नियात्रा
यात्रा शिवपुरीको
काठमाडौँ खाल्डाका वरिपरि
पहाड र त्यहाँको प्राकृतिक एवम् साँस्कृतिक वातावरण बुझ्ने चाहनाले उक्साइरहन्थ्यो
। स्रष्टा पदयात्राको टोली त्यसको योजक बनेको थियो । हरेक महिनाको पहिलो शनिबारे
यात्रा हुनाले आफ्नो वशभित्रको यात्रा नै थियो । यही योजनाकै क्रममा २०७८ चैत्र ५
गते बिहान ८ बजे बुढानिलकण्ठ बसपार्कमा भेला हुने उर्दी मुताबिक हामी आ–आफ्नो झोलामा सातुसामल हालेर लाग्यौँ त्यतै । त्यहाँ
डिल्लीराज अर्याल, वसन्त रिजाल, मिना रिजाल, शीतल गिरी, घनश्याम प्रसाईं, हिमा
पौडेल, ऋचा, विष्णु खनाल, शारदा पराजुली र म परशुराम पराशरसमेत दश जनाको टोली भेला भई शिवपुरी
आरक्षण निकुञ्जको प्रवेशद्वारतर्फ हिँड्यौँ । त्यहाँ शशी थापा पण्डित पहिले नै
पुगिसकेकी रहेछिन् हामीलाई स्वागत गर्न ।
हाम्रा टोलीमा थपिने अन्य
साथीहरू पछाडि आउँदै छन् भन्ने जानकारी पाएकाले हामी त्यहीँ अलमलिन र फोटाहरू
खिच्ने काम गर्न थाल्यौँ । ८ः३० बजे त्यहाँबाट उकालो लागिसक्ने योजनाले फेल
खाइसकेको थियो । तैपनि ‘गाँस छोड्नु तर साथ नछोड्नु’ भन्ने उखानलाई चरितार्थ गर्न चियाखाजा खाने
चाहनालाई तिलाञ्जली दिइयो । पछाडिको समूहमा खोलाघरे साहिँलो, मन्दिरा मधुश्री, डिल्लीरमण
सुवेदी, रूपा पौडेल र चिराग चैतन्य थिए । वसन्त रिजाल, मिना रिजाल र विमल अर्याल पनि चिया पिउन भनेर
पसलतिर लागे । बाटाको म्याद बाहेक हामीले करिब एक घन्टा गेट बाहिरै बसेर पर्खियौँ
। समय १०ः३० भइसकेको थियो । कसैको पत्तो नपाएपछि भित्र पस्दै गरौँ भनेरभित्र
छिर्ने काम गरियो । हामी निकुञ्जभित्र पसेर पनि अलमलिन
थाल्यौँ । समय खस्किरहेको
थियो । फर्किन ढिला हुन्छ भन्दै अगाडि बढ्ने कार्य गरियो ।
बाटामा हामीलाई स्वागत गर्न
विभिन्न प्रजातिका रुखहरू लाइनबद्ध भएर उभिएका थिए । उनीहरूको स्वागत गर्ने तरिका
अनौठो थियो । फेदभन्दा अलि माथि पहेँलो टिनको पातामा काला अक्षरले लेखिएको आफ्नो
परिचय रुखहरूले बोकेर उभिएका थिए । अपरिचित रुखहरूसँग परिचय गर्न पाएर खुसी भयौँ ।
हामी उनीहरूको स्वागतलाई स्वीकार गर्दै अगाडि बढ्दै गयौँ । पछाडि छोडिएका
साथीहरूलाई हामी हिँडेको र आउनुपर्ने बाटाको मेसो फोन मार्फत बताउँदै बिस्तारै
हिँड्यौँ ।
शिवपुरीको चुचुरो हाम्रो
लक्ष्य भएको हुँदा हामी सजिलो लामो बाटोभन्दा ठाडो उकालो छोटो बाटो रोज्नु
बुद्धिमानी ठहथ्र्यौै । हामीले त्यसै ग¥यौँ । पछाडिका साथीहरूलाई
पनि सकेसम्म सूचना दिन फोन गर्दै गयौँ । तर टावरको अभावले फोन लाग्न छाड्थ्यो कतै
