कथा
यत्रतत्र चौरीगाईका बथानै बथान, सिर्रसिर्र हावा । चारैतिर सेतै । कति मनमोहक छ
त्यो प्रकृतिक सुन्दरता । वरिपरिका डाँडा सेतै भनुँ छपक्क सुतेको उपत्यका जस्तै जमिन
। तलतल हिउँ पग्लेर बगेको लाङटाङ खोलाको चिसो पानी । कति सुन्दर छ यो ठाउँ । हेर्दै
स्वर्गजस्तो ।
उसको हिँडाइले दुईदिन त्यसै लाग्यो । स्याप्रुबेसीबाट
नाक ठोकिने उकालोमा पसिना पुछ्दै हिँड्यो ऊ । साँझको बास घोडातवेलामा बसेपछि आफ्नै
अफिसको स्टाफले पकाएको भात खाने योजनाले धन्न बाँच्यो त्यसदिन । घोडातवेलाबाट हिँडेर
दश बजे मात्र पुगेको हो ऊ लाङटाङ । व्यग्र भोकको कारण क्यान्जेनमा पुग्न ऊ लम्किरह्रयो
लाङटाङ खोलाको चिसो सिरेटो पिउँदै । केन्जिन भन्दा केही तल ऊ के पुगेको मात्र थियो
पिङ हल्लिएझैँ पृथ्वी काम्न थाल्यो । पृथ्वीमाथि उभिएर पिङ खेल्दा माथिको अग्लो चट्टान
ढल्यो भने नमरिएला भन्ने थिएन उसलाई ।
अग्लो स्थान । वरपर उच्च हिमाल । हिमालका टाकुरामा
घामले टल्किएका सेतै हिउँका सुन्दर पहाड त्यसै मनमोहक देखिएको हो । सुन्दर भएर पनि
कहाँ जाइरहनु र ? सदरमुकामबाट धेरै टाढा । रित्तो
दुईदिन लाग्ने । उकालो बाटो । चैत्रबैशाखमा पनि बाक्लै ज्याकेट लगाउनुपर्ने मौसम ।
त्यसै दुर्गम हो । तर हरेक मानिसको मन लोभ्याएर दूरदराजबाट या भनौँ विदेशबाट घुम्न
भनेर धेरै पर्यटक आउँछन् । तर हामी नेपाली बल्लतल्ल जिन्दगीको कुनै यात्रामा पुगिन्छ
कुनै सहयोग र समय पाइएमा । सदरमुकामबाट ऊ बल्लतल्ल पाँचवर्षको योजनापछि गएको हो यस
पटक ।
उसले सम्झना ग¥यो यतिबेला – गएको माघ दुई गते निकै चिसो थियो धुन्चेमा । कार्यालयको बरण्डामा चर्कै घाम लागेकाले ऊ घाम तापेर बसिरहेको थियो । संभवत एक बजेको हुनुपर्छ । उसले घडी त हेरेन । गीतको धुन सकिएपछि रेडियोबाट समाचार आइरहेको थियो – ‘आज भूकम्प दिवस । भूकम्पबाट बच्ने उपायहरू ।’ त्यो उसले सुनेको थियो । उसलाई सम्झना भयो ९० सालमा भूकम्प आउँदा हजुर आमाले भनेको कुरा । हजुर आमा भन्नुहुन्थ्यो – ‘म बाह्र वर्षकी थिएँ होला नाति । पृथ्वी यसरी हल्लियो खै कसरी भनौँ । त्यतिखेर हामी केही सोच्न सकिरहेका थिएनौँ । ढुङ्गा र माटोले बनेका अधिकांश घरहरू सोत्तर भए । हाम्रो गाउँमा घरबाट पुरिएर ३० जना मानिस मरेका थिए । अहिले जस्तो त्यतिखेर कुनै सुविधा थिएन । न टेलिफोन थियो न उद्दारको लागि कुनै सरकारी संयन्त्र । मानिस मरेर लास सद्गत