तीन मुक्तक
सदानन्द अभागी
मुक्तक – १
काँडाबिज्न सक्छ साथी कुबाटोमा हिँड्दा
जे जे पनि हुन सक्छ आन्दोलनमा भिड्दा
शान्तिमय पदयात्रा हुन्छ नौनी जस्तै कोमल
कति मर्म पर्न जाला एकले अर्कोलाई गिँड्दा
मुक्तक – २
जमाना उल्टा भयो कोपिला नै निमोठिन्छन्
अनमोल कोपिलालाई अंकुरणमै उखेलिन्छन्
पलास र श्रीखण्डलाई कोही छैन चिन्नेवाला
अल्लिडको काठ सम्झी गल्लीमा फ्याकिदिन्छन्
मुक्तक – ३
प्रकृतिको सुन्दरतामा सबै मोहित हुन्छन् सानु
मधुरसले टमाटम भए मधुमख्खी झुल्छन् सानु
यो संसार कुचक्र छाडी सुचक्रमा चल्नुपथ्र्यो
लेक छाडी व्याँसी रोप्दा गुराँस कहाँ फुल्छन् सानु