महेशराज खरेल
‘मैले खै भाञ्जा हेरूँ, अब गन्तव्यका विविध क्षेत्रहरू देखिन्छन् तर मनमा टुङ्गो लागेको छैन । कृषि विकास बैङ्कमा झापाका लागि भनेर परीक्षा दिएको छ त्यसको रिजल्ट कस्तो आउला अनि तय गर्नुपर्ला ।’ मैले भाञ्जाको प्रश्नलाई यसरी शान्त गरेँ । भाञ्जाले थप कुनै प्रतिक्रिया दिएनन् ।
यो बाटो अब हाम्रा पाइतालाहरूले छामिसकेका थिए । ओरालोउकालोको सकस शरीरले बोकिसकेको थियो । अभ्यस्त भएपछि जस्तै जटिल मार्ग वा कार्य पनि सहज बन्दो रहेछ । यस्तै भएर त हो नि सगरमाथा चढ्नसकेका मानिसहरूले । कतिचोटि कुन कुन हिमालसित आफ्ना पाइतालाहरूले हिउँ छामेर, शरीररका प्रत्येक अङ्गलाई समय र अवस्थितिसित डामेर हिमालको उचाइ नापेका हुन् तेन्जिङ–हिलारीले ।
खड्ग भाञ्जाले थेचम्बुमाथि पुगेपछि भने, ‘अब आफ्नो त यतै बित्छ होला मामा, पढाइ पनि छोडियो । अब के पढिएला र ? फेरि जागिरको रस चुस्ने बानी परेपछि पढ्ने मन पनि मर्दाे रहेछ ।’ भाञ्जाले आफ्नो परिस्थिति पोखे । मैले भनेँ, ‘खै भाञ्जा ! मैले एसएलसी पास गरेर करिब आठ वर्ष खेतीमा बसेँ । शरीर बिछ्याएर मिहिनेत गर्दा पनि सन्तोषप्रद उत्पादन हुनसक्दो रहेनछ यो परम्परागत खेतीप्रणालीबाट । आधुनिक खेती गर्न हामीसित सामथ्र्य नै छैन । म त साँच्ची भन्दा किसान नै भएर जीवन बिताउँछु होला भन्ने लागेको थियो तर जब हातले र शरीरले साथ दिन नसक्ने सङ्केत गरेपछि एसएलसी पास गरेको छ वर्षपछि प्राइभेटमा आई. ए. परीक्षा दिएको हो । पढ्न पनि काम गरेर फर्केपछि हली गोठालाले आराम गर्ने समयमा किताब पल्टाइन्थ्यो । कहिले भैँसी चराउँदा उसको नाकीडोरी आफ्नो शरीरको कम्मरमा बाँधेर किताब पल्टाउदै अघि अघि हिँड्यो भैँसी पछिपछि चर्दै अघायो गरिन्थ्यो । यो पढाइ सबैभन्दा स्मरणीय हुँदो रहेछ । आई. ए. पास भइयो दुवै वर्ष । उमेर र समयले निर्धारण हुने रहेनछ पढाइ त भाञ्जा । इच्छाशक्ति प्रमुख विषय रहेछ, सायद सबै विषय यस्तै हुन्छन् होला ।’
मेरो कुरा एकटक सुनिरहेका भाञ्जा मुसुक्क हाँसेर भने, ‘त्यो त हो मामा, हाम्रा परिवारभित्रका कतिपय आफन्त, साथीभाइहरूले पनि प्रतिबन्धित राजनीति गरेका कारण भूमिगत जीवन बिताउनु प¥यो, लुकीछली ८÷१० वर्ष पछि आएर पनि एसएलसीको परीक्षा दिएर पास गरेको त हाम्रै सामुन्ने छ नि ।’ मैले ‘होमा हो’को साङ्केतिक टाउको हल्लाएँ ।
हामी डुम्रिसेको उकालो, तिरिङ्गे र कार्तिकेको तेर्साे, होइराँगेको पहिरो तरेर चिहानडाँडाँ हुँदै ओरालो ओर्लिएर सिनाम भाउनेटार खड्ग भाञ्जाकोमा पुग्यौँ । खड्ग भाञ्जाकी आमा मेरी जेठी फुपूकी छोरी काइँली दिदी हुनुहुन्थ्यो । घरमा पुगेपछि भाञ्जा आफ्नो कार्य व्यवहारतर्फ लागे । म केही बेर दिदीभिनाजुसित गफमा मस्त रमेँ । बेलुका खाना खाएपछि बिस्तरामा भुसुक्कै भइएछ । बिहानको भालेले ब्यँुझायो मलाई । घडी हेरेँ, चार बज्न लागेको थियो । म आफ्नो भावी गन्तव्यको विषयमा सोच्नथालेँ । लामो अन्तरमनको मन्थनपछि, कृषि विकास बैङ्कको रिजल्ट राम्रो आएछ भने झापातिरै रहुँला, अन्यथा काठमाडौँ नै जानपर्ला, अस्ति केमनाथजीले पनि यस्तो लेखनक्षमता भएको मानिसलाई काठमाडौँ ऊर्वर थलो हो जागिरको निमित भनेको सम्झिएँ । जागिरबाहेक त मेरो अर्काे कुनै ध्येय पनि त छैन नि, मनले निष्कर्ष सुझायो । बिहानको खानापछि हामी जौबारी जहाँ सानामा बस्तुबाख्रा चराइन्थ्यो, फेरि त्यहाँ गइयो । जौबाारीमा पुजारी कान्छाले घर बनाएको कारण पहिलेजस्तो सुन्दर रहेनछ जौबारी । वरपिपल र चौतारो भने उस्तै दुरुस्त थियो । हामी परतिर नेबुखोलामा गयौँ जहाँ मैले सानामा पौरी खेल्ने गर्दथँे । पानी सफा निलो दह उस्तै, भित्तातिर भने क्षेपारा र भ्यागुताहरू कुदिरहेका थिए । हाम्रो उपस्थिति मन परेन क्यारे उनीहरूलाई । क्षेपाराहरू चेपमा पसे, भ्यागुता दहमा हामफालेर पौरी खेल्नथाले । कस्तो मजाले खेल्छन् भ्यागुताहरूले पौरी । मलाई पनि पौरी खेलुँ खेलुँ लाग्यो तर समय थिएन मसँग । यी क्षेपाराहरू समयअनुसार रङ फेर्छन् रे । यसरी रङ परिवर्तन हुनु भनेको चरित्रगत अस्थिरता बोक्ने भनेर नेपाली राजनीतिमा प्रचलित नै रहेको छ ।
