो हार्दिकता थियो । भुपेन्द्र खड्कालाई मैले बागलुङदेखि नै चिनेको थिएँ । साहित्य र सिर्जनाका काममा रुचि राख्ने भएकोले उहाँ कहाँ बराबर जाने गर्थे ।
वि. सं. २०४२ तिर केही समय म बेनीमा रहेँ । कर्मचारी मिलन केन्द्रबाट प्रकाशित हुने “पुष्पाञ्जली”को मैले सम्पादन गरेँ । मिलन केन्द्रमा प्रजातन्त्र दिवस र अन्य बेलाबखत ८÷१० जना भेला गरेर पनि साहित्यिक कार्यक्रम गर्ने गर्थे । त्यसबेला गाडीको सुरसारै थिएन । पारि बेनी जानलाई काली पुल तरेर जानुपथ्र्यो । म शिवालय मन्दिर नजिक रहेको पुल तरी सारेमारे, धोरेनी हुँदै कालीगण्डकीको तिरैतिर बागलुङ बेनी पैदल हिँड्थेँ । कस्सिएर हिँड्दा पनि ३ घण्टा लाग्थ्यो र बिस्तारै हिँडे ३ घण्टा । बिचबिचमा चिया पसल र विश्राम गर्ने ठुला चौतारीहरू थिए ।
वि. सं. २०४३ पौष १ गते प्रसिद्ध समालोचक डा. तारानाथ शर्मा, साहित्यकार नरेन्द्रराज प्रसाई र नेपाल बाल संगठनका सभापति वरिष्ठ कलाकार ठाकुरप्रसाद मैनाली बागलुङ आउनुभएको रहेछ र मेरो खोजी भएछ । त्यसबेला म म्याग्दी
थिएँ । उहाँहरूले म्याग्दीका प्र.जि.अ. पदमराज गिरीलाई फोन गरेर काजी रोशनलाई आजै बागलुङ आउन भनिदिनु होला भनी खबर गर्नुभएको रहेछ । प्र.जि.अ. ज्यूले तपाईं छिटो बागलुङ जानुप¥यो घोडा चढेर जानुस् भनी घोडासयस साथमा लगाइ
पठाउनुभयो । साँझपख उहाँहरूलाई भेटी भोलिपल्ट नै धवलागिरि साहित्य प्रतिष्ठानका तर्फबाट भेटघाट र स्वागत कार्यक्रमको आयोजना गरेको थिएँ ।
म्याग्दीमा मैले “म्याग्दी पुरस्कार” को स्थापना गर्ने सोच बनाएको थिएँ । त्यसको लागि डा. भुपेन्द्र खड्कासँग सरसल्लाह गर्ने विचार थियो । मैले आफ्नो
कुरा सुदर्शनकुमार श्रेष्ठलाई एउटा म्याग्दी पुरस्कार स्थापना गरेर साहित्यिक काम
गरौँ भनी प्रस्ताव राखेँ । उहाँले हामीले बुबा सूर्यनारायण श्रेष्ठको स्मृतिमा एउटा संस्था स्थापना गर्ने सोचेका छौं तपाईंले विधान निर्माणदेखि के र कुन तरिकाले संस्थाको व्यवस्थापन र उद्देश्य राख्ने हो यसमा साथ दिनुस् र अरु छाड्नुस्
भन्नुभयो । म त्यहीँ संस्था विधान निर्माण र सोच चिन्तनमा लागेँ । विधान निर्माण र संस्था स्थापनाकै काममा सुदर्शनकुमार श्रेष्ठ बागलुङमा एक रात मसँगै सुत्नुभएको थियो । म्याग्दी बस्दै गर्दा म्याग्दीसम्बन्धी “भात पकाइदिउँ कि मकै भुटिदिउँ” (पूर्व प्रकाशित–२०४३ र काजी रोशन पुस्तक चारो टिप्न गएका बस्तीहरु पृष्ठ ७७), बेनीकी महारानीलाई नजिकबाट नियाल्दा (चारो टिप्त गएका बस्तीहरु पृष्ठ २०), रुचि चलचित्र मन्दिर (न्यु धौलागिरि दैनिक २०५७ साउन २८), बेनी छोटो बसाइँका
