“अन्तर”मा घोत्लिदा
रमेश सायन नेपाली साहित्यको बुहविधाका शिल्पी हुन् । कवितामा उनी बिम्ब भर्दै प्रेमप्रणयदेखि
वर्ग चेतनासम्म पोखिने उनी निबन्ध लेखनमा कन्फेसन शैलीमा समाजका तल्लो तप्काको मर्म
उघिन्दै माथिल्लो वर्गको चरित्र व्यङ्ग्यको पुट भर्छन् । ‘भागेर भूगोलभरि’ २०७१ कवितासङ्ग्रहबाट चर्चित
बनेका उनको पद्मश्री साहित्य पुरस्कार २०७५ प्राप्त, ‘छुटेका अनुहार’ वेस्ट सेलर गैरआख्यान हो । अन्तर’ उनको पहिलो उपन्यास हो
। म आज यसै पुस्तकको छोटो चर्चा गर्न गइरहेको छु । यो पुस्तक साहित्यकार रामबाबु दाहालज्यूले
पढ्न दिनुभएको हो ।
यस उपन्यासको कथाको पात्र ‘शब्द’ हुन् । प्रमुख भूमिका उनैको देखापर्छ । यो कथा शब्दले नै सुनाएर रमेशजीले तीन वर्ष
लगाएर लेखेको कुरा कथा परिको शीर्षकबाट छ्याङ्ग हुन्छ । कथाको किनारा पहिलो पेजमा छ
। खपडाको छानो भएको काठको सानो घरबाट प्रत्येक
बिहान आफूजस्तै बुढो साइकल लिएर बाहिरिन्छन् । हुलाकका कर्मचारी हुन् यिनी,
चिठी वितरण गर्ने । यस पुस्तकभित्र
तेइस वटा शीर्षकहरू छन् । पहिलो ‘ऐना’ हो, अन्तिमको ‘जित’ रहेको छ । पेज नं. २०७
मा रहेको ‘अन्तर’ शीर्षकको कथा पढ्न पाइन्छ,
यसैको नामबाट ‘अन्तर’ नामकरण गरी यो उपन्यासको
जन्म भएको छ । यो उपन्यासका लेखकले आफू नै अन्तर भएर कल्पनाको उडान भरेको पाइन्छ ।
भाषा सरल छ, पढ्दै जाँदा कौतुहलता जाग्दछ । प्रेमिल छ, रोमान्टिक छ, गाउँघरदेखि शहरसम्म यसभित्रका पात्रहरू पुगी आ–आफ्ना भूमिका निर्वाह
गरी उत्कृष्ट उपन्यास जन्म भएको मेरो पनि ठहर छ ।
पेज पाँचमा ‘ऐना’ शीर्षकको कहानी पढ्न पाइन्छ । गोमा दिदी बिहेपछि लोग्ने छोडेर माइतै बसेको प्रसङ्ग
छ । दोस्रो शीर्षक ‘पत्र’ रहेको छ, विद्यार्थी जीवनमा केटा र केटीको प्रेमपत्रको प्रसङ्ग छ, रमनले अम्बिकालाई रगतको अक्षरले
चिठी लेखेको प्रसङ्ग रोचक र घोचक छ । तेस्रोमा ‘मेला’ शीर्षक रहेको छ । वागमतीको किनारमा
मङ्सिर महिनामा लागेको मेलामा शब्द र अनुजा पनि गएर जेरी खाएर रमाइलो गरेको,
रमनलाई पुलिसले समातेको प्रसङ्ग
छ । चौथो नम्बरमा ‘अन्तिम सिट’ पढ्न पाइन्छ । शब्द र अनुजा बरहथवा भन्ने ठाउँमा गएर सिनेमा
हेरेको, ऐना फुटेको प्रसङ्ग छ
।
पेज उनन्चालिसमा ‘मेलामा रमन’ शीर्षक रहेको छ । डाइस खेलमा झगडा हुँदा रमनको हातमा खुकुरी
भेटेपछि प्रहरीले पव्रmेर लगेको प्रसङ्ग छ । पेज सत्चालिसमा ‘खट्टमिठ्ठी’ शीर्षकको कथामा अनुजाले आँपको
