डा. गाेविन्दप्रसाद आचार्य
आयाे नक्सा
नेपालीको सुख रहरमा साथ देऊ तमाम
समृद्धिका मनमगजमा कामले लाग्छ घाम
भोको कोही पनि नरहला काममा जुट्नुपर्छ
हाम्रा गाउँ सहर जनको एउटै बन्नुपर्छ ।
यो सत्तामा अझ ढलिमली प्राण सक्किसकेका
फाली थोत्रा जडनियमका तेज मक्किसकेका
आएका छन् रगतरहका कुण्डमा पौडिएर
नाचेका छन् असफलहरू मुण्डमाला भिरेर !
मारेका हुन् मदन जसले त्रूmर सत्ता चलाई
डाकेका हुन् प्रतिगमनको साँपलाई जगाई
मारेका हुन् मदनप्रतिभा पूmल देख्नै नसक्ने
सत्ता पाए अझ बढी बढी त्रूmरमा दम्भ गर्ने ।
आशा नौला फगत छरियो त्रूmर हावा उडेका
हेर्नै गारो पतनमतिका नग्न नाचिरहेका
यो सत्तामा विगत अधुना साँप उस्तै मिलेका
आए आँधी मदनप्रतिभा त्रूmर सत्ता गलेका ।
कालापानी कलकल यतै बग्न आयो धरामा
सम्झेकै हो सफल वीरका पाइला छन् धरामा
नेपालीको तनमन सबै त्रूmर जागी चुसेको
कालापानी पर अधिनमा नित्य आँसु बगेको !
हामी सानो भनन कसरी हेर राम्रा हिमाल
आँखालाई तिलमिल दिने धार चम्के कमाल
खोजेका छौँ विगतजतिको एक चिम्टी नभुल्ने
आयो नक्सा विगत जितको फैसला तथ्य गर्ने ।
हाम्रो पानी अधमहरू हो हैन आधा पूरै हो
नालापानी नभुल जनले देश हाम्रो सही हो
पानी आधा नभन यसरी तथ्यले बोल्नुपर्छ
पानी आधा भनिनरहनु देश धिक्कार भन्छ ।
नक्सालाई नजर गर है भित्रको मर्म जानी
पानी आधा नभन अब लौ त्रूmरताको बखानी
नेपाली हो अब अति भयो हेर जागे कमारा
चम्केका छन् असफलहरू देशको मर्ममारा ।
कड्केका छन् कपटी मनका हुन्न साधु बिरालो
छोल्दा छोल्दै छल अति भयो दूध कुर्ने बिरालो
यो नक्सामा जमिन थपियो वीरताको कमाई
पालेकाको भर नपर है लानसक्छ टुटाई ।
जोड्नेलाई अमर पदवी लाल सम्मान दिन्छु
नेपालीका मन नयन हुन् देश स्रष्टा म भन्छु
तोड्नेलाई असफल गरुन् दृढतामा बढेर
गर्दै जाउन् अझ अघि बढी युगस्रष्टा बनेर ।