हामी फर्किएर जौबारीको ठुलो ढुङ्गोमा चढ्याँै । पारि सिधा अगाडि एकथरे भिर, कुकुर चौतारो, देब्रेतिर मकरे भिर, बस्तुगाईगोरु, बाख्राभेडाहरू चरिरहेका थिए पहाडका भित्ताभरि । अझ बायाँ, चोक्टीको गहिरो, माथि उठेको नाके डाँडा, अझ दायाँ देबिथाने छाँगो बहुत रमणीय थियो (देबिथाने शिवाकोटी त्यही छाँगाबाट खसेर मरेको कारण छाँगाको नाम देबिथाने राखेको रे) । अझ माथि लेकमा खोलाखर्क (हामीले वर्षामा गोठ लग्ने ठाउँ) पश्चिम दक्षिणतिर माथ्लो गाउँ र अलि माथि तोरीबारी, तोरीबारीमा तोरी फुलेर पहँेलै थियो धरती । अलि तल तुसारे सुबेदारको घर (जसले हाम्रो जग्गा लिएका थिए) अनि तलतिर आरुभोटे बडाको घर, हामीले ठुलो ढुङ्गाबाट सबै नियाल्यौँ । आफ्ना विगत भोगाइका साक्षीहरू अझै दुरुस्त थिए । यही ठुलो ढुङ्गोमा हामी सानामा मकरकाजीको माला बनाएर खेल्थ्याँै । कहिले गट्टी त कहिले टोपी लुकाउने खेल खेल्दथ्यौँ । बागचल चैँ जौबारी वरपिपल चौतारोछेउको राम्रो स्लेटझँै को ढुङ्गोमा खेलिन्थ्यो । नाम नै बागचल ढु्ङ्गो राखिएको थियो त्यस ढुङ्गाको ।
हामी फर्किएर सुनधारा हुँदै भिडियाचौरतर्फ लाग्यौ । यही सुनधाराबाट हामी खानेपानी लग्ने गथ्र्याँै पहिले । आज पनि उसरी नै धाराबाट पानी झरिरहेको थियो धररररर । अलि तल आरुभोटे बडाका घरमा कुकुर भुकिरहेका थिए, रेडियो पनि बजिरहेको थियो । ठुला ठुला तुम्बेबाँस आपसमा हल्लिएर मित लगाइरहेको
भानहुन्थ्यो ।
हामी खड्ग भाञ्जाको घर पुगेपछि म सिनाम तल्लो गाउँ हाइस्कुलमुनि झरँे । आजकल श्री त्यहाँ बस्नथालेका थिए विवाह गरेर । मेरी नातिनी पर्ने चेलीलाई उनले विवाह गरेका थिए । बाटो नकाट्ने आदेश थियो उनको मलाई । फेरि भोलि बिहान हामी एकसाथ आङ्खोप गएर गाउँ पञ्चायतबाट बिदा लिएर फर्कनुपर्ने पनि थियो ।
बाटामा मैले ५ कक्षासम्म पढेको मौला डाँडाको श्री भगवती प्राथमिक स्कुल एकलासमा उभिएको थियो । मास्तिर भगवती मन्दिर जीर्णझैँ देखिन्थ्यो । शनिबार भएकोले खासै चहलपहल थिएन । मैले मन्दिरको घन्टी बजाएँ टङटङटङटङ, रनननननननको ध्वनि प्रतिध्वनित हुँदै बज्यो । वरपर पाखा रन्किएर घन्टीसितै बजेको आभास भयो मलाई । तलतिर कोलभोटे चौरमा केटाकेटी बस्तुबाख्रा चराउँदै खेलिरहेका थिए । अलि तल कटुसघारी, सानामा हामी कटुस टिपेर खान्थ्यौँ । सारै मिठो लाग्थ्यो कटुसको दिउल तर कटुस खोज्न पनि उतिकै गारो ! खालि खुट्टामा कटुसका काँडाले घोचेर रगताम्य बनाउँथ्यो । रगतको पर्वाह नगरी हामी कटुस भेला गथ्र्याँै । बेलुका राति सुतेको बेला काँडा गाडिएका पाइताला पोल्ने र चस्किने गर्दथ्यो ।
म ओरालो श्री सिनाम हाइस्कुलतिर झरेँ । बाटामा सुबेदारको घर । घरको वरिपरि रहेका रुद्राक्ष र कपुरका वृक्षहरूको शीतल वास्नादार श्वास लिएँ मैले । पहिले पनि यहाँको फलैँचामा बसेर कपुरको वासना लिने र दाना खाने गथ्र्यौँ सानामा हामी । सायद यो सब सिप उनले लाहुरबाट ल्याएका हुन् । अरूहरू उनीभन्दा हुनेखाने, धनी भए पनि बसाइव्यवस्थापन उनकोजस्तो राम्रो कसैको थिएन सिनाममा । आखिर मानिस सिक्ने प्राणी हो, कहीँ न कहीँबाट केही न केही सिकेर आफ्नो जीवनलाई उन्नत बनाउदै लग्ने गर्छ ।
सुबेदारको घरपछाडिको बाँसघारी रहेको खोल्सो छिचल्दै म हाइस्कुल निस्किएँ । दुइटा छुट्टै ग्राउन्ड, तीनधुरे भवन, टिनको छानो, घामले टल्किएर चम्किरहेको थियो । माथिल्लो बार्दलीछेउमा ‘श्री सिनाम हाइस्कुल’को बोर्डले यो इलाकाको शिक्षाक्षेत्रको एक्लो साक्षी बोलिरहेको थियो । ग्राउन्डमा बस्तुहरू चर्दै थिए, केही गोठाला केटाहरू धुलामा गुच्चा खेलेर धुलाम्य देखिन्थ्यो । परतिर अग्लोे लामो तीनतले छात्रवास बार्दलीमा झुन्ड्याइएका केही कपडा बोकेर उभिइरहेको थियो । म ओरालो ओर्लिएर घुमाउने उप्रेतीको दोकानमा पुगेँ, श्रीसित त्यहीँ भेट भयो । हामी गफ गर्दै श्रीको डेरातर्फ लाग्याँै । बेलुका भलाकुसारी भयो । मैले भनेँ, “अब यस्तो प्रकारको जागिरको भरोसाले जिन्दगी कसरी चल्ला र खै ! फेरि यस्तो अपायकमा यो स्तरको जागिरले जीवन सहज बन्ने पनि होइन । अरूको लि. एन. पद भनेको पदबहाल भएर नआइन्जेल मात्रलाई हो । ऊ हेर्नु त हामीले काम गरेको गाउँ पञ्चायतमा लोकसेवा पास गरेर सचिव आँउँदै छन् भन्ने बुझियो सदरमुकाममा । यसर्थ अस्ति इलाममा गाउँ पञ्चायत सचिवको परीक्षा दिएर आएको पनि हो साथीहरूको करकरले, सादेबा गाउँ पञ्चायतका सचिव ....बरालजी र मैले । पास भए पनि यतिमै चित्त बुझाउनु भनेको त उही घर छोड्ने बहाना मात्र भयो । जिन्दगीको गाडी उकालो चलाउने कुरा भएन नि यो त ओरालै झर्ने भयो ।”