कतै । तैपनि सङ्केतहरू छोडेर हिँड्यौँ । निकै माथि पुगेर खाजा खान थाल्यौँ ।
शारदाले लगेका प्राउन र शशीले लगेको तरकारी खाँदै गर्दा वसन्त दाइ, भाउजू मिना र विमल अर्याल आइपुगे । हाम्रो समूह
रमायो । अझै पछाडि अरू पनि छन् भन्ने भएपछि पर्खिएर बस्यौँ तर कुनै सङ्केत आएन ।
फोन नलाग्ने स्थान, पानीको अभाव, बाघ, चितु्वा, भालु लाग्ने ठाउँ । निकुञ्जले कम्तिमा पनि टावर
र पानीको व्यवस्था चाहिँ गरिदिनुपर्ने । सबैको त्यही आवाज थियो । गुराँससँग मितेरी
लगाएर फोटो खिच्ने कामले पनि अलि अलमल्यायो ।
हामी जति उकालो लाग्दथ्यौँ
त्यति नै गुराँसे वनले हामीलाई रातो ध्वजापताका फहराएर स्वागत गर्न लगाएको थियो ।
गुराँसका ठुला रुखदेखि सा–साना पोथ्राहरूले हामीतर्फ
हेरेर मुसुक्क हाँसी वनको आदेश मान्दथे र स्वागत गर्दथे । भुइँभरि फूल ओच्छ्याएर
हाम्रो आगमन र आतिथ्यको सत्कार गर्दथे । हामी बडो आनन्दका साथ उकालिइरह्यौँ ।
चराका चिरबिर र मन्द समीरले हामीलाई अझ उत्साहित गर्दै थियो । उकालो चढ्दाको
थकानलाई मनले मानेकै थिएन । खुट्टा गलेर उकालो नचढ् भने पनि मन उँभो हान्निएकै
थियो ।
उमेर र शरीरले पनि साथ
नदिएका टोली नायक शीतल गिरीलाई उकालो तितो लाग्नु स्वभाविकै थियो । उनका खुट्टाले
शरीरको वजन थाम्न सकिरहेको थिएन । उकालाले मनलाई भन्दा तनलाई सास्ती दिन्छ । त्यही
सास्ती शीतल गिरीले अलि बढी र हामी पातला ज्यान हुने र कम उमेरकाले कम पाइरहेका
थियौँ । विमल अर्यालले दिएका
हजमोला चकलेट र घनश्याम प्रसाईंले बाँडेका मिस्रीका डल्लाले यज्ञमा चरुको काम
गरिरहेको थियो । पानीको जोगाड भएन । साथमा भएको सकिएको थियो । फर्किनेसँग माग्नुको
विकल्प थिएन । ठाडो उकालाले शीतल गिरीलाई ज्यादा सकस दिएको भएर ठाउँठाउँमा ‘मुभ’ले मालिस गर्दै हिँड्दै गरँे
। मैले शीतल गिरीको ब्याग र मेरो हिमा पौडेलले बोकेर हिँड्नुप¥यो ।
खानेकुरा भएको मेरो
ब्यागभन्दा शीतल गिरीको ब्याग गह्रौँ लागेर के रहेछ भनेर हेरियो पनि । किताब, किताबको डमी र तीनओटा डायरी थिए । यत्रो भारी
किन ? भन्ने प्रश्न उठ्यो ।
हामी उकालो हिँड्न सक्ने जति
उकालो लाग्यौँ । अलि नसक्ने बढी पाका जति पछि परे । विमल अर्याल, डिल्लीराज अर्याल, शीतल गिरी र घनश्याम प्रसाईं पछाडि थिए ।
बाटामा विमल अर्याललाई अलि गारो पनि भएछ । हामी निकै माथि पुगेर पर्खेर बस्यौँ ।
तलबाट कुनै सङ्केत आएन । फर्किनेहरूले हामीलाई फर्किने सल्लाह दिन थालेका थिए ।
