खोलाघरे साइँलाे
आयो उमङ्ग रङ साथ रमेर होलीकुण्ठा, विषाद, कटुवैर सबै छिचोलीआत्मीयता सबल पार्न सबै तयारबन्छन् भिजेर रङका सँग चित्त घोली ।‘होली !’ छ गुञ्जित सबै मुखबाट बोलीलोला अनेक रङमिश्रित लाग्छ गोलीगोली भए पनि बगाउँछ प्रेम धाराउर्लिन्छ प्रीतिरसको भरिपूर्ण खोली ।खेल्छन् युवायुवती रङ्ग दली गिजोलीटाँसिन्छ वस्त्र तनसाथ भिजेर चोलीबाँड्दो छ चाड सुख, हर्ष समस्त आजैको कुर्न सक्छ मधुयाम रहन्न भोलि ।लौ शब्द गुञ्जित गरौं समवेत बोली“होली“ दिगन्त सुनियोस् पुर, शैल डोलीजो दुर छन् प्रिय÷प्रिया मधु सम्झनामासारा रमाउन सकुन बटुलेर टोली ।
