लघुकथा
सयनारायणले जालझेल गरेर भए पनि गाउँमा सबैका भन्दा धेरै सम्पति जोडेका
थिए । त्यसकारण साह्रै घमण्ड गर्थे । अरू मान्छेलाई मान्छे गन्दैनथे । नाम सयनारायण
भए पनि ऊभित्र सय राक्षसहरूले बास गरेजस्तो थियो ।
उता धनप्रसाद नाम धनप्रसाद भए पनि मेहनतले आर्जेको सम्पतिबाट दैनिक गुजारा
मात्र चलेको थियो । एकदिन सयनारायणले धनप्रसादलाई भने “हेर धने मैले आफ्ना चारै भाइ छोराहरुलाई सहरको महँगो स्कुलमा भर्ना गरिदिएँ । उनीहरु
त्यही होस्टलमा बसेर पढ्छन् । डाक्टर, इन्जिनियर, पाइलट, वकिल भएर आउने छन् ।
तेरा छोरा सरकारी स्कुलमा पढ्नेहरु
खुबै भए त्यै मास्टर त होला नि हैन ? हा हा हा, हाँस्यो ऊ ।
धनप्रसाद पहिला बोलेनन् । किनभने मुर्खसित बहस गर्नु समय बरबाद गर्नु
हो भनेर बुझेका थिए उनले । तापनि मुखबाट फुत्त निस्की हाल्यो, त्यो त समयले बताउला ।
सयनारायणले धनप्रसादलाई ड्याम्म पिठ्युमा हिर्काउँदै भने, तिमी साह्रै सोझो छौ । यस्तो कुरा बुझ्दैनांै । ल अहिले म हिँडेँ ।
केही महिनापछि दसैँको छुट्टीमा बाहिर काम गर्न, पढ्न गएका सबैजना गाउँ भित्रिए । सयनारायणले सहरको र्बोिडङ् स्कुलमा छोरा पढाएको
धाक देखाउन फूलपातीका दिन सबै गाउँलेहरुलाई चौपारीमा भेला हुन भने । उसका छोराहरु
पनि आए । लामो कपाल पालेका, कानमा मुन्द्री, घुँडामा च्यातेको पाइन्ट लाएका हेर्दै गुण्डाजस्ता देखेर गाउँलेहरुले नाम खुम्च्याए । अझ बुबाकै अगाडि बुङ्ग धुँवा
उडाउँडै गाँजा तानेको देखेपछि त ओठ लेप्राउँदै एकएक गरी उठेर घर गए ।
समय बित्दै गयो । धनप्रसादका छोराहरू पढाइमा अब्बल भएकाले गाउँकै स्कुलबाट
कक्षा १२ को परीक्षा सकेर छात्रबृद्धि कोटामै एकजना डाक्टरी पढ्न शिक्षण अस्पतालमा
अर्का छोरा इन्जिनियरिङ कलेजमा भर्ना भए ।
सयनायणले भने कुलतमा फँसेका छोराहरुलाई खर्च पठाउँदा भएभरको सम्पत्ति
सकियो । बाँकी रहेको एउटा घर पनि जेठो छोरा आएर बेच्न बाध्य पा¥यो । त्यो घर किन्ने व्यक्ति उनै धनप्रसाद थिए ।