मेरो कुरा गौर गरेर सुनिरहेका श्री ले भने, “अब तपाईं साँच्चै पढ्ने र अलि ठुलो जागिर खाने हो भने अस्ति केमनाथजीले बताएको बाटो नै ठिक होला, जे भए पनि राजधानी गएपछि मिहिनेती मानिसलाई केही न केही हात लाग्ला नै । नत्र त गाउँ पञ्चायत सचिव भनेको पनि यहाँ त ठुलै पद हो, पञ्चायतभरिका मानिससितको पहुँच हुन्छ, आपूmले सबैको काम गर्ने भएकोले सबले मान्छन् नै । स्थानीय स्तरमा शिक्षकभन्दा त सचिव नै ठुलो हो तथापि तपाईं लोकल घोडा होइन, बाइपङ्खी घोडा चढ्ने नै हो भने काठमाडौँ नै जाने चाँजो मिलाउनु ।”श्रीका कुराको निचोड पनि अब केही गर्ने हो भने राजधानी नै गन्तव्य बनाउनुपर्ने जस्तो देखियो ।
हामी भोलिपल्ट बिहान छिट्टै खाना खाएर आङ्खोपतिर लाग्यौँ । पहिले पनि श्रीले नै मलाई आङ्खोप पु¥याएका थिए, अब बिदा लिन पनि उनै साथी भए । बाटो उही थियो नौलो केही थिएन । होइराँगे पहिरोछेउ पुगेपछि श्रीले सोधे, “साँच्ची महेशजी अस्ति इलाममा परीक्षा दिन तपाईं र बरालजी तमोर गडतिरको बाटो जानुभयो रे भन्ने सुनेको थिएँ, कस्तो रह्यो, त्यताको यात्रा ?” मैले जबाफमा भनेँ, “नहिँडेको बाटो, हामी फुङ्लिङबाट ओरालो दोखु हुँदै अगाडिको पाखो छिचल्दै तमोर खड्कुँडे पुल
तरेर फुलबारीको तल्लो भागमा पुग्याँै । त्यही साँगुछेउमा दुईजना ओली थरका महिलासित भेट भयो । सोधखोज गर्दा उनीहरू ताप्लेजुङ अस्पतालमा पोस्टिङ भएका नर्सहरू रहेछन् । बाटोबारे उनीहरूको जिज्ञासा हामीले हल ग¥यौँ, खुसी भए उनीहरू । हामी गडतिरको बाटो तेह्रथुमको तल्लो पाटो इवा हुँदै होडामा पुग्यौँ । होडाको स्कुल कटेर उतापट्टिको पाटो अलिकति झरेपछि हामी बास बस्न एउटा घरमा पुग्याँै । ओलीको घर रहेछ । केपी ओलीको पुख्र्याैली घर पनि त्यतै हो भन्थे मानिसहरूले । हामीले बास सहज पायौँ । गाउँले जनजीवनमा यात्री र पाहुना देवताझँै मानिन्छन् । उहिले हजुरबुबाले भनेको स्मरण गरँे मैले । हो पनि वास्तवमा । हामी बास बसेकै घरका चेली रहेछन् दिउँसो हामीले भेटेका नर्सहरू.. । हामीसित कुरा भएथ्यो भनेर सुनायौँ हामीले । खुब खुसी हुँदै उहाँहरूबाट हामीले नजिकको आफन्तझँै मेजमान पायाँै । सामान्य खोजीखबरी भयो, हामी आपसका कुटुम्ब हाँै भन्ने कुरा गर्नुभयो उहाँहरूले । हामीले स्वीकारोक्तिको टाउको हल्लायौँ ।
बिहान सबेरै चिया पिएर ओरालो झरेर तमोर नदीको सिटौला पुल तरेर पारिपट्टि पाँचथरको सदरमुकाम फिदिम पुग्यौँ । यो बाटो हाम्रा लागि नयाँ भएको हुनाले यहाँको भौगोलिक अवस्था र मानवीय श्रद्धा गहिरोगरी स्मरणमा बसेको छ । फेरि यो बाटो हिँडिएला नहिँडिएला, तमोर गड्तिरको बाटो भनेर सुनेका थियौँ भोग्न पायाँै, रमाइलो भयो हामीलाई । फिदिममा दुर्गाप्रसाद खरेलको होटल लज छ भन्ने सुनेको हुनाले हामीले खोज्यौँ । दुर्गाप्रसाद खरेल सिनाम भगवती प्राथमिक स्कुलका शिक्षक हुनुहुन्थ्यो पहिले । मलाई पनि पढाउनुभएको थियो उहाँले । नाताले मैले दाजु भन्नुपथ्र्याे भने कर्मले गुरु । हामीले उक्त होटलमा खाना खाएर ट्रकमा चढेर इलामतर्फ हान्नियौँ ।’
श्रीले “ए ! दुर्गा भिनाजुको होटलमा खाना खानुभयो” भनेर निधारको पसिना पुछे । श्री र म पञ्चमी बजार पुग्यौँ । चैत्रको अन्तिम हप्ता भएको हुनाले खोच र बेँसीमा गर्मी खटखटी थियो । हामी पञ्चमी पाटीमा थोरैबेर सुस्ताएर उही कावेली नदीको साँघु तरेर मिश्रेटारको रातो माटोको बारी र घर छिचल्दै उकालो लाग्यौँ । श्रीले फेरि भने, “तपाईंहरू त फिदिमबाट ट्रकमै भए पनि साधनमा चडेर इलाम पुग्नुभयो, हामी त कैयाँैचोटि पैदल हिँडेका छाँै । यातायातको सुविधा नभएको ठाउँका भएकाले हामी नै बस, हामी नै ट्रक, एक स्थानबाट अर्काे स्थानमा जान अथवा सामान लैजान आफ्नै शरीरको भर पर्नुपर्ने । पसिनाले शरीर नुहाउँदै मानव पाइलाहरू चाहर्दछन् पहाडका शिखर, लेक र बँेसी । यस्तै गुजारे हाम्रा पुर्खाले, हामी गुजार्दै छाँै । अब हाम्रा सन्ततिहरूले चैँ यो सकस व्योहोर्नु नपर्ला कि ?”