अन्तरकुन्तर (न्यु धौलागिरि २०५७ भाद्र १ गते बिहीवार प्रकाशित), सो लेखको प्रतिकृया सहित चन्द्रप्रकाश बानियाँको “काजी रोशन, दलप्रसाद, मन्दिरहरू र म”
(न्यु धौलागिरि २०५७ भाद्र ६ मंगलबार) सार्थकताको खोजी (काजी रोशन चारो टिप्न गएका बस्तीहरू पृष्ठ ६३) प्रकाशित छन् । २०४२÷०४३ तिर राजा वीरेन्द्रको
सवारी भ्रमण म्याग्दी बेनीमा हुन लागेको थियो । त्यसको लागि गेट, ध्वजापतका, भवनहरू रङ्गरोगन र झकिझकाउ पारिएको थियो । त्यतिखेर म डुल्ने क्रममा पहिला म्याग्दी पुस्तकालय रहेको भवन भएको अगाडि प्राइमरी स्कुल पछाडि पहाडका काला जब्राहरूलाई पनि रङ्गरोगन चुना लगाएर सेतो पारिएको देख्दा त्यस बेला मलाई एउटा भाव आयो र लेखेको थिएँ –
पहाडका जब्रा माथि
सेता चुना नलगाउनोस्
यसको मौलिकता हराउँछ
गण्डकीको गेगरमाथि
रङ्गरोगन गर्ने कष्ट नगर्नुहोस्
पानीको तप्कनीले त्यो मेटिएर जान्छ
पानीको त आफ्नै रङ्ग छ
क्षणिक सेतो, रातो घोलेर के हुन्छ ?
(काजी रोशन एम्बुस, देश र फुलदान क्षणिक शीर्षक कविता पृष्ठ–३३)
त्यसैबेला कर्णबहादुर बानियासँग मेरो परिचय भयो । उहाँ शिक्षक हुनुहुँदो रहेछ र शुक्रबार विद्यालयमा हुने साहित्य गोष्ठीमा बालकथा सुनाउनु हुने रहेछ । उहाँले मलाई ५÷६ वटा बालकथा पढेर सुनाउनुभयो । मलाई धेरै राम्रो र शिक्षाप्रद लाग्यो । मैले उहाँलाई यस्ता बालकथा ५०÷६० वटा लेखेर मलाई दिनुस् भनेपछि उहाँले लेखेर ल्याउनुभयो । मैले धवलागिरि साहित्य प्रतिष्ठानबाट उहाँको बाल कथा “अटेरी चल्लो”लाई प्रकाशित र पुरस्कृत गर्ने अवसर पाएको थिएँ ।
एकचोटि मैले रेखा कौशल रेग्मीले लेख्नुभएको एउटा रचना त्यसबेला म्याग्दीकै साप्ताहिक पत्रिका देखेँ । मैले उहाँ कहाँ बस्नुहुन्छ ? के गर्नुहुन्छ ? भनी सोधखोज गरेँ । उहाँ बेनी बजार न्युरोडमै डेरा लिएर बस्नुभएको रहेछ । म उहाँको कोठामा गएर भेट चिनापर्ची र साहित्यमा अघि बढ्नुस् भनी आएको मलाई
स्मरण छ ।
म अत्यन्त पुस्तकालय प्रेमी हुँ । म विद्यालयमा पढ्दा बागलुङमा २००९ सालमा स्थापना भएको “ज्ञानोदय पुस्तकालय” को बेतलबी पुस्तकाध्यक्ष भै काम
गर्थें । विद्या मन्दिर पुस्तकालय बागलुङमा २०३२÷०३३ सालदेखि हालतक आवद्ध
छु । म २०२९÷०३० तिर जुम्लामा बस्दा बन्द भएको महेन्द्र ज्योति पुस्तकालय खोल्ने काम गरेको थिएँ ।