खट्टमिठ्ठी स्कुल लगेको प्रसङ्ग छ । पेज चौसठ्ठीमा ‘पानी’ शीर्षकको कहानी छ । बुढी दहमा
नाङ्गै पौडी खेलेको, दुई जनाले अङ्कमाल गरेर आनन्द लिएको छ । पेज त्रिहत्तरमा ‘निम्चुस’ शीर्षक रहेको छ । एक
रूपैयाको सोह्रवटा निम्चुस किनी साथीलाई पनि खान दिएको, धेरै गुलियो खाएर भातको स्वाद बिग्रेको प्रसङ्ग छ ।
पेज असीमा ‘उल्टो’ यसमा लुगा फुकाएर नाङ्गै
बसेर आफैँले आफैँलाई खेलाएर उत्तेजित पारेको प्रसङ्ग छ । पेज बयासी ‘बिरामी’ शीर्षकमा अमनको एपेण्डिक्सको
अप्रेशन गरेको प्रसङ्ग छ । साथै शब्दले अमनसँग, अमनले स्वस्थानीसँग प्रेम गरेको देखाएको छ । पेज सन्तानब्बे
‘परीक्षा’ शीर्षकमा एस.एल.सी. सकियो
। बालाई साइन्स पढाउने इच्छा छ, शब्दले दारी काटेर अनौठो देखिएको, रिजल्टमा कोही पास कोही फेल भएको, अमन र शब्दसँगै सुतेको, अमनको स्पर्शले आनन्द मानेको प्रसङ्ग छ । पेज ११७ मा
शब्द काठमाडौँको नाइट चढेको, उच्च शिक्षा लिन बाबुछोरा भुवनको डेरामा पुगेको, पन्ध्र दिनपछि कलेज लागेको । तेह्र नम्बरको शीर्षकमा
‘कलेज’ रहेको छ । भुवन दाइले
नाम लेखाइ दिएर गाडी चढ्ने र ओर्लिने ठाउँ देखाएको, चितवनका बलदेवसँग परिचय भएको, मःम खाएपछि राति पखाला चलेको
प्रसङ्ग छ ।
चौध नम्बरमा ‘ठमेल’ शीर्षक रहेको छ । शिखरले गाजा तान्न सिकाएको, शिखर फेल भए, शब्दले टप गरे, बलदेवले केटीसँग मोलतोल गरी होटल गए, शब्दले सम्भोग नगरी पाँच सय तिरेको
रोचक प्रसङ्ग छ । पन्ध्र नम्बरको ‘धुवाँ’ शीर्षक छ । वि.वि.एस.को तेस्रो वर्ष थियो, वीरगञ्जमा शिखरको बिहा भयो । शब्द भन्दछन्,
“मैले कहिल्यै भोग्न नसकेको खुशी
साथीहरूले भोगेको देख्दा ईष्र्या लाग्यो” शब्दको गाजामा लत लागेको छ ।
ध्यान गर्न थालेको प्रसङ्ग छ । सोह्र नम्बरमा ‘बन्द’ शीर्षक रहेको छ । शब्द घर गएपछि
गाजाको लत थाहा भयो, शब्दलाई साथीले ‘छक्का’ भनेपछि उसको मुटु दुखेको प्रसङ्ग छ । सत्र नम्बरमा ‘अर्को बाटो’ शीर्षक छ । गाजा खान छाडेको,
एम.वि.एस. को कक्षा सुरु भएको,
टियुमा खाना नखाँदा कमजोर भए,
आत्महत्याको विचार आएको,
चागुनारायण पुगेर मन चङ्गा भएको,
स्वामी तेजको प्रवचन सुने,
हेलम्बु ध्यान गर्न गएको प्रसङ्ग
छ । अठार नम्बर शीर्षक ‘रङ’ रहेको छ । अमनले शब्दलाई भने अनुजा सहिद भएको, स्वस्थानीको विवाह भएको, रमन जेलमुक्त भएर मलेसिया गएको समेत प्रसङ्ग छ ।
उन्नाइस नम्बरको ‘भेट’ शीर्षक पढ्न पाइन्छ, शब्द नियमित विश्वविद्यालय गए जीवन बदलियो, माइती घरमा शब्द र अम्बिकाको भेट भयो । यी दुवै बालसखा
