समीक्षा
इन्द्रकुमार श्रेष्ठ “सरित्”
लघुकथा : एक दृष्टिकोण
नेपाली साहित्यमा लघुकथाको प्रवेश भएको करिब सात दशक बितिसकेको
छ । यस अवधिमा हजारौं लघुकथा लेखिएका छन्, लघुकथाका सयौं कृति प्रकाशित भैसकेका छन्
। साँंच्चै भन्ने हो भने अब औंला भाँचेर लघुकथाका कृतिहरूको नाम भन्न र लघुकथाकारको
नाम सम्झिन त्यत्ति सजिलो छैन । पछिल्लो एक दशकयता भएको प्रविधिको विकास र प्रविधिले
विकास गरेको सामाजिक सञ्जालमा अधिकांशको पहुँचले गर्दा पनि देश विदेशबाट सामाजिक सञ्जालमा
खुलेका लघुकथा समूहहरूको सकृयताले नेपाली साहित्यमा लघुकथा लेखन, प्रत्यक्षवाचन र प्रकाशन
मार्पmत बढी भ्mयाङ्गिने मौका पाएको छ र पाइरहेको देखिन्छ ।
सामाजिक सञ्जालमा खुलेका लघुकथा समूहहरूले आफ्नो सकृयता बढाउने
क्रममा लेखनका लागि लघुकथाकारहरूलाई समय सान्दर्भिक नवीन विषयवस्तुहरू जस्तै बा,
आमा, पे्रम, नारी, बालबालिका आदि शीर्षक
दिने भएकाले पनि लघुकथा लेखनमा सकृयता आउनुका साथै लघुकथामा नवीन विषयवस्तुले पनि प्रवेश
पाएको छ । सबैभन्दा महत्वपूर्ण कुरा सामाजिक संजालमा लघुकथाकारहरूको पहुँच र प्रकाशनको
सहजताले गर्दा पनि नेपाली साहित्यमा यसरी लघुकथा भ्mयाङ्गिनुमा यी कारक
तत्व हुन्भन्दा असत्य नहोला नै । त्यसका अतिरिक्त लघुकथासँग जोडिएर स्थापना भएका विभिन्न
संघसंस्थाहरूले पनि आ–आफ्नो सकृयता मार्पmत लघुकथाको उन्नयनमा
काम गरिरहेको पाइन्छ ।
पछिल्लो समयमा नेपाली साहित्यमा नियमित वा अनियमित जुनसुकै प्रकारले प्रकाशन भैरहेका साहित्यिक पत्रिका वा दैनिक अखबारहरूले पनि लघुकथालाई स्थान दिएको देखिन्छ । संस्थागत वा निजी क्षेत्रबाट प्रकाशन भैरहेका थुपै्र पत्रपत्रिकाहरूले लघुकथा विशेषाङ्क नै प्रकाशन गरेर यस विधालाई मौलाउन मलजल प्रदान गरिरहेको पाइन्छ । जसरी फुटकर रुपमा लघुकथाको लेखन र प्रकाशन भैरहेको छ त्यही अनुपातमा लघुकथाको कृति पनि प्रकाशन भैरहेको पाइन्छ । तर सामाजिक संजालमा होस् वा पत्रपत्रिकामा छापिएका नै किन नहोउन्, लघुकथा शीर्षक दिइएको सबै रचना लघुकथा भएका छन् त ? तिनलाई लघुकथा मान्न सकिन्छ ? अब लेखनसँगै यो विषयमा स्वस्थ र स्वच्छ वहस पो चलाउने हो कि ? किनभने लघुकथाको नाममा मुक्तक, चुटकिला, सूत्रकथा, ट्विटर कथा कसैले लेख्छ भने यो लघुकथा भयो वा भएन भनेर प्रश्न उठाउने जिम्मेवारी कसको हो ? पक्कै पनि सर्वप्रथम त सर्जक नै आफ्नो सिर्जनाप्रति सजग र जिम्मेवार हुनुपर्दछ । सिर्जना अघि उसले विधागत संरचनाका बारेमा जानकारी प्राप्तगरेकै हुनुपर्दछ । विधागत सचेततालाई आत्मसातन गरी लेखिएको रचना र गरिएको सिर्जना अनाडी चित्रकारको किरिङमिरिङ चित्रकारिताजस्तो मात्र नहोला त ?
लघुकथा लेखनको सन्दर्भमा अहिले सामाजिक संजालका विभिन्न समूह र व्यक्तिगत तर्पmबाट पनि प्रशिक्षण दिने कार्य भैरहेको देखिन्छ । लघुकथाको सन्दर्भमा लघुकथाको सिद्धान्तका बारेमा समीक्षक एवम् समालोचकहरूबाट लेखिएका लेखहरूको प्रकाशन भएको पाइन्छ भने ती समीक्षा वा समालोचनाले नयाँ वा स्थापित लघुकथा सर्जकहरूलाई केही न केही त मार्गदर्शन गरेकै हुनुपर्छ । अध्ययन पनि नगर्ने, विधागत चेतनालाई पनि आत्मसात नगर्ने केवल ‘लघुकथा’ लेखेर प्रकाशन गर्न हतार मात्रै गरेर नेपाली लघुकथा साहित्यको स्तर हामीले सोचेको र चाहेको ठाउँमा पुग्ला त ?
