पार्वता गौतम
दुईचार शब्द हजुरको निम्ति कोर्दैछु कलमआमाको तस्बिर देखेर मुटु भैरहन्छ जलनकतिलाई शीतल दिएको होला पिपलु छायालेहरपल हरक्षण सताइरहन्छ आमाको मायालेदुःखमा कहिल्यै नआत्तियस है छोरी सुखमा नमातीपरोपकारी बनेस् है भन्ने ज्ञान दिने महान् ती अर्तिकतिले सघाउँथे हजुरलाई आमा काम र धन्दामानपरोस् छोरी कहिल्यै पनि अरुको फन्दामाशत्रुलाई पनि वशमा पार्ने थियो नि शक्ति तभगवान् मान्ने कति हो कति त्यो पितृभक्तित्वजुनसुकै काम मेहनतले गर्ने हो भन्ने सिकाइअरुका लागि दिलज्यान दिने आफूलाई रित्याइलाखौंकी प्यारी भएर गयो जीवन व्यतीतज्यादै पिर लाग्छ हे मेरी आमा सम्झदा अतीतआठ जना सन्तान त्यो प्राण जाँदा सबैलाई छलेकाराम्रो नै मान्छे चाहिएर होला दैवले लगेकाभगवान् रुपी बाबाको पनि के पारी हालतहामीलाई छोडी प्राण त्याग्नु भयो २०६७ साल तसबै नै मानिस गएका रै’छन् घाटमा मलामीभाग्यले छल्यो हे मेरी आमा थिएनौं त्यहाँ हामीअन्तिमचोटि मुख हेर्न पर्ने रै’नछ कर्ममाछोडेर जानु भयो नि माता परियो मर्ममासबैको भलो चिताउनु हुन्थ्यो सिकाइ संस्कारकसैको सामु नझुक्ने हजुर उत्कृष्ठ विचारभ्याएकै हुन्थ्यो बाहिरको काम मेला र पात निसुनिरहुँ जस्तो क्या दामी हुन्थ्यो हजुरको बात निसमाजका मान्छे चकितै हुन्थे आदर देखेरके सकिन्थ्यो होला आमाको वर्णन कापीमा लेखेरआमाको निम्ति त्यो प्रातःकालमा पानीको तर्पणउच्चारण गर्दै हजुरको नाममा गर्दछु अर्पणसम्भाउँछु मनलाई मर्ने र बाँच्ने लीला हो दैवकोपाउमा परी ईश्वरलाई विन्ति बास होस् बैकुण्ठकोबैकुण्ठको हजुरको यात्रा बनोस् है हाइहाइलेख्नेछु फेरि त्यो अर्कोपल्ट आजलाई बाइबाइ