साहित्यिक समाचार
आफू विरुद्ध आफैँ साहित्यिक अभियान सुरू
नेपाली साहित्यमा ‘आफू विरुद्ध आफैँ’ अभियान सुरु भएको छ । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले
राजधानीमा एक कार्यक्रमबिच २०८१ आषाढ ३२ गते यो अभियानको सुरुवात गरेका छन् ।
यो अभियानले तीन वटा उद्देश्य तय गरेको छ । समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने, लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्नेगरी अभियान सुरु भएको हो । सिर्जनात्मक अभियान बारे यसका अभियन्ता साहित्यकार आर एम डङ्गोलले लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो’, कवि डङ्गोलले भने ।
यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल सचिवमा साहित्यकार
होमशंकर बास्तोला रहेका छन् । अन्य सदस्यहरूमा आर एम डङ्गोल, छविरमण सिलवाल, दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध
कार्की रहेका छन् । कार्यक्रममा कवि एवम् सहित्यिक पत्रकार होमशंकर बास्तोलाले अभियानको
उद्देश्य, लक्ष्य र गन्तव्यबारे
जानकारी
गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम जिम्मेवार हुनुपर्ने धारणा राखे ।
साथै अभियानको पहिलो
दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’ कवितासङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार आर एम डङ्गोलले
समीक्षा गरेका थिए । उनले सङ्ग्रहभित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर
लेखकीय सुझाव दिएका थिए । त्यसैगरी समीक्षक बोधराज पौडेल, होमशंकर बास्तोला, छविरमण सिलवाल, नवराज रिजाल, दीपक विहीनले कृतिमाथि
टिप्पणी गरेका थिए ।
आफू विरुद्ध आफैं अभियानको दोस्रो शृङ्खला सम्पन्न
आफू विरूद्ध आफैँ’ अभियानको दोस्रो श्रृंखलामा निबन्धककार बोधराज पौडेलको ‘सोकेसको ऐना’माथि निर्मम चिरफार गरिएको छ ।अभियान कर्ताहरूले समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्दै सङ्गृहीत निबन्धको चिरफारगरेका थिए ।
लेखनको विषयवस्तु र शिल्प विन्यासमा नवीनताको खोजी तथा आफ्नै
लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने गरी अभियानमा साहित्यकार तथा समालोचक आर
एम डंगोलले समकालीन निबन्ध साहित्यमा पौडेलको उपस्थिति चिरस्थायी हुने हुँदा निरखतलाई
जोड दिदै ‘संग्रहमा रहेका निबन्ध उत्कृष्ट रहेका र जीवन, प्रकृतिको सानिध्य
तथा प्रगतिशील चेतले ओतप्रोत रहेका बताए ।
कार्यक्रममा अभियान्ताहरू नवराज रिजाल, होमशंकर बास्तोला, छविरमण सिलवाल र प्रतिरोध
कार्कीले पौडेलको लेखन शैली, आञ्चलिकता र जीवन भोगाइको विषयमा चर्चा गरेका थिए ।
निबन्धकार पौडेलले आगामी लेखन र विगत आगत कोट्याउँदै समकालीन
अवस्थाको साहित्य लेखनबारे चर्चा गरेका थिए ।
अभियानका संयोजक नवराज रिजालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम
सचिव एवम् कवि होमशंकर बास्तोलाले संचालन गर्नुभएको थियो ।