थिए । कीर्तिपुर पढ्थे, यस्तै प्रसङ्ग छ । बिस नम्बरमा ‘जन्मदिन’ शीर्षक रहेको छ । अम्बिकाको जन्मदिनको निम्ता शब्दले पाए जन्मदिन
मनाएको प्रसङ्ग छ । एकाइस नम्बरमा ‘अन्तर’ शीर्षक पढ्न पाइन्छ । मुख्य भाग यही हो । अम्बिकाको सङ्गतले शब्दको मन बलियो हुँदै
गयो । बाको ढिपीमा केटी हेर्न वीरगञ्ज गएको रिमालाई हेर्न, टुङ्गो नहुँदा वा घर गएको शब्द काठमाडौँ गएको प्रसङ्ग
छ । बाइस नम्बरमा ‘आँट’ शीर्षक रहेको छ । अमनसँग वीरगञ्जमा भेट भएको, शब्द समलिङ्गी भएको कुरा बालाई चिठी लेखेर पठाएको ।
म विवाह गर्न सक्तिन भन्ने आशयको छ ।
तेइस नम्बरमा ‘जित’ शीर्षक रहेको छ । उपन्यासको निष्कर्षमा पुग्ने अवस्था आएको छ । अम्बिकाले ‘छक्का’ शब्द उच्चारण गर्दा शब्दको
गिदी घोच्यो यस्तो प्रसङ्ग छ । शब्दले विश्वविद्यालयको परीक्षा टप गरेपछि नेपाल बैंकको
अधिकृतमा नाम निकालेको, आमा खुशी हुनुभएको, बा दुब्लाएको, दीक्षान्तमा शब्दले बाआमालाई बोलाएको, आमा मात्र गएको, शब्दले दीक्षान्तमा भाषण गरे, म एक समलिङ्गी पुरुष हुँ भन्दा सबै उपस्थित मानिस छक्क
परे, आमाले भनिन् तँ,
जे भए पनि हुन्छ मलाई,
शब्द मञ्चबाट ओर्लेर सरासर आमा
भए ठाउँ पुगे, आमालाई अङ्गालोमा हाले, आफ्नो शिरको टोपी आमालाई लगाइदिए, आमाले स्विकारी डेरा आएर खिर खाएको प्रसङ्ग छ । शब्दले गर्भले
भने म एक समलिङ्गी पुरुष हुँ । यसरी नै यो ‘अन्तर’ उपन्यास सकिएको छ । लेखकलाई धन्यवाद
छ ।
यस पुस्तक भित्र केही कमीकमजोरी अवश्य होलान् म त्यतापट्टि लागिन । विषयसूची,
शीर्षक अनुसारको भएको भए पाठकलाई
कुन शीर्षक कहाँ छ हेर्न सजिलो हुन्थ्यो कि, लेखकको ठेगाना थाहा पाउने गरी बाहिरी आवरणमा हुँदा राम्रो
हुन्थ्यो, यो पुस्तकको बाहिरी आवरण
राम्रो छ, भिन्न स्वादको पुस्तक
रहेको छ । पढ्नै पर्ने अन्तर’ उपन्यास रहेको ठहर मैले गरेको छु ।
उपन्यासकार रमेश सायनको जन्म ठानागाउँ उदयपुर जिल्ला रहेको छ । कर्मक्षेत्र पथरी
मोरङ, उनी थुप्रै संघसंस्थामा
आबद्ध रही मानसम्मान, पुरस्कार पनि पाइसक्नुभएको छ । लेखकले आफूलाई तेस्रोलिङ्गीका रूपमा अरुभन्दा अन्तर
अवस्थाको रहेको मनोविज्ञानमा आधारित, कल्पनाको उडान भर्दै यो कृति आएको छ । मूल्य रु. पाँच सय पचपन्न
रहेको छ । प्रकाशक बुकहिल पब्लिकेशन प्रा.लि. काठमाडौँ रहेको छ । यो पुस्तक विराटनगरको
पुस्तक पसलमा उपलब्ध रहको छ । छोटो चर्चा यही अन्त्य गर्दछु । जय साहित्य ।