कविता
वन जंगल
जोगाउनुपर्छ हामीले देशको
वनजंगल ।
वनजंगल जोगाएमा हुन्छ हाम्रै
मंगल ।।
वनजंगलबाटै मिल्छ हामीलाई
अक्सिजन ।
अक्सिजन चाहिन्छ हामीलाई
बचाउन जीवन ।।
वनजंगलमै पाउँछौं हामी अनेक
जडीबुटी ।
यसैबाट बन्छन् धेरै
आयुर्वेदिक औषधि ।।
वनजंगल नै हुन् हाम्रा
पानीको मूल स्रोत ।
देश समृद्ध बनाउने हाम्रा
जलस्रोत ।।
वनजंगल नै जीवजन्तुको हुन्छ
वासस्थान ।
वन विनाशले वासस्थानको पार्छ
निमिट्यान ।।
वन विनाशले हुन्छ जमिन मरुभूमिकरण
।
वन संरक्षणबाट हुन्छ विपद्
न्युनीकरण ।।
घाँसपात, काठ, दाउरा बनबाट नै पाइन्छ ।
यसको लागि वैज्ञानिक वन
व्यवस्थापन चाहिन्छ ।।
वनजंगलको गर्नुहुन्न जथाभावी
फँडानी ।
वनजंगलमै निर्भर गर्छ हाम्रो
जिन्दगानी ।।
वनजंगलको संरक्षणमा सबै
लाग्नुपर्छ
देशलाई सुन्दर हरियाली बनाइ
राख्नुपर्छ ।।
वन जोगाउने अभियान नै
चलाउनुपर्छ ।
विरुवा रोप्ने मात्र होइन
हुर्काउनु नि पर्छ ।।
वनजंगलको विनाशले ठुलो क्षति
हुन्छ ।
वनजंगल जोगाएमात्र देश
समृद्ध बन्छ ।।
– गट्ठाघर–२, भक्तपुर