लगभग दिउँसोको तीन बजेको समय भइसकेको थियो । हामी शिवपुरी पिक पुगेर फर्किने कुरा
उनीहरूलाई विश्वास लागेको थिएन । गर्मीका लागि मगाइएको पानी र दही बोक्ने समूह
बागद्वार जाने सहज बाटो हिँडिसकेका रहेछन् । उनीहरू त्यतै रमाएर फर्किएछन् । हामी
भने शिवपुरी बाबाको तपस्या स्थलमा पुगेर मात्र फर्किने भनेर एकोहोरो उकालो
उक्लिरह्यौँ ।
हामी हाम्रो लक्ष्यलाई कुनै
रूपमा पनि चुक्न दिने थिएनौँ । त्यही भएर फर्कनु राम्रो भन्नेहरूको भनाइलाई वास्ता
नगरी हिँडिरह्यौँ हिँडिरह्यौँ । धेरै माथिको कामुधेनु शिलालाई दाहिने पारेर अझ
ठाडो उकालो उक्लिएर शिवपुरी बाबाको तपस्या स्थल पुग्दा साढे तीन बजेको थियो । भोक
र तिर्खाले सताइएका हामी त्यहाँ पुग्दा एउटा समूह फर्कने तरखरमा लागेको थियो ।
त्यस समूहसँग विदेशी गौराङ्ग महिलापुरुषहरू पनि थिए । हाम्रो समूहमा भएका
यात्रीहरूले उनीहरूसँग फोटा खिच्ने कार्य गरे । हामीले त्यहीँ चुलीको चउरमा बसेर
खाजा खाने योजना बनायौँ । पानीको अभावका बिच पनि दही चिउरा, बदाम, पुरी, परौठा आदि खान थाल्यौँ । शीतल गिरी, डिल्लीराज अर्याल, घनश्याम प्रसाईं र विमल अर्याल अलिपछि थिए, आए । उनीहरूसँग पनि पानी सकिएको रहेछ । दहीलाई
नै पानी बनाइयो । चिउरा मुस्ने पनि त्यही थियो । घनश्याम प्रसाईंले आमाको दुःख
बोकेकाले आफ्ना लागि चोखोनितो भनेर आफैँले बोकेका फलफूल खाए । तल बागद्वारमा
पुगेपछि मात्र पानी पिउन पाइने भयो । आउने जानेहरूलाई बागद्वार कति टाढा छ भनेर
सोध्दा आधा घण्टा लाग्छ भन्ने जवाफ पाइन्थ्यो । गङ्गा पौडेल कर्माचार्य दिदीले
लेखेको यात्रा संस्मरणको ‘आधा घण्टा’को झँै जति हिँडे पनि अब आधा घण्टा त हुने होइन भन्ने पनि
लाग्यो ।
हामी अघि आउने र पछि आउने
सबैको खानपिन उठिसकेपछि सबैलाई शिवपुरी बाबाको तपस्या गरिरहेको प्रतिमा भएको स्थानमा
भेला गराइयो । त्यतिबेलासम्म पनि कुरा के हो थाहा थिएन । नजिकै पुगेपछि भने
डिल्लीराज अर्यालको ‘टोलटोलमा राजा’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचनको योजना
बुझेर छक्क परियो । फुटकर कविता र खण्डकाव्य मात्र लेखेको पत्ता पाउने म
हास्यव्यङ्ग्यसङ्ग्रह देखेर धेरै बधाई दिन मन लाग्यो । उनले त धेरै गद्य कृतिहरू
पनि पस्किसकेका रहेछन् । मलाई पनि हास्यव्यङ्ग्यले बढी लोभ्याउँछ । हामी सबैले
एकएक ओटा पुस्तक बोकेर शिवपुरीबाबाको प्रतिमालाई साक्षी राखेर ‘टोलटोलमा राजा’ पुस्तक विमोचन गरियो ।
पुस्तकका लेखक डिल्लीराज अर्याललाई बधाई दिँदै हामी ओरालो ओर्लिन थाल्यौँ
