सिर्जनामा रमाउँ
ओमप्रसाद कोइराला
खोज्छन् मान्छे सुखसयलमा बस्नलाई समस्तमौका पाएपछि सब कुरा खोज्नमा हु्न्छ व्यस्तघुम्दै मान्छे नविन पथमा देखियो मग्न मस्तयै धर्तीमा सयर गरदै भैदियो धेर व्यस्त ।नौलो नौलो विकट पहरा फोर्नलाई तयारबन्दै मान्छे भुवन भरमा लाग्दछन् बारबारकोही आफ्नै हित मुलुकको गर्न मानेर सञ्चखट्दा खट्दै पछि पछि उँभो लागने याम हुन्छ ।छैनन् यौटै मन ह्दयका चालमा खै समाजराम्रो बानी नभइ भन के चल्न सक्लार काजअर्कालाई दुःख दिन खडा हुन्छ जो दुष्ट जालीठोक्ने कोही पनि मुलुकमा हुन्न है हुन्न ताली ।राम्रो सेवा भन त अब खै ? गर्छ कल्ले र आजसच्चा मान्छे भइ दिनदिनै गर्न सक्ला विराजराख्दै आए सुखद सपना शान्त पार्दै स्वभावपर्ला पक्कै पनि सकलको राष्ट्रसेवी प्रभाव ।खाँचो टारेपछि परपरै बन्छ मान्छे धरामाके फल्ला खै सुन पनि सधैँ देशको कन्दरामासेवाग्राही उठन उठ हे ! राष्ट्रलाई सजाउँयै माटोमा सुखदुख गरी सिर्जनामा रमाउँ ।