श्री खुई.....काड्दै अँगेरीको पोथ्रामा शीतल ताप्न घुस्रिए । मैले पनि पसिना पुछ्दै उनलाई साथ दिएँ । गर्मीले दिल धड्किरहेको थियो । केही बेरपछि मैले भनेँ, “हामी फिदिमबाट ट्रक चढेर इलामतिर लाग्दा पहिले बसाइँ जाँदाको सम्झना गरेँ । कुनै ठाउँ पनि आपूmले पहिले हिँडेकोजस्तो लागेन । कहीँ कहीँ बजारजस्तो ठाउँ भेटिन्थ्यो, धुले बाटोको कारण धुलो उडेर आँखा हेरिसक्नु थिएन । शरीरभरि धुलैधुलोले ढाकेको थियो । पहिले हिँडेर बसाइँ जाँदाका रमाइला संस्मरणहरू ट्रकको घ्याच घ्याच र कुइरी मण्डल धुलोले विस्मरण गरायो । बस भए त यो ठाउँ यो हो भनेर खलासी कराउँथ्यो होला तर ट्रकमा त्यो सुविधा थिएन । सायद त्यसताकाको पैदल बाटो र यो गाडीको बाटो एकै होइनन् । एकैचोटि डाइभर्सन हुँदै कच्ची पुलबाट ट्रक गडङडङ गरेर पारी त¥यो । यो सायद देउमाई नदी थियो होला ।
फिदिमबाट ट्रक चढेको करिब ४ घण्टापछि हामी इलाम पुग्यौँ धुलाम्य भएर । भोक र थकाइले लखतरान भएका थियाँै हामी । यस्तो बाटोमा ट्रक चड्नुभन्दा त हिँड्नु नै उत्तमजस्तो भा’थ्यो हामीलाई । तर उही समय बचतको कुरा थियो । हामी एउटा होटलमा पसेर खाजा खायाँै, लज पनि रहेछ, दुइटा बेड लियाँै र सरसफाइ नुहाइधुवाइ गरेर फ्रेस भएर बेडमा केही बेर सुस्ताएर परीक्षाकेन्द्र हेर्न गयौँ ।
दिनभरिको ट्रकको आबाज कानमा गुन्जिरहेको थियो, बेलुका खाना खाएपछि पढ्न यसो के किताब पल्टाएको थियो, थकानले गर्दा भुसुक्क निदाइएछ, पढ्न साँचेको कुरा बाँकी नै थियो । भोलिपल्ट हामीले परीक्षा दियाँै । पढ्न बाँकी रहेको आभास भएन मलाई । बरालजी पनि परीक्षा राम्रै भयो भन्थे । दिनको १ बज्नुअगाडि नै परीक्षा सकिएको हुनाले हामी झोला भिरेर सडकमा पुग्यौँ । एउटा ट्रक फिदिम जानलागेको भेट्याँै, ट्रकमा केही मानिस थिए । त्यही ट्रकमा हामी पनि चड्यौँ । फेरि उसरी नै घच् घच् र धुलाम्य भएर फिदिम आयौँ । फिदिममा दुर्गा दाइको लजमा बस्यौँ ।”
मैले यति भनिसक्दा कुराको चाप र उकालाको रापले श्वासप्रश्वास तीब्र बनेको थियो मेरो । स्याँस्याँ र फ्याँफ्याँले पाइलाहरू मुस्किलले सरिरहेका थिए ।
सरेका पनि के भनुँ घिस्रिरहेका थिए । एउटा चिलाउनेको रुखमा आड लाग्दै शीतल ताप्दै, सुस्केरा फाल्दै सुस्ताउन पुग्याँै हामी । तल हेर्दा कावेली नदी निकै तल थियो, निलो रङको रेखोझँै । मिश्रटार पनि सानो भएर सुतिरहेको थियो । हामी निकै माथि पुगेका रहेछाँै । अब भञ्ज्याङ आउन थोरै मात्र बाँकी थियो । एउटा हावाको सानो झोक्काले हाम्रो शरीरलाई शीतल बनाउँदै गयो । चिलाउनेका पातहरू आपसमा फटटट बजे । हामी बाटो लाग्याँै । भञ्याङमा पुगेर फलैँचामा सुस्ताउँदै श्रीले सुनाए, “दुर्गा भिनाजुलाई पनि खेमराज सरलाई जस्तै राजनीतिक चार्ज लगाएर शिक्षक हुन गारो बनाए पञ्चहरूले । उहाँले राजिनामा गरेर व्यवसाय थाल्नुभएको हो फिदिममा । उता गणेश माध्यमिक विद्यालय खेवाङको हेडमास्टर हुनुहुन्थ्यो कुलप्रसाद दाइ । उहाँलाई पनि खेदो नै गरे । उहाँ त भूमिगत नै हुनुभयो । हेमन्त, रविद्र, आमा दिवा, बुबा नारदमणि, बहिनी हिमालगायत सबैलाई राजकाज मुद्धा लगायो पञ्चायतले । डिल्ली मैनाली र डिल्ली प्रसाईंहरू भूमिगत भए । ज्ञानु सिवाकोटी काठमाडौँ गएर सेफलेन्ड भए रे । हरि नेपालको त थाहा नै होला ।” यति भनेर श्री चुपलागे ।
मैले भनेँ, “संसार परिवर्तनशील छ, परिवर्तनका संवाहकहरूले दुःख र सास्ती पाउँछन् । ज्यान जोखिममा राखेर हिँड्दा ज्यान पनि जानसक्छ । क. हरि नेपाल हाम्रा आफन्त छिमेकी मेदनी गुरुका पुत्र सहिद भए । मलाई उहिले मेरो व्रतबन्धमा उहाँले बुबा पं. मेदनी गुरुलाई सघाएको याद आयो । तल्लो स्कुलमा एचपी सर भनेर विद्यार्थीले सम्बोधन गरेको संस्मरण ताजै रहेछ मलाई । उहाँ संखुवासभामा पुलिसको नृशंस हत्यामा सहादत हुनुभयोे । यथास्थितिवादीहरूले आफ्नो सत्तारक्षार्थ विभिन्न उपाय रच्छन्, दमन गर्छन्, जेल हाल्छन्, हत्कडी लगाउँछन्, नेल भिराउँछन्, मानिस मार्छन् र देशद्रोही थियो म¥यो भन्छन् । हो, यसरी दमन गरिएका देशका महान् सपुतको त्याग र बलिदानको रगतले सिञ्चेर लाखाँैलाख परिवर्तनकारी जन्मन्छन्, मकाएको यथास्थितिवाद बल्र्याङ्ग उत्तानो पर्छ अनि नयाँयुगको थालनी हुन्छ । यसरी नै हरेक युग आदिम साम्यवाददेखि यहाँसम्म परिवर्तन भएर आएको छ, अब अगाडि पनि त्यसरी नै बढ्छ । मैले झल्यास्स सम्झिएँ,
