द्विविधा
डा. शेखरकुमार श्रेष्ठ
हिजोआजम भव्य द्विविधामा छुम ठुलो किमलाई बनाइदिने ठुलो भनेर !जिउ हेर्छुशिरदेखि पाउसम्मपैतालाले टेक्ने ठाउँमा जुत्ता छत्यसको भित्र मोजा छगोडामा पाइन्ट छपुट्ठामा कट्टु छजिउमाकोट, स्विटर, सर्ट र पेटीगन्जी छन्सबैको हुन्छकसैको थोत्रोकसैको नयाँ होलाकसैको महँगोकसैको सस्तो होलातर सबैको हुन्छव्रmमशः बाहिरबाट भित्र ।शिरमा टोपी छहेर्नलाई नाकमा टेको लागेकोकानमा समातेको चस्मा छसबैले भन्छन्–चिटिक्क परेको राम्रो छस्म द्विविधामा छुम राम्रो हो किमैले लगाएका राम्रा हुन्वा, यी बनाइदिने राम्रा हुन् कि ?मेरो गलामा सिव्रmी छनाडीमा बाला छऔँलामा औंठीहरू छन्निधारमाकहिले लाउनेकहिले नलाउने टीका छसबै भन्छन्–अङ्ग अङ्ग छाँट परेको छम भने द्विविधामा छुम ठुलो किमेरा गहना÷शृङ्गार ठुला हुन्वा, यी बनाउने ठुला हुन् ?म हेर्छुवाह ! भन्छुम हेर्छुमिलाउने सुझाउ दिन्छुम सुन्छुकर्णप्रिय भन्छुम सुन्छुमधुरता आओस् भन्छुम खान्छुस्वादिष्ट भन्छुम खान्छुकेही पुगेन भन्छुम सुँघ्छुसुगन्धित भन्छुम सुँघ्छुसु गएछ भन्छुम द्विविधामा छुयी अङ्ग ठुला हुन् कि म ठुलोमलाई जन्माउने बाआमाठुला हुन् किनदेखिने त्यो स्रष्टा ठुलोम द्विविधामा छु ।मैले बोले ज्ञान पोखिन्छ रेक्षमता देखिन्छ रेप्रभावित हुन्छन् रेमेरैपछि लाग्छन् रेफेरि म द्विविधामा छुम ठुलो किमलाई ज्ञान दिने ठुलोम ठुलो किमलाई यहाँसम्म ल्याउने ठुलोम ठुलो किगुरु ठुलोकि गुरुका गुरु ठुलोकि पाठ बनाइदिने ठुलोकि खोजकर्ता ठुलोवा यो दुनियाँ ठुलोवा दुनियाँका यी एकएक वस्तु ठुलोवा यो सृष्टिको रचनाकार पोठुलो हुन् कि ?म द्विविधामा छुम ठुलो कि मेरो प्रशंसा ठुलोअथवा प्रशंसा गर्ने ठुलोम सधैँ द्विविधामा छुम जन्मनु ठुलो पो हो किवा मलाई मार्न प्रयासरत समयठुलो छ किम फेरि द्विविधामा नै छु ।म ठुलो भनेरमैले नाक फुलाउँदै गएँम ठुलो, म ठुलो भने पनिमैले तलतिर नियाली हेरेँम हावामा रहेछुम उडिरहेको रहेछुअभिमानको पखेटा हालीभ्रमको आकाशमा ।