गर्न मलामी पाउन मुस्किल थियो त्यतिखेर । गाउँमा सोकाकुल छायो । हामी त्राहित्राहिमा रुँदै एक महिना काट्यौ । मेरा पितालाई त्यही भूकम्पले निलेको थियो । छिनै हल्लाएकाले चित्राको गोठ बनाएर बारीको गह्रामा बसेका थियाँै । पिताको चीरशान्तिको कामना त्यही गोठमा झोक्राएर गरेका थियौँ । आजकाल जस्तो पाल, लत्ताकपडा औषधी केही थिएन त्यस समयमा । उद्दारमा न सेना न प्रहरी गाउँकै मानिसले गर्नुपथ्र्यौ । त्यो अवस्थामा को, कहाँ, कति मरे कसलाई के थाहा र ? त्यस विनासले हामी टुहुराटुहुरी बन्यौँ । पिताको सम्झनाले आमालाई पिरोली रह्यो । त्यही पीडाले आमाको पनि अधबैँसमै जिन्दगी टुक्रियो ।’
हजुर आमाको कुरा त्यतिखेर सम्झिएको हो उसले । तर
अहिले र आज आफैँले भोगेर मृत्युको मुखमा पुग्न लागेको अनुभव गरिरहेछ । उसले कम्पन र पीडा आज भोग्दैछ, भोगिरहेछ ।
लाङटाङ पार ग¥यो उसले । क्यान्जिङ पुग्न अझै आधा घण्टा लाग्न सक्छ जति नै नजिक देखिए पनि । तर के गर्नु भर्खर हल्लाएको ७.६ रेक्टर स्केलको कम्पनले वरिपरि कालो वादल देख्यो उसले र उसका साथीहरूले । आफू हिँड्दै गरेको बाटोमाथि अघि देखिएको सेतो हिमाल हे¥यो तर ती हिमाल अहिले कहाँ देखिनु र ! वरिपरि सर्वत्र कालो वादल मात्र थियो । पूरै वातावरण कालो थियो । लिरुङ हिमाल र लाङटाङको फेदबाट हिउँका कालाकाला लप्काहरू गर्जेर उसलाई निल्न झरिरहेका थिए, सुख्खा चट्टान हुँदै गररर...। केही अघि पूरै वातावरणमा देखिएको घामको प्रकाश यतिचाँडै कहाँ हरायो हरायो । नदीको भेल सुसाएझैँ कराएको हिउँको पहाड अब उसकै टाउकोमा ढोकिन लागेको थियो । त्यसले भेट्यो भने हाडखोड त के अस्तुसम्म भेट्न गाह्रो । अकस्मात ऊ आत्तियो कसरी बाँच्ने भनेर । बाटाको छेउमा एउटा चप्लेटी ढुङ्गा रहेछ । त्यसमुनि चारपाँच जना मानिस ओत लाग्न मिल्ने जमिन । बाँच्ने दिन वा भाग्यको खेल खै के भनौँ त्यतिखेर त्यही पुग्नुपर्ने । ऊ सहित केही बटुवाहरू ओडारभित्र छिरेका थिए । चिसो ओडारमा पाँच जनाको समूह खाँदिएर बसेको त थियो तर हिउँको चट्टानले उनीहरूलाई पुरिसक्यो । ‘आज नबाँचिने भयो । यत्ति रहेछ बाँच्ने
मेरो जिन्दगी । मार्न पनि कहाँ ल्याएर मारेका भगवान्ले’ – उसको सुकेको मुखबाट यही बोली निस्किरहको थियो ।