बागद्वारतिर । शिवपुरी डाँडाबाट ओरालो झर्दा साढे पाँच बजेको थियो ।
त्यहाँबाट केही ओरालो झरेपछि
टोड्केबाबाले तपस्या गरेको स्थल विशाल रुखको टोड्को अवलोकन गरी सप्त लिङ्गेश्वरको
अवलोकन सहित हामी लुङ्दर गुम्बामा पुग्यौैँ । गुम्बामा एकजनाले भन्दै थिए– “तपाईंहरू यहाँबाट अगाडि नजानुस् । रात परिसक्यो
। यतै बास बस्नुस् । यहाँभन्दा तल जङ्गलमात्र छ बास बस्न पाइँदैन । यहाँ खाने र
बस्नेको व्यवस्था पनि छ ।”
यो कुरा हामीले सुन्दै नसुनी
लगातार अगाडि बढिरह्यौँ । हामी जसरी हुन्छ घर पुग्नैपर्दछ भन्ने इरादा थियो । सोही
अनुसार हामी हिँडिरह्यौ । जति तल झ¥यो त्यति नै रमाइलाले
अल्झाउँथ्यो । तैपनि ओरालो झर्ने साहस हामीलाई लागेको तिर्खाले बढाएको थियो ।
बागद्वारमा मनभरि पानी खान पाइने हर्कले हामी अबिरल
ओरालो झरिरह्यौँ । तल
बागद्वारको पवित्र स्थल आइपुग्यो । मरुभूमिको उँटले पानी पाउँदा पिए जसरी नै
हामीले पनि त्यहाँको पानी पियौँ । बाघको मुखबाट झरेको पानीले हामीलाई बागमतीको शिर
बागद्वार चिनाइरहेको थियो । लगभग साँझ पर्ने अवस्था थियो । जे देखे पनि फोटो
खिच्ने टोलीलाई हतारो गर्न लगायौँ । हामी बागद्वारबाट हिँड्दा छ बजिसकेको थियो ।
चैत महिनाको याम यति चाँडै अँध्यारो भइहाल्दैन भन्दै हामी हतारिएर ओरालो लाग्यौँ ।
त्यहाँबाट लगभग तीन घन्टाको बाटो हामीले आँट ग¥यौँ हिँड्न । अलि अगाडि
आएपछि घनश्याम प्रसाईंले बोक्नुभएको मेवा खाने योजना बन्यो । सम्म परेको स्थानमा
एकैछिन रोकिएर हामीले मिठो मेवा खायौँ । सूर्यको किरण हराइसकेको थियो । हामी
त्यहाँबाट कतै नअलमलिई अलिअलि उकालो उक्लँदै हेलीप्याड पुग्यौँ । त्यहाँ अघिपछि
हुने सबै भेला हँुदा एकैछिन अलमलियौँ । अब भने त्यहाँ डर र अभरको कुरा निस्कन
थाल्यो । अघि गुम्बामा बस्नु भनेको नबसेको गला लाग्ने पो हो कि भन्ने लाग्यो ।
तैपनि छिटोछिटो पाइला चाले
अनि सबै एकै समूह बनेर हिँडे कुनै अप्ठ्यारो नपर्ने भन्दै हिँडियो । अलि ओरालो
लाग्दै हामी सडकमा पुग्यौँ । त्यहाँ पुग्दा झमक्कै साँझ परिसकेको थियो । अलमल
गर्नै नहुने अवस्था आइसकेको थियो । मैले पछाडिबाट उर्दी फिराएँ, “कोही पनि धेरै अगाडि र कोही धेरै पछाडि भएर
हिँड्नुहुन्न है । यस्तो घनघोर जङ्गलमा कुनै विपत् आउन सक्छ ।” टोली नेता शीतल गिरीले पनि सोही कुरा थपे । बाघ
लाग्ने जङ्गल अँध्याराले छोपिसकेको छ । कसैको मुखबाट कुनै प्रतिवाद नआई सरासर
अगाडि लागियो । मैले त्यही बाटामा एउटा गतिलो लौरो भेटेर बोकेको थिएँ । सबैका
