कविता -
माेहन दुवाल
हावा पानि गीत गाउँदो रहेछ
हावा पनि गीत भएर पो गुन्जिन्छन्
हावा गीत भएको सुनिरहेछु
ऊ गीत गाउँछ तर फट्याइँ स्वरमा मिलाउँदैन
तर ऊ विद्रोही छ
असत् र स्वार्थको विरुद्धमा हुँकार छोड्ने गर्छ
हावा सत् पनि हो
हावा विद्रोह पनि हो
हावा गीत पनि हो
हावा ‘इन्कलाब’ पनि हो ।
००
म हावाको गीत मन पराएर सुनिरहेछु ।
००