पहाडबाट हिउँ झरिरहेको थियो । हिउँको पहाडले ओडार माथिको चप्लेटी ढुङ्गा पूरै पु¥यो । अब उनीहरू सबै मरे । होइन ! ढुङ्गालाई हिउँको पहिरोले पुरे पनि त्यही ढुङ्गाले नै बचाएको थियो ऊ र उनीहरूलाई । ऊ आत्तियो । उनीहरू आत्तिए । उसका ओठमुख सुके खङ्रङ्ग सुके । ‘बाँच्ने दिन आजसम्म मात्र रहेछ’ यस्तै सोच्यो उसले । हिउँको पहिरोले ओडारमाथिको चट्टानलाई त ढाकेको थियो थियो । ओडारलाई पनि ढाक्यो । बाहिरको सबै उज्यालो हिउँको पहिरोले निलेको थियो । अब उसलाई स्वास फेर्न समेत असहज भयो । ऊ मृत्युको डरले कामिरहेको थियो, बटुवाहरू कामिरहेका थिए ।
उसलाई उकालो चढ्न कठिन भएको थियो । उक्कालो चढ्दा
हुरिएर लडिएला भनेर उसले एउटा लठ्ठी बोकेको थियो । त्यही लठ्ठीको टुप्पोले हिउँले छेकेको
गारोलाई घोचेर प्वाल बनायो । त्यसबेला घाम चर्को लागेका थिए । घामको चर्को तापले सानोतिनो
हिउँको पर्खाल पग्लिरहेको थियो । चलाएपछि झनै पग्लियो । हिउँको पहिरो आएको दुई घण्टासम्म
उसले भगवान्लाई पुकारेर बस्यो, बसिरहयो । पहिरो पूर्णरुपमा रोकिएपछि
लठ्ठीले घोचेर छेउछाउको हिउँ पन्छाएर ओडारबाट बाहिर निस्कियो । तर सम्पूर्ण वातावरण
सेतै थियो । बाटो सेतै थियो । बाटो छेउका अग्ला ढुङ्गाहरू नपुरिएर ठाउँठाउँमा काला
देखिएका थिए । यो उजाड स्थान बाह्रैमास पर्ने हिउँ र तुसारोले खाएर ढुङ्गा काला भएका
होलान् भन्ने उसलाई लागेको थियो ।
ऊ आफ्नो झोला भिरेर लठ्ठीले बाटो ठम्याउँदै हिँड्यो
। उसको पूरै मानसिकता डराएको थियो । बाँच्ने वा मर्ने टुङ्गो थिएन । कान छाम्दा हिउँ
टाँसिएझैँ चिसो थियो । बाटोभरि पग्लिएको हिउँको पानी देखिए पनि उसका ओठमुख सुकेका थिए
। उसले नाडीको घडी हे¥यो तर घडी त हिउँ पहिरोमा हिँड्दाहिँड्दै
कहाँ झरेछ झरेछ ।
ऊ हतारहतार केन्जिङ पुग्यो । त्यहाँ घर भत्किएर यत्रतत्र लडेका थिए । मानिस घाइते भएर कर्कशपूर्ण रुपमा चिच्याइ रहेका थिए । हिउँ सेताम्यै थियो । तर सेतो पहिरोले त्यो रमणीय बस्तीमा पूरै पुरेको रहेनछ । ऊ त्यहाँको त्यो अवस्था देखेर त्यहाँ बस्नुभन्दा लाङटाङ जान चाहयो । त्यसको कारण केन्जिङ भन्दा लाङटाङ सुरक्षित होला भन्ने सोचेर ।
ऊ भोकभोकै बाटो लाग्यो । बाटोमा पूरै हिउँ थियो । ‘हेल्प मि, हेल्प मि’ भन्दै विदेशी सहयोग मागिरहेका थिए । ऊ आफैँ सहयोग माग्ने अवस्थामा थियो । बाटोमा लडेका मानिस देखेर उसको मुटु दुखेको थियो । ऊ दुःखी भएको थियो । बाटोमा कोही ढलेका थिए, कोही मरेका थिए । कोही मृत्युको लागि छट्पट्याइ रहेका थिए । कोही अंगभंग भएर उद्दारको