कविता
बन्दना पौडेल
असार
असारको दहीचिउरा, साउनमा खिर
बाँचुन्जेल हाँसौँ नाचौँ, नगरौँ है पिर
हरेक जनका जीवनले, अन्तै बाटो मोडे पनि
जसले जे नै भने पनि बाँच्न सिक धीर
धीरताको क्षमताले तिम्लाई माथि उठाउने छ
त्यही अडिकपनाले नै हुने नै छौ वीर
असल मार्ग र सत्य बोली मिठो वचन भएपछि
कहिल्यै पनि त्यस कर्मले झुक्ने छैन शिर
आफ्नो स्वार्थ त्यागी दुःखी जनको सेवा ग¥यो भने
तिमी मरी गए पनि हुने नै छौ वीर
बाँच्ने कति आज भोलि कसलाई के थाहा छ र
बाँचुन्जेल रम्न सिकौँ नगरौँ है पिर