कविता
लोकेन्द्र रावल
फूल
तिमी फूल हौ सुगन्धकी रानी
तर छुनलाई होइन
तिमीलाई छुँदा
मयल लाग्न सक्छ
सुन्दर फूललाई हेर्न दृष्टि छन्
सुन्दरता, भोग भोगाइमा होइन दृष्यमा छ
मेरा निर्मिमेश नयनहरूबाट नै
तिमी स्वयम् मलाई आनन्दित छौ
हे चन्द्रमुखी
तिमी कहिल्यै ज्वालामुखी नबन है
मलाई तिम्रो रौद्र होइन शान्त स्वरुप मन पर्छ
राग, आवेश, द्वन्द्व मेरो मन पर्ने स्वाभाव होइन
हे मृग नयनी
तिमी शीतल हुनुपर्छ
जगत् तापक्रमबाट उन्माद छ
मानव तनाव, पीडाबाट गुज्रिएको छ
तिम्रो शीतलताको आभाबाट मात्र
पुरुष ....
तिमी जल, मैले पिएर प्यास मेटाउनुपर्छ भन्दिन
चाहाना र रहरको पछाडि लाग्दा
म प्रेसरमा हुन्छु
म मात्र होइन मेरो रगतको गति पनि
बढ्दैछ दिनदिनै
त्यसर्थ ए ! फूलरानी
आवश्यता पूरा गर्नु मेरो अधिकार र दायित्व हो
स्वस्थ रहन पाउनु पनि अधिकार हो