लघुकथा
काेसी
हिमालयको कोखबाट कोसी नदीको
उत्पन्न भयो । सानो मूलबाट उत्पन्न भएको नदीमा उमङ्ग–उत्साह अत्यन्तै थियो ।
नदीले बाँझो जमिन भिजाएर मान्छेको जिन्दगी कायापलट गर्ने चाहना ग¥यो । अगि बढ्दै गयो । अरुण
र तमोर नदी मिसिएर साथ दिए । यसले हौसला अझै दुई गुणा बढ्यो । फेरि अगि बढ्दै
जाँदा सुनकोसी र भोटेकोसीले साथ दिए । बाँझो जमिन मात्र किन, अब त बिजुली निकालेर बस्ती
उज्यालो पार्ने चाहना ग¥यो ।
झन्झन् अगि बढ्दै जाँदा लिखु, तामाकोसी
र इन्द्रावतीले साथ दिए । ओहो ! त्यसपछि यो नदीलाई हेरेर मान्छेले “चीनको ह्वाङ्गो नदीपछि
तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठुलो नदी” भन्न थाले । कसैले सप्तकोसीको नाम दिए । भारततिर विहारको दुःख
भनेर पनि भने ।
सप्तकोसीमा अदम्य साहस
भरिएको थियो । उसले हाइड्रोजन निकालेर नेपालीको जीवनस्तर विश्वमै उत्कृष्ट स्थानमा
उकास्ने ईच्छा ग¥यो । अगि
बढ्दै गयो ।
अचानक कोसी ब्यारेकको ढोकामा ठोक्कियो । चालिस वटा मात्र ढोका खुलेका थिए, सबै पानी पास हुन सकेन ।
नदीले हुंकार गर्दै भन्योः “ओई कोसी
ब्यारेज, बाटो
छोड् ! नछोडे तँलाई नै बगाइदिउँला !” यो सुनेर आँखा चिम्लेर ध्यान गरे जसरी बसिरहेको ब्यारेज रिसायो ।
उसले तुरुन्तै छपन्न वटा ढोकामध्ये चालिस वटा बन्द गरेर सोह्र वटा मात्रै खोल्दै
कड्कियो ।
“सक्छस् भने बगाएर देखा !”
कोसीले
पूर्ण रूपमा अगाडि बढ्न सकेन । ऊ जताबाट गएको थियो त्यतै फर्किन विवश भयो । बहाव
चर्को भएकोले आफ्नो सिमाना नाघ्दै बस्तीतिर पस्यो । नचाहीकन गाउँतिर बहनुपर्दा उसको आँसु
झरेको थियो । जुन बस्तीलाई उज्यालो पार्ने सपना देखेको थियो, हेर्दाहेर्दै त्यही आँसुले
डुबाएर अँध्यारो पारिदियो ।
– का.म.पा –६, सिमलटार, काठमाडौँ