“हुँदैन बिहान मिर्रमिर्रे तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ”
भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीर्षक कवितासङ्ग्रहको एउटा अंश मैले लयात्मकरूपमा गाएँ ।
श्रीले कुरा बुझेझैँ लाग्यो । मैले भनेँ, “परिवर्तन अवश्यम्भावी छ, सहिदको रगत खेर जाँदैन नेपालमा पनि । त्यसैले मैले आपूmले पनि पञ्चायतइतरको विचार बोकेर यो पञ्चायतको सचिव हुनु राम्रो होइन, बरु स्कुलको शिक्षक हुने कुरा गरेको थिएँ तर तपाईंहरूले होइन, जागिरे हुनु भनेको पञ्चायतको समर्थन गर्नु त हैन नि, आफ्नो गर्जाे टार्न प्रयोग पो गर्ने हो त भन्नुभयो, मैले पनि होझँै मानेँ । तर कता कता नराम्रो लागेको छ मनमा ।”
हामी भञ्ज्याङमा सुस्ताएर बाटो लाग्याँै बिस्तारै । बाटो उही थियो । हावा सुस्त चलेको थियो, रुखका पातहरू हावाको स्पर्शले रमाएझँै फटटटट गरेर फटफटाइरहेका थिए । हाम्रो शरीर आलस्यबाट मुक्त भएर स्फुर्त भएको थियो । प्राकृतिक शक्ति पनि कस्तो बेजोडको हुन्छ ! कहिले थकाउँछ, कहिले जगाउँछ ! यही प्रकृतिको थकाउने र जगाउने विपरीत क्रियाभित्र प्राणी र वनस्पति आपूmलाई सजीव गराउँछन् । शीतल हावाको स्पर्शले होला चराचुरुङ्गी चिरबिर चिरबिर गरेर गीत गाइरहेका थिए । श्रीले अनयास सोधे, “अँ फिदिमबाट त हिँडेर आउनुभयो होला नि यता आङ्खोपमा कस्तो रह्यो अनुभव ?” मैले भनेँ, “हो, हिँड्नुबाहेकको विकल्प नै के थियो र ! बिहान सबेरै ४ बजेतिर यता सुवाहाङ आउने साथी भेटिए, हामी पनि साथ लाग्याँै । बिहान शीतलको बाटो लामा फड्का हिँड्न सकिन्छ, दिउँसो त गर्मीले उकालामा बुहारी झारझँै ओइलाउँछ शरीर भन्थे उनीहरू ।”
हामी ओरालो जोरसल्ले झरेर हिवा खोलो तरेर वारि सुवाङकोे उकालो सकेर माथिल्लो गाउँको तेर्साे बाटो हिँड्दै थियौँ । हामीलाई प्यास औधि लाग्यो । एउटा तीनतले घर र दुईतले मतान (हामीले सिनाममा बेचेकोजस्तै थियो त्यो घर) भएको घरमा पुगेर पानी माग्यौँ । “को हुनुहुन्छ ? पानी पाइन्छ कि ?” हाम्रो आबाज सुनेर एकजना झण्डै ६० वर्षमाथिका जस्ता लाग्ने बुढा मानिस पानीको आम्खोरा लिएर बाहिर आउनुभयो । मलाई आश्चर्य लाग्यो ! म अचम्मित हुनपुगेँ ! हामी त आफ्नैको घरमा पो आइपुगेछौँ । उहाँ त खेमराज र दुर्गा दाइका बुबा रामलाल बडोबुबा हुनुहुन्थ्यो । उहाँहरू सिनामको जग्गाजमिन बेचेर सुवाङ बसाइँ सर्नुभएको सुनेको थिएँ । उहाँको हँसाइ नै मिठो थियो । मैले हात जोडेर नमस्कार भनेँ, बरालजीले मलाई पच्छ्याउनुभयो ।
आम्खोराबाट पानी पियाँै हामीले । बडाले “यो बाबुलाई त चिने चिनेजस्तो लाग्यो मलाई त !” भनेर मलाई नियालेर हेर्नुभयो । हाम्रा आँखा चार भए । म चिनेर पनि नचिनेझँै गरेर, पानी पिएपछि बाटो लाग्ने सोचमा थिएँ । बिहानको १० नाघिसकेको थियो । पेटमा मुसा दौडँदै थिए, ‘खाना खानको निम्ति आफ्नाको घर खोज्दै आए भन्ने होला फेरि !’ अलिपर खाना बेच्ने घरहरू पाइन्छन् भनेर हामीसितै आएका मानिसहरूले हामीलाई छोडिसकेका थिए । यसकारण मैले चिनेर पनि नचिनेझँै गरेको थिएँ ।
चोर समातिएपछि साबिति दिनबाहेक बाँकी केही रहेन मेरो । म निहुरिएर गोडामा ढोग गरेँ, “जय कल्याण, चिरञ्जीवी भएस्” भन्नुहुँदै “घिवाला बाबैको नाती हैन ?” भन्नुभयो । मैले ‘हो भनेँ’ अनि भलाकुसारी सोधखोज, कताबाट ? किन ? कता जाने ? बुबा र आमाको विषय आदि हुनथाले । सबै बेलीबिस्तार लगाएँ मैले । अन्तमा “खाना खाएको छैन होला” भनेर सोध्नुभयो रामु बडाले, मैले ‘छैन तर अलि पर पुगेर खाने हो बडा’ भनेँ । मेरो त जुल्फीमा समातेर “लौ त ! यहाँ घरमा आइपुगेको छोरो खाना खाने बेलामा आँगन कटेको म हेरूँ त !” भन्नथाल्नुभयो ।
“ल बस यता” भनेर सिकुवाको खाटमा राडी र गलैँचा हालिएकोतिर इसारा गर्नुभयो । हामी थ्याच्च बस्याँै खाटमा । बडाभित्र पस्नुभयो, साथी बरालजी हाँस्नुभयो मरी मरी । बडीआमा बित्नुभएको थाहा थियो । खाना बनाउने को होला र ? भन्ने मनमा लाग्यो । छोराबुहारी आआफ्नो व्यवसायमा व्यस्त । बडाले आफँै खाना पकाएको थाहा पाएरभित्र पसेँ म । चुल्हामा आगो ठेल्दै हुनुहुन्थ्यो बडा । भात उम्लिएर माड पोखिँदैथ्यो । तरकारी कराइमा च्वाइँ....गरेर भुटिँदै थियो ।
मैले अप्ठेरो लागेर “बडाले दुःख नगरेको भए हुने, घरमा एक्लै हुनुहुन्छ कि क्या हो ? भाउजूहरू पनि कोही छैनन्जस्तो छ, हामी उता पुगिहाल्थ्यौँ” भनेँ । उहाँले इसाराले चुप लाग्न भन्दै हाँस्दै भात चलाएर भस्र्याउनुभयो र भन्नुभयो, “अब सबै बेफुर्सद छन्, छोराबुहारी कहिलेकाहीँ आउँछन् आलोपालो । छोरीको छोरो छ एउटा साथी, त्यो पढ्न गएको छ, बिहानबेलुका त्यसले अलेली सघाउँछ, चलेको छ ।”
