मुक्तक
पाँच मुक्तक
१.
भाका लय छ तर
यहाँ गीत छैन
नाता सम्बन्ध
भए पनि प्रीत छैन
शत्रुता रही
रहे सधैँभरिलाई
यो कायम हुनु
कसैको हित छैन
२.
बिझाउँने गरी
कसैलाई घोच्नु हुँदैन
मनको वेदना
जहाँतहीँ पोख्नु हुँदैन
दुःख, पीडा पर्छ
कहिलेकाँही जीवनमा
भित्रै हुन्छ
समाधान अन्त खोज्नु हुँदैन
३.
ब्रह्मा, विष्णु, अल्लाह, येशु र बुद्ध
सबै एउटै हुन
किन गर्नु युद्ध
मानवता हो
सबभन्दा ठुलो कुरा
यो सिवाय अरु
केही छैन शुद्ध
४.
उदाउँदो र
अस्ताउँदो छ यो जिन्दगानी
हेर्दैन
बैँसले कहिल्यै नाफा र नोक्सानी
तहस नहस
पार्दछ धैर्यता नराखे
बाढीको
उर्लिदो भेल रहेछ यो जवानी
५.
सुसेलीको
इसाराले बोलाउँ भने माया ला’को छैन
देखे बुझे नि
भौतिक रुपमा भेटघाट भा’को छैन
पर्दाभित्र
रहेको छ यसको यथार्थ कुरा हजुर
भित्र जति
छटपटी पीडा भए नि बाहिर आ’को छैन
- विराटनगर
-१९