सतर्क होउ
आनन्द छैन मनमा तनमा छ रोग
निर्मूल पार्न सजिलो छ र खै बिजोग !
आशक्तले मनुज हुन्न ससक्त कोही
कालो विचार पर पखा
ल पखाल धोई ।
अन्याय गर्नु हित हुन्न बुझेर जान
सोचेर काम गरदेउ सदैव ध्यान
आफू सतर्क भइ बस्न सके समाज
सारै सतर्क भइ बस्दछ विश्व माझ ।
राखेर होस जनतासँग साथ जाऊ
भोको नराख भर पेट सधैँ अघाऊ
गर्दै नगर्नु रिस घातक हुन्छ हेर
बन्ला भविष्य पछि काम गरौँ बुझेर ।
आपस्तमा किन बिबाद गरेर बस्ने
बेकारको नगर कर्म समाज डस्ने
सुध्रन्न देश कहिलै पनि विध्न पर्दा
कर्तव्य हो सुख दिने गर कार्य गर्दा ।
सद्भावले मनुजको हितमा रमाऊ
सर्वज्ञ बन्न सक नाम सधैँ कमाऊ
अभावले सकल मानिसमा प्रभाव
पारेर व्यर्थ नबनाउ छरी रवाफ ।