हामीले खाना खायाँै । जुठा भाँडा माझ्न थाल्नुभयो बडा । हामीले आपूmले सफा गर्ने कुरा ग¥यौँ, उहाँले मान्नुभएन, पाहुनालाई काम लगाउनुहुन्न भन्नुभयो । हामीले खोसेर भाँडा माझ्यौँ । “आज तिमीहरूले मेरो भाग खोस्यौ” भन्नुभयो बडाले । सायद उहाँले जीवनभोगाइमा पूर्वार्धको फल भोगेर उत्तरार्धका निमित योग सञ्चित गर्ने अध्यात्मचेतको कुरा गरेको हुनुपर्छ भन्ने अड्कल काट्दै मैले भनेँ, “बडो बुबाले चिन्ता नलिनु, छोराहरूको कर्मले पनि पितृको भाग प्राप्त हुन्छ ।” उहाँ मस्तले हाँस्नुभयो । सायद यी केटाहरूले पनि अलेली कुरा बुझ्यारहेछन् भन्ने लाग्यो क्यार ।
हामीले ढोग गरेर बाटो लाग्ने अनुमति माग्यौँ । उहाँले शिरमा हात राखेर “बाटो नकाट्नु ,सत्कर्मी हुनु” भनेर बिदा दिनुभयो । हामी बाटो लाग्याँै, अलि पर पुगेर फर्किएर हेरेको बडा पनि हेरिरहनुभएको थियो । एउटा ढिस्काले हामीलाई आपसमा छेल्यो । हामी ओझेल भयाँै । बडोबुबा ढिस्कोपछाडि रहेर अदृश्य बने पनि उहाँको चेत र बटुवाप्रतिको श्रद्धा मेरो मनमस्तिष्कमा गहिरोगरी अल्झियो । घरमा कोही नभएको बेला आफँै भान्से भएर यो उमेरमा बाटो हिँड्ने मानिसलाई रहर लागेझँै भोजनले तृप्त गराउनु यो भौतिक कुरा थिएन । यो उहाँले बाँचेको जीवनमन्थनबाट खारिएर निकालिएको अध्यात्मचेतनाको नौनी थियो, जो भावी जन्मलाई सञ्चित गरेको आभास हुन्थ्यो ।
हुन पनि हो नि पारि फिदिममा उहाँकै साइँला छोरा दुर्गा दाइले व्यपारव्यवसाय गर्नुभा’थ्यो । हामीले व्यवसायिक धर्मअनुसार सुतेको, खाएको तिरेर आयाँै । उहाँले अहिलेको भौतिक उपलब्धिका निमित्त आयसञ्चित गरिरहनुभएको थियो । त्यो आफँैमा सही थियो । आज विश्व यही व्यवसायले अगाडि बढिरहेछ । यसमै प्रतिस्पर्धा छ, कसले कति साधन र स्रोत परिचालन गरेर कति उपलब्धि लिनसक्यो, त्यसमा उसको दिमागी क्षमताको स्तर नापिन्छ । अझ भनाँै कतिपय त शुद्ध पदार्थमा अशुद्ध पदार्थ मिश्रण गरिएको उत्पादन बिक्रीबितरणले आफ्नो मुनाफाको सर्वाेच्वता कायम गरेर दुनियाँलाई मुर्ख ठानिरहेकामा मख्ख परेका पनि हुन्छन् । यता बुबा एक्लो जीवनको उत्तरार्धमा हिँड्दै हुनुहुन्थ्यो । उहाँ आफ्नो कर्मफल पछिल्लो काललाई जोगाउँदै हुनुहुन्थ्यो । अघिल्लो तरिकाले यही लोकमा मुनाफा आर्जन गर्नुथियो । पछिल्लो तरिकाले यो लोकको सञ्चिति खर्चेर पछिल्लो लोकको लागि सञ्चिति गरिरहेको बोध हुन्थ्यो । त्यसैले त उहिले हाम्रो हजुरबुबा भन्नुहुन्थ्यो, “चाइने पाहुनापाछा, साधुसन्त देवताका चाइने अर्का रूप हुन्, यिनलाई तृप्त गराए चाइने फलिफाप हुन्छ, आशीर्वाद दिन्छन् । चाइने छैन भनेर टक्टकिनुहुन्न, चाइने आफ्नो परिश्रमको सञ्चिति अमृत हो चाइने सबैले चाख्न पाए फैलिन्छ यो ।”
हजुरबुबाका यी कुरालाई रामु बडाले साबिति दिएको बोध भयो अनि भौतिक र अध्यात्मका बिचको अन्तरले रन्थन्यायो मलाई । अल्पज्ञानको कारण एक छिन कुन बाटो, केका लागि ? भन्ने प्रश्नले मेरो मथिङ्गल खल्बलियो । अध्ययनको गहिरो चुरो नफुटाएको मेरो दिमागले सबै छिचोल्नसक्ने कुरै थिएन । अन्त्यमा मन र दिमागले सम्झौता गर्दै भन्यो, ‘यो आआफ्नो बुझाइको सिँढी होला सायद, जहाँबाट आफ्नो भावी जीवनयात्रा सहज बन्दछ । साँचो मानेमा मानव जीवनलाई मूल्यवान्, नैतिकवान्, कर्मशील र शिष्ट एवम् निष्ठायुक्त बनाउन अध्यात्मको सृजना भएको हुनुपर्छ ।
मैले यी कुरा गरिन्जेल श्री चुप थिए । यसो अनुहार हेरेको उनी ध्यानमग्न भएको पाएँ मैले । अनि मैले फेरि भनँे, “हामी सुवाङबाट माथि गोपेटार, थर्पु हुँदै उ....उता हातले देखाउँदै ...पारि आएर इवा नदी तरेर आङ्खोप आयौँ । बरालजी भोलिपल्ट सादेबा जानुभयो ।”
हामी भिरको बाटो छिचलेर एउटा खोल्सामा पुग्यौँ । मलात्राको पात टिपेर पानी उघाएर प्यास मेट्याँै । हामी सुस्तरी हिँड्दै जन्तरे दाइको घर हुँदै हरिप्रसाद दाइकोमा पुग्याँै । भाउजू अगेनामा स्कुस र तरुल उसिन्दै हुनुहुन्थ्यो । नमस्कार आदानप्रदानपछि भलाकुसारी हुँदा “अब नानी उतै जाने मधेसतिरै” भनेर
सोध्नुभयो । मैले “हेरूँ भाउजू अब के हुन्छ” भनेर जबाफ दिएँ ।
