व्यापार
विश्व सिग्देल
कमला आशाहरूलाई नरम ओठले सुसेल्छन् फूलहरूती फूलहरू रोप्ने, गोड्ने, फुलाउनेर बेच्ने यहाँ घाटामा छन्धर्तीका मनोरम छटाकुचिले दुरुस्तै उतार्नेर हृदयमा अझै कोमल पुतली सपनाले भरिदिनेमहान शिल्पी यहाँ घाटामा छन्पहाडका कठोरतामा जीवनकाबाँचिरहुँ लाग्ने आशा उब्जाउनेपहराका छाती खोपेर संभावनाका राजमार्ग कोर्नेदुःखलाई चट्टान मानी फोर्नेमहान कर्मी घाटामा छन्सोझो बाटो बनाउने र सोझो बाटो हिँड्नेदुवै यहाँ घाटामा छन्संसारमा मानवता बाँढ्ने घाटामा छन्संसारमा माया फैलाउने घाटामा छन्सहयोग, सद्भाव, भाइचारा घाटामा छन्यो शताब्दीडोहोरिएको छ नाफाखोरको इसारामाघाटालाई बेरेर धर्म, जाति, नश्लका आकर्षक प्याकेटमाशताब्दी चतुर बनियाजस्तै बसेको छ बिच बजारमाबजारको ग्राफ उकालो लाग्दै छहतियारको व्यापारी मुस्कुराउँदै छन्अब घाटाको व्यापार कसले र किन गर्ने यहाँ ?युद्धलाई आकर्षक प्याकेज बनाएर बेचिरहेछ्न् व्यापारीहरूयुद्ध मात्र अब त्यस्तो व्यापार भएको छजहाँ घाटाको गुन्जायस छैन ।युद्ध अब घाटाको व्यापार रहेन !!