हातमा मोबाइलका टर्च बलेका थिए । बाटो अलि फराकिलो भएर होला सजिलै भएको थियो ।
पछाडि केही खस्याकखुसुक आवाज
सुनेँ । जङ्गलको अँध्यारो केही देखिँदैन । मोबाइलको उज्यालो धेरै पर पनि पुग्दैन ।
मन ढुकढुक भयो । कसैलाई केही भनिनँ । ओरालो बाटो भए पनि हिलो र चिप्लो थिएन ।
ठाउँठाउँमा पानीका ससाना खोल्साहरू भने आउँथे । त्यस्तै खोल्सो तर्ने बेलामा
ढुङ्गामा चिप्लेर लड्लान् कि भनेर नसक्नेलाई तार्दै थिएँ, पछाडिबाट एक्कासि स्याँस्याँ गरेको आवाज आयो ।
फर्केर हेर्ने अवस्था पनि थिएन । खोल्सो तरेर हेरेँ । अघि हामीलाई गुम्बामा म पनि चिसापानी जानुपर्ने
छ भन्ने मान्छे पो रहेछन् । मेरो त सातो नै झन्डै गएको ।
“यति राती कसरी हिँड्नहुन्छ ? हातमा उज्यालो पनि छैन ? कहाँसम्म जाने ? के गर्नुहुन्छ
?” मैले प्रश्नमाथि प्रश्न गरेँ । उनी भरिया
रहेछन् । गुम्बामा भारी पु¥याएर आएका ।
“गाउँतिरको भारी भए रित्तै
फर्कनुपर्ने थिएन, तरकारीको भारी पाइन्थ्यो ।
गुम्बाको भएर रित्तै भइयो ।” उनले भने । “हामी त यसरी नै हिँड्ने हो । रात दिन केही फरक पर्दैन ।
केहीको डर पनि लाग्दैन ।”
तामाङ थरका रमाइला मान्छे
रहेछन् । घरपरिवारको सबै कुरा बताउन भ्याए । दुःख लाग्दो कहानी रहेछ । त्यताबाट
नुवाकोटतिर भारी लाने रहेछन् । उनको छुट्टिने बाटो आएको भएर उनी चिसापानीतिर लागे
। हामी भने ओरालो झ¥याँै । मनमा डर र अभरको दुखाइ
परेपछि शरीरको दुखाइको अनुभव हुँदो रहेनछ । गोडा दुखेर हातले टेकेर हिँड्न मिल्ने
भए हिँड्थेँ भन्ने मलाई त्यतिखेर दुखाइको अनुभव नै भएन । हामी ८ः १५ बजेतिर
शिवपुरी प्रवेशद्वारमा पुगेका थियौँ । प्रवेशद्वारमा सेन्ट्री बसेका सैनिक पनि
छक्क परे । उनीहरूले हाम्रो इन्ट्री गराए । त्यहाँ आइसकेपछि भने हिँड्नै नसक्ने
भइसकेको थिएँ म । कसलाई भनुँ । हाँसो पो गर्ने हुन् कि भन्ने लाग्यो । शशी थापा पण्डितले प्रवेश द्वारमा स्कुटर
ल्याएकी रहिछन् बिहान आउँदा । उनले सबैभन्दा वृद्ध डिल्लीराज अर्याललाई चढ्न
अनुरोध गरिन् । बुढानिलकण्ठसम्म पु¥याइदिन्छु भन्दै । उनले
मानेनन् । शीतल गिरीले पनि इन्कार गरे । मैले गाडीको बन्दोबस्त गर्दै गर्ने भनेर
उनीसँगै जाने प्रस्ताव राखेँ । सबैले सहमति जनाए । मलाई भने ‘के खोज्छस् कानो आँखो’ भनेझैँ भयो । त्यहाँबाट
ओरालो हिँड्नुपरेको भए मेरो के हालत हुँथ्यो होला । ‘अरूको इन्कारी, मलाई भने घरबारी’ भनेझैँ भयो । म त्यहीँ बुढानीलकण्ठ चोकमा बसेँ
साथी पर्खिएर शशी थापा भने आफ्नै गन्तव्यतिर हुइँकिइन् ।
०००