म्याग्दी बेनीमा यसोउसो घुम्दा मैले ढुंगाको गाह्रो र ढुंगाले नै छाएको एक छाने घरको मूल गेटभोटे ताल्चा लगाएको देख्थेँ । म प्रायः त्यहाँ गएको बेला बन्द पुस्तकालय हेर्ने, बन्द पुस्तकालयको अगाडि उभिएर केही सोचाइ गरी फर्किन्थेँ । पुस्तकालयको मूलगेटसँगै साना साना २ झ्याल थिए । त्यस झ्याललाई बन्द गर्ने काठका खापा थिए । अगाडिको झ्यालको एक खापाको आघि भाग नभएको र बाहिबाट भित्र हेर्न सकिन्थ्यो । मैले त्यो खापाबाट मुन्टो तानी भित्र हेर्थेँ । भित्र
अध्ँयारो थियो केही देखिन्थ्यो । पुस्तकालयको यो दुर्दशा देखेर म आफंैलाई दुःख
लाग्थ्यो । के गर्ने, कसो गर्ने भावना आइरहन्थ्यो । एकदिन मैले बन्द पुस्तकालय खोल्ने र संचालन गर्ने उद्देश्यले पुस्तकालय अगाडिकै चौरमा शिक्षा एवम् साहित्यप्रेमी स्थानीय मित्रहरू सुदर्शनकुमार श्रेष्ठ, सुवासकुमार श्रेष्ठ, यामबहादुर शाक्य, शिव श्रेष्ठ, कृष्णबहादुर थापा, तारा श्रेष्ठ, सरोज श्रेष्ठ, निर्मल श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कर्णबहादुर बानियाँ, तीर्थकुमारी श्रेष्ठ, थममाया पुनलाई आमन्त्रण गरेको थिएँ । उहाँहरू नै त्यसबेला म्याग्दीका ज्युँदा युवा थिए । परिचय पश्चात हामी थप घनिष्ठ भयौँ । मैले साथीहरूलाई बोलाउनुको कारण बताएँ । पुस्तकालयसम्बन्धी विविध विषयमा छलफल र कुराकानी भयो । जति बन्द भयो भयो । अब हामी सबैले संयुक्त पहल गरी बन्द पुस्तकालय खोलौं, पालैपालो संचालन गरौं भन्ने साथीहरूले मेरो कुरा
खाइदिनुभयो । एउटा तदर्थ समिति बनाउँ हामी सबै यसमा आवद्ध होऔँ भनेपछि उपस्थित साथीहरूको सरसल्लाहबाट सुदर्शनकुमार श्रेष्ठ अध्यक्ष, सुवासकुमार श्रेष्ठ सचिव र सबै सदस्यमा रहनुभयो ।
समिति गठन भएपछि एउटा उत्साहको लहर आयो । बन्द पुस्तकालयको ताल्चा हामी सबैको रोहवरमा फो¥यौं र कति वर्ष गुम्सिएको पुस्तकालयभित्र हावाको संचार भयो । भित्र बढार बुढुर, पुस्तक थन्क्याउने, लिपपोत आदि भए र पुस्तकालय ढोकामा नयाँ ताल्चा लगाइयो । हामी माइकिङ गर्दै कहिले मंगलघाट, कहिले काली पुल, कहिले बेनी बजारमा सप्ताहव्यापी पुस्तक संकलन अभियानमा लाग्यौं । पुस्तकालयको आर्थिक पक्ष मजबुत गर्न ढिकुरी बनायौं र पहिलो पालोको रकम पुस्तकालयलाई अर्पण गर्ने निर्णय ग¥यौं । ढिकुरी मासिक रु. ३००÷– तिर्ने व्यवस्था ग¥यौं र ढिकुरीमा बस्नेहरूलाई आजीवन सदस्य बनाउने नियम बनायौं । मेरो आजीवन सदस्यता त्यसै ताकको हो । पुस्तकालयको लागि “बसाइँ” नाटकको सफल प्रदर्शन भयो, पुस्तकालयका थप आजीवन सदस्य बने, अर्थ संकलन भयो । त्यसबेला भदौरे नाचहरूबाट संकलन भएको रकम पनि पुस्तकालयलाई प्रदान