नेपाली भाषाको वर्णविन्यास परिवर्तन
गर्ने भनी तत्कालीन शिक्षा मन्त्री दिनानाथ शर्माले गरेको निर्णय सबोच्च अदालतले
उल्ट्याएको छ । सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सपना प्रधान मल्लको
संयुक्त इजलासले शिक्षा मन्त्रालयका तत्कालीन सचिव किशोर थापाले शिक्षा मन्त्री दिनानाथ
शर्मासमक्ष २०६९ साउन १७ मा पेस गरी २२ गते स्वीकृत गरेको सम्पादन तथा प्रकाशन
शैली पुस्तिकाको वर्णविन्याससम्बन्धी गरेको निर्णय बदर गरेको हो । सर्वोच्च
अदालतले आदेशका भरमा वर्णविन्यास र व्याकरण परिवर्तन गर्न नहुने फैसलासमेत गरेको देखिन्छ । वर्णविन्यास
परिवर्तन गर्ने भनी शिक्ष मन्त्रीले गरेको निणयको विरुद्धमा भाषा साहित्यमा लागेका
विज्ञहरू आन्दोलित भएका थिए । नेपाली भाषाका अभियन्ता बलदेव शर्मा अधिकारी, लालानाथ सुवेदी, महेश्वर न्यौपाने, पत्रकार एवम् कवि प्रतिरोध कार्की (टपेन्द्रबहादुर कार्की)
र अधिवक्ता स्वागत नेपालले रिट दर्ता गरेका थिए । रिट निवेदनमा प्रधानमन्त्री तथा
मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, शिक्षा सचिव, पाठ्यक्रम विकास केन्द्र, तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा, त्रिभुवन विश्वविद्यालय, त्रिवि उपकुलपति लगायतलाई विपक्षी बनाइएको थियो ।
आन्दोलनकै क्रममा पत्रकार प्रतिरोध कार्की (टपेन्द्र
कार्की) र स्वागत नेपालले उक्त निणर्य विरुद्ध मुद्दा दर्ता गरेका हुन् । पत्रकार
प्रतिरोध काकीले रिट दर्ता गर्नु पूर्व वर्णविन्यास परिवर्तन गर्ने निणर्य गर्ने
निकाय विरुद्ध प्रेस विज्ञप्ति निकाल्न साहित्यिक पत्रकारहरू र नेपाली भाषा र
साहित्यको उन्नयनमा क्रियाशील साहित्यिक पत्रिका र प्रतिष्ठानलाई अनुरोध गरेका थिए
। वर्णविन्यास परिवर्तन गर्ने निणयको विरुद्धमा अन्तर्बोध साहित्यिक पत्रिका लगायत
केही पत्रिकाले विरोध जनाएका भए पनि अन्य पत्रिका एवम् साहित्यिक प्रतिष्ठानहरू
तटस्थ रहे । अन्तर्बोध र अन्य पत्रिकाहरूले विरोध गरिएको विज्ञप्ति रिटमा संलग्न
राखी रिट निवेदक प्रतिरोध कार्कीले सार्वोच्च अदालतमा बुझाएका थिए । रिट निवेदन
दिने बेलामा वर्णविन्यास परिवर्तन गर्ने निणर्य विरुद्ध विरोध जनाउन आनाकानी गर्ने
व्यक्ति एवम् संघसंस्था रिट निवेदकको पक्षमा फौसला आएपछि समर्थन जनाउनु पनि
सकारात्मक पक्ष हो । नेपाली भाषाको वर्याविन्यास, व्याकरण समयानुकूल, सकारात्मक रुपमा र सबैलाई मान्य हुनेगरी परिवर्तन
गर्नुपर्दछ भन्दै २०८१ सालको बडादसैँ, शुभ–दीपावली, छट पर्व एवम् नेपाल संवत्को उपलक्ष्यमा समस्त लेखक, पाठक, विज्ञापनदाता एवम् नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना
व्यक्त गर्दछौं ।