लुगाफाटा, किताबकपी झोलामा मिलाउँदै गर्दा हरिप्रसाद दाइ खुइया गर्दै आइपुग्नुभयो, घर छाप्ने खर ओसार्न खेताला साथ आपूm पनि लाग्नु भा’रैछ । “सचिव भाइ बल्ल आउनुभएछ” भनेर मुस्काउनुभयो । हामीले नमस्कार ग¥यौँ उहाँले अनुसरण गर्नुभयो । “अनि झोला पो तयार छ त” दाइको जिज्ञासा शान्त पार्दै मैले जबाफ दिएँ, “दाइ ! अब मेरो बसाइ सकियो । यहाँ स्थायी सचिव आउँदै छन्, अब म फर्कन लागेको ।” मेरो कुरा सुनेर उहाँ अचम्मित र विस्मित हुँदै भन्नुभयो, “ठुलो आड भएको थियो, गाउँमा रबाफ पनि बढेको थियो, अब सकियो ।” उहाँ चुकचुकाउनुभयो ।
हामी खाजा खाएर माथ्लो कडरिया गाउँ गयाँै, त्यतै बास बस्यौँ । कडरियाहरूको ठुलो गाउँ थियो त्यो । त्यहाँ बेलुका सबै भेला भए । “आफ्नो मानिस आएको भन्ने लागेको थियो यति थोरै समयमा फर्किने हुनुभएछ”, साइला कडरियाले भन्नुभयो । उहाँ नाताले भिनाजु पर्नुहुन्थ्यो । मामाङ्खे (काइँला खरेल) बलभद्र बडाकी छोरी दिदीलाई दिएको थियो उहाँलाई ।
हामी फर्किनुपर्ने कारण बतायौँ हामीले । अब ताप्लेजुङ गएर एकपटक पाथिभरा जानुपर्ला अनि फर्कने जनाउ दिएँ । उहाँहरूले पनि परिस्थिति बुझेर भोलिपल्ट बिहान बिदा गर्नुभयो । बिहान सबेरै हामी बाटो लाग्याँै । प्रधानपञ्च बलबहादुर राई मधेस झरेका कारण भेट हुनपाएन, उपप्रधानपञ्चलाई बाटामा भेटेका थियाँै, बिदा माग्याँै ।
हामी भञ्ज्याङमा पुगेर चियाचुरोट पिउन थाल्यौँ । म एक प्रकारले धुम्रपानको सोखिन थिएँ । हजुरबुबाको हुक्का तानेर लागेको धुवाँ सेवन गर्ने लत क्रमशः बढ्दै थियो । धेरैजना साथीहरू मेरो चुरोट पियाइ हेरेर आपूm पनि पिउन रहर गर्थे । श्रीले पनि यहाँ त्यो रहर गरे तर एक दुई सर्का के तानेका थिए खोकेर रालसिँगान निकाले । धुवाँ सर्केछ उनलाई । धन्न बमिट चैँ गरेनन् । नजान्दा जेले पनि अभर पार्नसक्छ भन्ने लाग्यो मलाई । मैले पानी पिउन सुझाएँ, पानी पिएपछि उनी फ्रेस भएर भने, “यस्तो चिज पैसा तिरेर खाने पनि खाने नै हुन्, हैट !” यसो भनेर चुरोट मिचमाच पारेर फालिदिएपछि थु गरेर मिचिएको चुरोटलाई थुके । उनका आँखामा आँसु आइरहेको थियो । मैले मजाक गर्दै भनेँ, “खान नजान्दा त अमृत पनि सर्किन्छ नि श्रीजी ।” मैले उनको अनुहारको भावलाई निहारेँ । उनी निकै गम्भीर देखिएका थिए ।
मैले परिस्थिति बोध गर्दै भनेँ, “हैन, सधँै यो मिश्रेटारको बाटो मात्रै हिँड्ने हो र ? अरू विकल्प छैन ?” श्रीले आँखा पुछ्दै भने, “छ यता मेहेले जाने बाटो हुँदै लिम्बुदिन निस्किएर तल कावेली नदीको सन्तोली साँघु तरेर आम्बेगुदिन हुँदै सिनाम निस्कन सकिन्छ ।” “त्यसो हो भने हामी यो बाटो भएर सिनाम डिइमा काइँला बडोबुबाकोमा खाना खाने” भनेर प्रस्ताव राखँे मैले । श्रीले निकै बेर गमेर बाटोको लम्बाइ नापेछन् मनमनै अनि भने, “हुन्छ त, तपाईंलाई पनि नयाँबाटोको जानकारी हुने, मैले पनि पाँच वर्षअगाडि यो बाटो हिँडेको थिएँ । कस्तो भयो होला भन्ने लागेको थियो, अब प्रस्ट हुने भयो ।” श्री यति भनेर उठे, हामी बाटो लाग्याँै ।
हामी पाखो, भिर अनि खोल्सो छिचल्दै लिम्बुदिन पुग्याँै (लिम्बूहरूको बस्तीलाई लिम्बूदिन र बाहुन क्षेत्रीहरूको बस्तीलाई पेनेवा भनिन्थ्यो) । पहिले पारि सिनामको हाम्रो घरबाट टड्कारो देखिन्थ्यो यहाँ, आज पनि नियालेर हेरेँ मैले सिनामलाई, हाम्रो गाउँ र हामीले बेचेको घरखायल प्रस्ट देखियो । मेरो मन नै रोमाञ्चित भयो बाल्यकालको स्मरणले । यही लिम्बूदिनको हामी उभिएकै अगाडिको घरको एकजना नाम बिर्सिएँ, प्रधान थरका दाइ हाम्रो सानोदाइसित पढ्थे त्यसताका, खुब राम्रा तस्बिर बनाउँथे । उनले बनाएका तस्बिरहरू सानोदाइले मूलढोकाछेउमा झुण्ड्याएर राख्नुभएको थियो ।
हामी कावेली नदीको सन्तोली पुल तरेर छड्के करिम करिम उकालो हिँडेपछि आम्बेगुदिन स्कुलमा थकाइ मार्न बस्याँै । ठुला वरपिपलको शीतल छायामुनि हामीले थकाइ मेट्याँै । आकाश पूरै निलो थियो । कताकति क्षितिजतिर सेता बादलका थेग्लाहरू थिए । वरपिपलका हाँगा हाँगाबाट चराचुरुङ्गी चिरबिर चिरबिर गरेर कराउँदै थिए । यतिकैमा एक हुल काग हाम्रो दायाँबाट उडेर गए । डाँडाको पारि नपुगिन्जेल मैले ती कागको गन्तव्य र गति निहालिरहेँ । मनमा लाग्यो, आफ्नो गन्तव्यको निमित्त यी स्वतन्त्र छन् र त दिशा समाएर यी उडिरहन्छन् नि ।
हामी बसेको ठाउँमा चराले बिस्ट्यायो, कसो श्रीलाई लागेन । हामी उठ्याँै र सिनाम तल्लो गाउँ डिइतिरको बाटो समायाँै । आम्बेगुदिन विजयप्रकाश थेबेको थातथलो भएको ठाउँ हो । विजय थेबे र हाम्रा काइँली फुपूका छोरा उपमणि दाइले मित लगाएका हुनाले हामी विजय थेबेलाई मितदाइ भन्थ्यौँ ।
