सुसेली
लाहुरेको कहानी
एकादेशमा
बस्थे सोझा गोपाल
आफ्नै भेषमा । १
खेल्थे बनमा
ॐ नम भगवते ?
जप्थे मनमा ।
भोटो लाउँथे
लेक बँेसी धाउँथे
गीत गाउँथे ।
वन पाखामा
सुसेल्दथे त्रिपदी
लोक भाकामा ।
डुल्दा नेपाल
चिनियाँले देखेछन्
सोझा गोपाल ।
छोडे नेपाल
लगे पर्यटकले
गए गोपाल ।
एकै छिनमा
उन्नतिको खोजमा
पुगे चीनमा ।
दुःख खपेनन्
सोचेजस्तो प्रगति
गर्न सकेनन् ।
बिर्से नेपाल
चीनबाट जापान
पुगे गोपाल ।
लागे काममा
जापानीले दिएको
भिन्नै नाममा ।
नयाँ नाममा
उन्नति र प्रगति
मिल्यो काममा ।
चिल्लो कपाल
धेरैपछि नेपाल
फर्के गोपाल ।
गोपी चाउरे
डुल्यो चीन जापान
बन्यो लाहुरे ।
देखेँ पैले झँै ?
विदेशी हो लाहुरे
सोचेँ मैले नै ।
मित लाउँदा
आयो पारा नेपाली
गीत गाउँदा ।
मान्छे गन्दैनन्
भन्छन् सबै लाहुरे
गोपी चिन्दैनन् ।
भन्छ पुराण
गोपाल हुन् नेपाली
धेरै पुराना ।
यतै काम छ
गोपाल हुन् लाहुरे
आफ्नै नाम छ ।
मान्छे नेपाली
नाम मात्र विदेशी
चिन हिमाली ?
बुझौं साथी हो
लाहुरे भन्ने मान्छे
नेपाली नै हो ।
प्यारो गोपाल
अब बस्छ नेपाल
तिमी सम्हाल ।
कति सारो हो ?
हाम्रो आफ्नै अतीत
चिन्न गाह्रो भो ।