सडकको काखमासडकै च्यापेरधर्ती ओछ्याउनेआकाश ओड्नेकान्छालाईकिन चाहियो सम्पत्ति !आकाश र धर्तीबिचखुल्ला संसारमाएक अँगालो ठाउँभए पुग्नेलाईकिन चाहियो घरहेर्नलाई तन्युरोड गए भैगोरमाउनलाई तसपिङ मलमाथकाइ मारे भैगो ।झोला भरीलालपुर्जा बोक्नेलाईत्यसैले डडाउन त मिल्छसँगै लान मिल्दैनलाएको एकजोरकपडासम्मफुकालेरबेसरम निर्वस्त्रफर्किने साहुजीहरूभुलभुलैमा छौतिम्रो सम्पत्तिकहिल्यैतिम्रो भएनतिमीले दुःख गरीबनाएको घरमाअर्कै बस्छतिमीले थोपा थोपा सँगालेरकिनेको जग्गामाअर्कैले खेती गर्छतिमी बेचैन छौसम्पत्ति गन्दा नगन्दैपीडित छौ ।बाचुन्जेलहातमुख जोर्नलाज लागुन्जेलशरीर छोप्नथकाइ लाग्दाअडेस लाग्नप्रकृति आफैँ काफी छमर्दाएक डालोखरानी फाल्नधर्तीले पछ्यौराथापेकै छसाहुजीहरू ब्यापार गरलोभ नगरनेताजीहरू विकास गरझोला नभरभ्रष्टाचारीहरू काम गरविवेक नमारधर्तीको छोटो जिन्दगीमाखुसी बनसुखी बनलालचको झ्यालखानमाबन्दी नबन !