भयो । “साहस” मुखपत्रको प्रकाशन भयो । नयाँ नयाँ पुस्तक किनिए, नयाँ भावनाको संचार भयो । बाहिरबाट आउनुभएका आगन्तुकहरूको लागि पनि पुस्तकालय आकर्षणको केन्द्र बन्न गयो । बन्द पुस्तकालयको पुनः सञ्चालन युवाहरूको ठुलो परिश्रम, मेहनत र लगनशीलताको फल हो । यदि वेवास्ता गरी राखिएको भए पुस्तकालयको अँध्यारो पक्ष रही रहने थियो । पछि अधिवेशन भयो र तत्कालिन सचिव पदमा रहनुभएका सुवासकुमार श्रेष्ठ सर्वसम्मतिबाट अध्यक्षमा चुनिनु भयो र सक्रिय साथीहरू समितिमा रहनुभयो । त्यसपछि पुस्तकालयले जीवन्त क्रम सुरु ग¥यो ।
मिति २०५६÷०९÷०९ मा म्याग्दी पुस्तकालयको सातौं अधिवेशन तथा तेह्रौं साधारण सभाको प्रमुख अतिथ्यता ग्रहणको लागि मलाई निमन्त्रणा दिन तत्कालीन पुस्तकालयका अध्यक्ष हरिकृष्ण श्रेष्ठ बागलुङ आउनुभएको थियो । म्याग्दी पुस्तकालय भनेपछि हुरुक्क हुने म त्यो साधारण सभा एवम् समारोहमा पुगेको थिएँ । कार्यक्रम प्रकाश मा. वि. को खुल्ला प्राङ्गणमा भएको थियो । निकै राम्रो तयारीका साथ आयोजना भएको सो समारोहको अध्यक्ष्तयता पुस्तकालयका अध्यक्षता हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।
मेरो प्रमुख अतिथ्यता रहेको सो समारोहमा मन्तव्य दिनेहरूमा म्याग्दीका तत्कालीन प्र.जि.अ. विष्णु अर्याल, डा. भुपेन्द्र खड्का, पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ स्वागत मन्तव्य पूर्व अध्यक्ष सुवासकुमार श्रेष्ठ र संचालन किरण सापकोटाले गर्नुभएको थियो ।
त्यसबेला विभिन्न विद्यालयका विद्यार्थीहरूबिच कविता र हाजिरीजवाफ प्रतियोगिता भएको थियो । प्रतियोगितामा
प्रथम – गंगाप्रसाद खतिवडा शीर्षक प्रतीक्षाको द्वारबाट
द्वितीय – अर्जुन वि. क. ” नखा पुरानो गेडा
तृतीय – गोविन्द वि. क. ” मेरो मृत्युपछि
सान्त्वना – दीपक जि. सी. ” गरिबको माया
– राजेन्द्र जिज्ञासु ” बोर्डिङको शिक्षा
– भीमबहादुर वि. क. ” मेरो प्रजातान्त्रिक देश
– दिप्ती श्रेष्ठ ” कालीगण्डकी
हाजिरीजवाफ प्रतियोगितामा न्यु वेस्ट प्वाइन्ट बोर्डिङ स्कुल, माउण्ट एभरेष्ट मुक्तिधाम मा. वि., प्रकाश मा. वि., लोकदिप बोर्डिङ, गलेश्वर मा. वि. का छात्रछात्राले भाग लिएका थिए । त्यसमा ः–
प्रकाश मा. वि. – प्रथम
गलेश्वर मा. वि. –द्वितीय
न्यु वेस्ट प्र्वान्ट बोर्डिङ स्कुल – तृतीय भएका थिए ।
सो समारोहमा पुस्तकालयका आजीवन सदस्यहरूलाई पनि प्रमाणपत्र
वितरण गरिएको थिायो । आजीवन सदस्य हुनेहरूमा टेक हमाल, कृष्ण पौडेल, राजेश शाक्य, दिनेशनारायण श्रेष्ठ, रमेश गिरी, अमृत श्रेष्ठ, अनमान श्रेष्ठ हुनुहुन्थ्यो ।
