गजल
विश्व सिग्देल
गजल
तिम्रो नाम बुनेको छातीमा वर्षाैं भयो
यो कथा उनेको छातीमा वर्षाैं भयो
वसन्तमा न हावा न शिशिरमा तुसारो
ढुकढुकी सुनेको छातीमा वर्षाैं भयो
आउँछ्यौ घाम लिएर जान्छ्यौ जुन छोडी
झ्यालढोका थुनेको छातीमा वर्षाैं भयो
मायाले दुखाउँछ थाहा थियो थाहा छ
प्रतीक्षा चुनेको छातीमा वर्षाैं भयो