हामी नेबुखोला तरेर डाँडागाउँ हुँदै डिइमा काइँलो बुबा (बलभद्र खरेल) कोमा पुग्याँै । बडोबुबा बाहिर खाटमा राडीमाथि बसेर हुक्का तानिरहनुभएको थियो । मैले निहुरिएर ढोग गरँे । ‘जयकल्याण चिरञ्जीवी भएस् भनेर मेरो टाउकामा हात राख्दै महेश आइपुगेछ सचिवसित’ भन्नुभयो । बडीआमा भान्साकोठाबाट बाहिर निस्कँदै “को रे ए साइँलो छोरो पो आइपुगेछ, सुनेको त थियो यता आएको छ भनेर !” मैले ढोग गरँे । उहाँले “भाग्यमानी हुनु, ठुलो मान्छे हुनु” भन्नुभयो । श्रीले नमस्कार गरे । हामी राडी बिच्छ्याएको एउटा खाटमा बस्यौँ । घरमा अरू कोही थिएनन् । दाइभाइ, भाउजूहरू सबै मेलापात गएका छन् भन्नुुभयो बडोबुबाले ।
हामीले मिठो खाना खाएर बिदा माग्यौँ । बडीआमाले “गै हाल्छौ र ! बसे हुन्न र ! आज ?” भन्नुभयो, बडाले पनि थप्नुभयो । मैले भनँे, “श्री त यहीँको मानिस, के भयो र, मचैँ आज माथि जेठी फुपूका घरमा पुग्नु छ, भोलि बिहान कान्छादाइ र मसँगै सदरमुकाम फुङ्लिङ जाने कुरा छ, जानुपर्छ” भनेर बिदा मागँे । बडोबुबा र बडीआमाले “लौ त त्यस्तो छ भने हामी के भनौँ त, राम्रो जानु, बाटो नकाट्नु” भन्दै बिदा दिनुभयो ।
हामी मास्तिर पूर्णप्रसाद भिनाजुकोमा निस्कियौँ । हाम्रा साइँला हजुरबाकी अन्तरी छोरी फुपू दिएको थियो त्यहाँ । खुब माया गर्नुहुन्थ्यो सानामा हामीलाई । एउटी छोरी थिइन्, नानी दिदी भन्थ्यौँ हामी । छोरा नभएकाले पछि जेठा हजुरबुबाकी नातिनी विवाह गरेका थिए पूर्णप्रसाद भिनाजुले ।
यो नारीपुरुषको वर्गीय द्वन्द्वमा पुरुषप्रधान समाजको कारणले पुरुषको दोष भए पनि दोषभार भने नारीलाई बोकाइन्छ ! यहाँ पनि छोरो हुनु र नहुनुमा नारीको के हात हुन्छ र ! तर पनि अन्तरी दिदीले सौता व्यहोर्नुप¥यो । मूलघरबाट अलि पर अर्काे सानो घरमा बस्नुभएको रहेछ अन्तरी दिदी (फुपू) । हामी दुवै घरमा सोधपुछ, भलाकुसारी गर्दै घुमाउनेको दोकानमा पुगेर श्री र म छुट्याँै । उनी सदरमुकाम दुई–तीन दिनपछि मात्र आउने भए । म माथि जेठीफुपूका छोरा कान्छादाइ (टेकनाथ मैनाली) कहाँतिर लागेँ ।
जेठी फुपू बितिसक्नुभएको थियो । बेलुका हामी सबै परिवारको विषयमा भलाकुसारी भयो । कान्छी भाउजूले “आमा कस्ती हुनुभएको होला ! मामाको उस्तै हाल होला । धन्न मेरी दिदी दरी; लरतरो मानिसले के आँट गथ्र्यो र ! अब चैँ उतार्नुभयो परिवार । छोराछोरी हुर्किए ।” एकै सासमा भनी सिध्याउनुभयो ।
मैले आमाको साहस, दृढता र अप्राप्ति लगाव तथा योगदान सम्झिएँ । हो नि, आमाले जीवन भोगाइका क्रममा सम्पूर्ण परिवारको गरुङ्गो भारी एक्लै बोकेर जिन्दगीको मार्गका धेरै जङ्घार तर्नुका साथै धेरै पहाड नाघिसक्नुभएको थियो । अब त थोरै सजिला ठाँउहरू मात्र बाँकी थिए । आमाले आपूmलाई धरतीको छातीमा बिछ्याएर हामीलाई योग्य बनाउनुभएको थियो र आज हामी यहाँ छौँ । सबैका अगाडि हामीले हामी भन्नपाएका छौँ । मैले मनैमन आमाका चरणमा श्रद्धाले शिर निहुराएँ । ‘चिरञ्जीवी हुनु, नारायणले कल्याण गरुन्, भाग्यले साथ देओस्, चिताएको पुगोस्’ भन्ने आशीर्वचनको ध्वनि गुञ्जियो मेरो मनमस्तिष्कमा ।
“हेर हाम्रो ठुले बाँचेको भए यत्रै हुन्थ्यो” भनेर भाउजूले ओड्ने मजेत्राले आँखा पुछ्नुभयो । “अब के गर्नु र ! दैवको लीला, हामीले भनेर नहुँने” भनेर कान्छा दाइले सम्झाउनुभयो । हो नि त, घनश्याम उहाँहरूको जेठो छोरो । हामी सँगैका दाँैतरी । नाताले भतिज भए पनि पल्ला घर कृष्ण, माथ्ला घर तुलसी, तल्ला घर विष्णु, मौलामा हेमन्त, माथि डाँडामा श्री, अझ माथि भाउन्नेमा खड्ग र ज्ञानु आदि हामी सबै दौँतरी । सँगै हुर्किएका । एकै गाउँटोलका । घनश्याम त अझ मेरै फुपूको नाति । एउटै क्लासमा सबै पढ्थ्यौँ । हेमन्त दाइ र घनश्याम दोस्रो तेस्रो हुन्थे क्लासमा । म भने प्रथम हुन्थेँ । बडा मिहिनेती थिए घनश्याम । बस्तुबाख्रा चराउँदा, घाँस वा सोत्तर काटी ल्याउँदाका साथी थिए मेरा उनी । उनको अभावले मेरो मन नमिठो भएर आयो, आँसु छचल्किए, मैले हत्केलाले आँसु सम्हालेँ ।
भोलिपल्ट खाना खाएर, खाजा बोकेर हामी सदरमुकाम लाग्याँै । बाटो उही तर गर्मी बढेकाले हिँड्नलाई अलिक सकस भए पनि फावाखोला तरेर थेचम्बुको उकालो कटेपछि भने अलि सहज भएथ्यो । हामीले भालुखोपमा पुगेर खाजा खायाँै अनि नाङ्खोेल्याङ, दोखु हुँदै तोक्मे उक्लिएर बजारमा कर्मचारी मिलन केन्द्र पुग्दा साँझ झमक्क परेको थियो ।
समाप्त