संजय श्रेष्ठले फोटो खिच्ने काम गर्नुभएको थियो ।
मैले पुस्तकालयको आन्तरिक गतिविधि पनि बुझ्ने प्रयास गरेँ जस अनुसार
पुस्तकालय खोल्ने समय ः मङ्सिर, पुष, माघ – ४ बजेबाट ५ बजेसम्म
फागुन– भाद्र – ५ बजेबाट ६ बजेसम्म
असोज, कार्तिक – ४ः३० बजेबाट ५ः३० बजेसम्म
पुस्तकालय धरौटी रकम – रु. ५०।–
वार्षिक शुल्क – रु. ४०।–
अर्धवार्षिक शुल्क – रु. २५।–
त्रैमासिक शुल्क – रु. १५।–
आजीवन सदस्य संख्या – ६७ जना
वक्ताहरूले पुस्तकालय पुनः सञ्चालनमा म काजी रोशनले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा व्यक्त गर्नुभएको थियो । पुस्तकालयको ऐतिहासिक पृष्ठभूमितिर पनि पसैँ । सुरुमा वि.संं २०१२ सालतिर संगम पुस्तकालय, प्रकाश मा.वि. मा रहेको प्रकाश पुस्तकालय समेटेर प्रकाश मा.वि. मा कार्यरत अमेरिकी स्वयम् सेवक माइकल डिलन र रण होल्डरको रुचि र स्थानीय युवाहरूको सक्रियतामा २०२७ सालमा म्याग्दी पुस्तकालयको स्थापना भएको थियो । डा. भुपेन्द्र खड्काको अध्यक्षता कार्यकालमा पुस्तकालयको भवन निर्माण भएको थियो ।
पुस्तकालय ज्ञानको ज्योति र सभ्य समाजको चिनारी पनि हो । जुन ठाउँ साहित्य, सङ्गीत, कलाको विकास हुँदैन त्यो समाज परिष्कृत भएको मानिदैन । कंक्रिट सडक, भवन र अन्य विषयवस्तुले मात्र समाजको मापन गर्न सकिदैन । मानवीय समुन्नति र विकास प्रत्यक्ष देखिने हैन यो त अन्तर्मनभित्र अङ्कित हुन्छ र त्यसको बिम्ब गीत, सङ्गीत, साहित्य, कला आदि सिर्जनात्मक आकारमा प्रकट हुन्छ ।
म्याग्दी पुस्तकालयसम्बन्धी मेरो परिकल्पना र साकार रुप आफ्नै आँखाले देख्दा खुसी लाग्यो । म म्याग्दीमा साहित्य प्रवद्र्धन र विकासका लागि पनि उत्तिकै लागेको छु । पुराना स्रष्टाहरूलाई सम्मान र नयाँ युवा प्रतिभाहरूलाई मलजल गर्न म अग्रसर छु । म आफैँ धवलागिरि साहित्य प्रतिष्ठानबाट बागलुङका स्रष्टाहरू समेटी म्याग्दी साहित्य यात्रा, उच्च अदालत बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज सिवाकोटीलाई प्रमुख अतिथि बनाइ यात्रा आफ्नै परिवेश कार्यक्रम लिएर गएको
थिएँ । म्याग्दीका विभिन्न साहित्यिक संस्थाहरूको निमन्त्रणा, विमोचन समारोह र विद्यार्थीहरूले बोलाएका कार्यक्रमहरूमा पनि पुग्ने गरेको छु । बोलाएको बखत मपछि छैन । म्याग्दीका साहित्यिक संस्थाहरूलाई क्रियाशील गर्न पनि बेलाबखत साथीहरूलाई घच्घच्याइ रहन्छु । म्याग्दीमा स्व. दिपबहादुर खड्का, स्व. प्रेम प्रकाश पौडेल, स्व. भक्त कार्कीको स्मृतिमा केही गरौं भनी सम्बन्धित परिवार, विद्यालय र साहित्यिक मित्रहरूसँग कुरा गरेको थिएँ । तर नतिजा हात लागेको छैन । अन्तबाट नभए म लगायत साहित्यिक साथीहरू आफैँले पनि सम्भव भएसम्म काम गर्नुपर्छ भन्ने मेरो धारणा