हुन त नेपाली साहित्यमा नयाँ वा पुराना यथेष्ठ लघुकथाकारहरू देखापरिरहेको बेलामा लघुकथा कसरी लेख्ने ? लघुकथा कस्तो रचनालाई भनिन्छ ? लघुकथा लेखनमा के के कुराको आवश्यकता छ र के के कुरा वर्जित छ भनेर सिकाउने गुरुहरू पनि प्रशस्तै देखा नपरेका हैनन् ? गुरुहरू देखा पर्नु नराम्रो हैन बरु हामीले गुरुहरूको कुरा सुन्नुपर्छ, मनमा गुन्नुपर्छ र लेखनमा आफ्नो बाटो आपैmँले तयगर्नुपर्छ । किनभने विद्यालय, उच्चविद्यालय र महाविद्यालयहरूमा पनि गुरुहरूले नै अध्यापन, प्राध्यापन गर्छन् र उनीहरूबाटै सिकेर हामीले आफ्नो जीवनलाई स्वतन्त्र ढङ्गले अघि बढाएका हौं । यो कुरालाई मनन गर्दा फरक नपर्ला नै ।
लघु शब्दसँग कथा पनि जोडिएर आएको हुनाले यसमा आख्यान त जोडिने
नै भयो तर लघु रुप वा सानो रुपमा । त्यसैले लघुकथा पूर्ण संरचनायुक्त आख्यान हो । कथाको
सिद्धान्त अनुरुप नै लघुकथा लेखिने भएकोले लघुकथाको छुट्टै सिद्धान्त छैन । कथामा पाइने
कथानक, कथावस्तु, चरित्रचित्रण, उद्देश्य, भाषा, शैली, कथोपकथन लघुकथामा पनि
हुन्छन् र ती तत्व कथाका लागि जस्तै लघुकथाका लागि पनि आवश्यक छन् । यस सन्दर्भमा समालोचक
प्रा.डा. गोपिन्द्र पौडेलको भनाइ स्मरण गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ । उहाँ भन्नुहुन्छ,
‘सामान्य अर्थमा लघुकथालाई
पुड्को मान्छे र कथालाई सरदर मान्छेका रुपमा बुभ्mन सकिन्छ...........पुड्को
मान्छे र सरदर मान्छेका विचमा प्रजातिगत भेद नभएजस्तै कथा र लघुकथाका बिचमा पनि प्रजातिगत
भेद नभई प्रक्रियागत भेद हुन्छ । (एक मुठी घाम, लघुकथासङग्रहको भूमिका,
पृ. २५ बाट)
हामीले बुभ्mनै पर्ने कुरा के हो भने लघुकथा कथाको कलमी हैन । कथा र लघुकथा आपैmँमा स्वतन्त्र आख्यान विधा भएकोले कथालाई छोट्याएर अर्थात् कलमी गरेर लघुकथा हुँदैन, बन्दैन । लघुकथाको छुट्टै संरचना छ । छोटो आकारमा निर्माण गरिने यस विधाको विशेषता भन्नु नै थोरैमा धेरै भन्नु हो जसले सुन्दर प्रस्तुति र अधिकांश अनपेक्षित अन्त्यलाई प्राथमिकतामा राखेको हुन्छ । अर्को कुरा लघुकथालाई निश्चित शब्द संख्यामा बाँध्नु पनि एउटा स्वतन्त्र विधाका लागि न्यायोचित हुन सक्दैन । लघुकथा लेखनका लागि अहिले सिक्ने, सिकाउने, भन्ने र भनाइने कुरा भनेको यसको प्रस्तुति र अन्त्यलाई लिएर एक किसिमको हौवा खडा गरिएको छ । रहस्यात्मक प्रस्तुति र झड्का दिने अन्त्य हुनैपर्छ भनेर लघुकथाको बजार तातिएको हैन तताइएको छभन्दा फरक नपर्ला । लघुकथाको संरचनात्मक आकारमा होस्, रहस्यात्मक प्रस्तुति पनि होस्, पाठक बेहोस नै हुने गरी अन्त्यमा झट्का पनि लागोस् । तर यही नियमभित्र बाँधिएर कति वटा लघुकथा लेख्ने ? उस्तै उठान र उस्तै बैठान भएको अर्थात् एउटै शैलीको कति वटा लघुकथा पढ्ने ? सिर्जनालाई संरचनाको सीमाभित्र स्वतन्त्र छाडिदिने कि ? कठोर नियमको साङ्लोमा सिर्जनालाई बाँधेर सिर्जनाको घाँटी नै निमोठ्ने ? नियम त हामीले नै बनाइएको हा ेभने सिर्जना गर्नै कठिन हुने नियमको हामीलाई आवश्यकता छ त ? हामीले बनाएको नियमलाई हामीले नै समय सापेक्ष बनाउने हो कि ? यस विषयमा विवाद हैन बहस गरौं, गम्भीरतापूर्वक छलफल गरौं र निष्कर्षमा पुगौं । किनकि नियम हामीले ‘बनाएका हौं, हामीलाई नियमले बनाएको हैन ।