कविता
विकल त्यागी
कसैले थाहा पाउँछ कि भनेर
सुइँको नदिइकन
कसैले देख्छ कि भनेर
पातलो पर्दा लगाइकन
मध्यरातको सुनसान÷सुनसान स्तब्धतामा
अन्धकारको चकमन्न÷चकमन्न सन्नाटामा
कानुनले अधिकार दिए पनि
समाजले आदेश दिए पनि
लोकलाजदेखि भित्रभित्रै भयभित हुँदै
वर्षाैवर्ष अघिदेखि
बन्द कोठाभित्रको गरम वातावरणबिच
थोरै लजाउँदै लजाउँदै
दुई छाती जोड्दा जोड्दा
थोरै धकाउँदै धकाउँदै
दुई मुटु जोड्दा जोड्दा
दुई हृदयको कठिन मिलनपरक परिश्रमबाट
बल्लतल्ल फुलाउन सकेको
एक थुँगा अजम्वरी सुगन्धित फूल
आजदेखि तिम्रो अञ्जुलीमा थमाएको छु
ज्वाइँ साहेव,
अब जुग जुनीसम्म
फुलाउने÷फलाउने
जिम्मा तिम्रो .....!
दुनियाले देख्ने गरी हात हातमा होइन
ता कि कसैले हलुका नठानोस्
सबैले थुक्नेगरी पातपातमा होइन
ता कि कसैले छि ः ! छि ः ! नभनोस्
झन् हरेकले हेप्ने गरी लातलातमा त हुँदै होइन
ता कि कसैले दुरदुर नगरोस्
फुलाइरहनु यसरी
कसैले नदेख्ने र थाहा नपाउने गरी
छातीको मुटुभित्र फुलाइरहनु हरदम
हो ज्वाइँ साहेव,
मालीको मुटुभित्र माहुर पाएर
फुलिरहेको फलमात्रै
परन्तु परन्तुसम्म अजरामर रहिरहन्छ रे !
महिनौं महिनासम्म ओथारो बस्दाखेरि
सारा चिसोबाट बचाएर
आफ्ना ज्यानभरि भएका भुवाले न्यानो बनाउँदै
माउपोथीले चल्ला कोरले झैँ
कोरलेको फूल हो
उसलाई मायाको मन्दिरभित्र सजाइरहनु है बाबु !
सामाजिक रुपमा परम्पारगत ढंगले
मनसित मनको
हार्दिक मिलन भइरहेको यस घडी
मलाई पुरानो थेगो दोहो¥याउन मन छैन
मलाई यति चाहिँ विश्वास छ
कि मानिसको मृदुल मनभित्र
पुण्य शिवाय
पापले बास गरेको हुँदैन
र जिन्दगीमा यस्तो भुल
कहिल्यै कहिल्यै नहोस् तिमीबाट
कसैलाई बढ्ता भएर बाटोमा फालेको फूल
मैले टिपेर शिरमा सिउरेको हुँ
त्यसो त
फूलहरू लाखाँै भए पनि
जरालाई जहिल्यै कम्ती भइरहेको हुन्छ
हामीले त मानव सृष्टिलाई सजीव र सुन्दर बनाइ राख्न
कर्तव्य निर्वाहमात्र गरेका हौं
नत्र त दिल दुखाइ दुखाइ
मन रुवाइ रुवाइ
मन वागको फूल
वन वागमा सारेर
हामीले पाउनु के छ र .....!
अहिले
नौमती बजिरहेजस्तो
श्रुतिमधुर भइरहोस् फूल !
अहिले
रंगिएर रङ्गिन डोलीमा चढिरहेजस्तो
अनमोल भइरहोस् फूल !
तिम्रो मलजल एवम् स्याहार सुसाहारले
तिलस्मी इन्द्रधनुषमय भइरहोस् फूल ,