छ । म्याग्दी पुस्तकालयको साहित्य उपसमितिलाई पनि सक्रिय बनाइ जयन्ती र अन्य कार्यक्रम गर्न गराउन उत्सुकता जनाएको छु । म्याग्दीको साहित्यलाई उन्नत बनाउन र स्रष्टाहरूको मनोबल बढाउन विगतदेखि वर्तमानसम्म त्यत्तिकै सचेत र सक्रिय
छु । बागलुङ, म्याग्दीका व्यक्तिहरूलाई सम्मान गरेकाहरुरूको नाम ः
सुदर्शनकुमार श्रेष्ठ, धु्रवलाल शर्मा, रामप्रसाद सुवेदी, भक्त कार्की, नरबहादुर वि.सी., दामोदार घटाने, भुपेन्द्र खड्का आदि रहेका छन् ।
म्याग्दीकै साहित्य प्रवद्र्धनको लागि म पटक पटक गएको छु । जसअनुसार २०४८ भाद्र धवलागिरि साहित्य प्रतिष्ठान प्रतिष्ठानबाट म्याग्दी साहित्य यात्रा संचालन आयोजक –
२०५६÷०९÷०९ म्याग्दी पुस्तकालयको सातौं अधिवेशन, तेहैं साधारण सभा प्रमुख अतिथि
२०५७÷०८÷१५ भक्त कार्कीको “मनका कोसेलीहरू विमोचना” प्रमुख अतिथि
२०५७÷०९÷०८ न्यु एभरेष्ट बोर्डिङ वार्सिकोत्सव, कविता प्रतियोगिता, खेलाडी
सम्मान प्रमुख अतिथि
२०५९÷०४÷२४ नव हवाई पत्रिका वार्षिकोत्सव प्रमुख अतिथि
२०६२÷०१÷१० पौलस्थ साहित्य समाज स्थापनाको दोश्रो अधिवेशन प्रमुख अतिथि
२०६३÷०७÷१० स्मृति दिपशिखा समूहको साहित्यिक कार्यक्रम प्रमुख अतिथि
२०६६÷१०÷१५ वेष्ट क्लव युवा वाङ्मय म्याग्दी संवोधित “द्वैमासिक विमोचन” प्रमुख अतिथि
२०७३÷०५÷२० पण्डित प्रेमप्रसाद पौडेलद्धारा लिखित “चन्द्रे” (शोक काव्य) विमोचन प्रमुख अतिथि
२०७४÷१२÷०७ धवलागिरि साहित्य प्रतिष्ठानबाट यात्रा आफ्नै परिवेशप्रमुख आयोजक
२०६० साल चैत्र ७ गते सरकारी सुरक्षा फौज तथा ने.क.पा. माओवादीबिच बेनीमा भएको भीषण भिडन्तको असर पुस्तकालयमा पनि प¥यो । पुस्तक तथा ऐतिहासिक दस्तावेज तथा फर्निचर आदि जलेर नष्ट हुन गयो । पछि ग्रामीण शिक्षा तथा विकास (रिड) को आर्थिक अनुदान र स्थानीय समुदायको श्रोत र साधनबाट एक व्यवस्थित र आधुनिक पुस्तकालयको रुपमा भवन निर्माण भै संचालन हुन
पुगेको छ ।
म्याग्दी पुस्तकालयको मुखपत्र “साहस” को पाँचौ प्रकाशन हुनु अत्यन्त खुसी र गर्वको विषय हो । पुस्तकालय परिवार धन्यवादका पात्र रहन पुगेका छ्न् । म्याग्दी पुस्तकालयका साथै म्याग्दीमा साहित्य प्रवद्र्धनमा पाइलाहरू बढुन् हार्दिक शुभकामना ।
