सुमन “शिरीष” पोखरेल
गजल
अलिकति आशाहरू जुटाएर हेरेँ
जुटाएका आशाहरू फुटाएर हेरेँ ।
फुटेपछि असरल्ल भो, मन एक तमास भो
हुन्छ कि केही उपलब्धि कुटाएर हेरेँ ।
कुटेपछि आशा विश्वास एकै ठाउँ मिसिए छन्
विश्वास थाती राखी आशा छुटाएर हेरेँ ।
चुम्बकलेझैँ विश्वासले आशालाई तानिरह्यो
अति विश्वास राम्रो हुन्न टुटाएर हेरेँ ।
विश्वास टुटी गएपछि आशा पनि विलीन भो
जिन्दगीलाई सदा यसै लुटाएर हेरेँ ।
– सिरानचोक गा.पा.–४, गोरखा
सम्पर्क : ९८४१८६७६५३