नवराज न्यौपाने “मौन” -
नवराज न्यौपाने “मौन”
गीत
म रुन्छु तिम्रो हेरेर तस्वीर
पवित्र माया त मसङ्ग रह्यो
आँखाको नानीले जे देखेँ आज
निश्चिन्त मन यो झसङ्ग भयो
साँचेको थिएँ आशा र रहर
जो मेरो मनको तरङ्ग भयो
बाँचेर एउटा जिन्दगी निरस
बैँसालु मन यो भरङ्ग भयो
बिर्सिन्छु भन्छु सम्झिन्छु झन् झन्
उराठ लाग्दा जुनेली प्रहर
दुख्दो छ छाती पोल्दो छ आँखा
काट्नु छ मैले असंख्य कहर