जिन्दगीको वर्णविन्यास
मधुर भट्टराई
जिन्दगी–कहिले अल्पविराममा अलिकति आलाप लिएरकहिले–हलन्त भएर खुट्टा तान्दै अरु कसैकोखाली ठाउँमा भर्ने कुराहरूसम्म नभरीआकार भएर कहिलेकाहीँकहिले भएर आकारविहीनकसैको छेउमाभएको छ आधा– अस्तित्व ।डोकाले छेल्दै व्यवधानको वर्षाकहिले– शिरबिन्दु लाएर शिरमाकहिले –चन्द्रबिन्दु हेरेर औंसीमाकहिले– योजकझैँ धकेलेर टाढाकहिले– कोष्टकझैँ छेकेर आफैलाईकहिले– अक्षरका हारले शब्द बनेरकहिले– छुट्टिदै वाक्यहरूझैँकहिले– हिँड्नु छ आधि बाटोकहिले– झुन्डिनुछ कसैको खुट्टा समाएरकहिले– इकारको टोपी भिरेरकहिले– ऐकारझैँ टुप्पी ठाडो पार्दैदौंडिरहेछ कहिले सिपालु हातले लेखेको अक्षरजस्तैकहिले सिकारू हातले लेखेको अक्षरजस्तैलर्खराइरहेछ यो जिन्दगी–पूर्णविरामसम्मको यात्रामाशाब्दिक तानावानाको कुहिरोभित्र अल्झिएको छ ।सायद पूर्णविरामसम्मको यात्राजिन्दगीको अन्तिम अभीष्ट होजब भेट्टाउँछ जिन्दगीले पूर्णविरामजिन्दगीको अर्को अनुच्छेद सुरु हुन्छजिन्दगीको अर्को कथा तय हुन्छ ।