गजल
लीलाराज दाहाल
दुई गजल
एक
अचेल यो रोगी समयले चीत्कार गर्दैछ
फूलले नि आज काँडालाई बलत्कार गर्दैछ !
उनलाई भेटुँ भेटुँ लाग्न छोड्यो अचेल त
अब भने यो औषधिले चमत्कार गर्दैछ !
कसरी होला बाँच्ने अब ? सोच्दैछु म अझै
पुलिस अचेल चोर डाकालाई नमस्कार गर्दैछ !
अभाव र महङ्गीको हो अँध्यारो शासन यो
साधुले झन् इमान्दारलाई दुत्कार गर्दैछ !
दुई
तिम्रो मेरो वार्तालापले केही हुन सक्छ
कि त उसकै औँठाछापले केही हुन सक्छ !
समय मिलेको छ, सावधान
हुनलाई
चोरहरूको हानाथापले केही हुन सक्छ !
मुस्कानको छ रक्तचाप नसा नसाभित्र
खुसी भन्दा सन्तापले केही हुन सक्छ !
लिएको छ आफ्नाले कस्को चिन्ता यहाँ
पराइकै फलिफापले केही हुन सक्छ !
– वागमती –११, कर्मैया, सर्लाही