पर्खाइमा थिए । तर उसले कसैलाई न सहयोग गर्न सक्यो, न उद्दार नै । हिउँको चिसो र डरको पीडाले उसलाई झनै गलाएको थियो । ऊ लठ्ठीको सहाराले लड्दैपड्दै बल्लतल्ल लाङटाङ नजिकको स्वस्थ्य चौकीको ग्राउण्डमा पुग्यो । त्यहाँ पुगेपछि उसलाई थाहा भयो – लाङटाङ गाउँ र त्यहाँका अधिकांश मानिसहरू हिउँ पहिरोले पुरिएर मरेछन् । लाङटाङ भूकम्पले साँच्चै ध्वस्त भएछ । बाँचेका केही मानिसहरू जहान, परिवार र आफन्तको मृत्युमा रुएर बसेका थिए । लाङटाङ गाउँ गाउँलेको चिहान बनेको थियो । पाँच घण्टा अघि त्यही बस्तीको छेउछाउमा पक्की तीनतले सेता घरहरू हेरेर गएको थियो ऊ । पाँच घण्टापछि त्यो खोलाको गड्तीर भएको थियो । न पानी छ, न खोला । हिउँ पग्लिएर बगेको हिलैहिलो र छिपछिप पानी । हिउँको प्रहारले बस्तीमा हानेर पारिपट्टि हिउँ पहिरो पुगी पुनः वारि फर्कदा खोलापरिका सल्लाका पोथ्राहरू खुइलिएर पूरै चट्टान देखिएको । सबैतिर उजाडैउजाड ।
अब ऊ कतै जान नसक्ने भयो । रात त्यहीँ काट्नुपर्ने
भयो । कसरी
काट्नु । न खाने सामान छ, न बस्ने बास । न कतै सम्पर्क छ । घरपरिवारमा के छ ? को को बाँचे, को मरे । जीवित छन् वा छैनन् । झनै पिर । उसले रुदै, कराउँदै, चिच्याउँदै हिउँको हावाले उडाएको स्वास्थ्य चौकीको गाह्रोमा अडेस लागेर रात काट्नै पर्ने भयो । घाइतेलाई जाने र सकेसम्म सहयोग गर्नैप¥यो । फेरि घाइतेहरूको चीत्कार सहन सक्ने किसिमको थिएन ।
‘मरेँ, बचाउ ! बचाउ !!’ भन्दै घाइतेहरू चिच्याइरहेका थिए । उसले के गरी बचाउने ? आफैँ कतिखेर मरिने हो । तर मानवीय नाताले सकेको सहयोग गर्नै प¥यो । आफूले पनि नमरुन्जेल बाँच्न प्रयास गर्ने प¥यो । उसले वरिपरिका सुख्खा काठ र झ्यास जम्मा गरेर आगो बाल्यो । भुइँमा पूरै हिउँ जमेको थियो । त्यहाँ जम्मा भएका मानिस र ऊ मिलेर जमेको हिउँ पन्छाउने प्रयास गरे । जम्मा गरेको झ्यास र दाउरा हिउँको ओस र चिसोले मधुरोमधुरो बल्यो । जति पन्छाए पनि नविलेको हिउँमाथि ढुङ्गाहरू ओछ्याएर आगोको राप र घाइतेको चीत्कार सुनेर उसले रात काट्यो । उसले यसरी नै दुई रात काट्यो । उज्यालोमा कतै हिँड्न सक्ने अवस्था थिएन । उधो जाउँ लाङटाङ गाउँ हिलैहिलो, बगर र दलदल । बाटोको नामनिसाना छैन । उभो जाउँ पहाड र हिउँको थुप्रो । केन्जिङ गए त्यहाँको निकास लाङटाङ हुँदै उँधै नै झर्नुपर्ने ।
भालिपल्ट घाम टन्टलापुर लागेका थिए । जमिन सेतै थियो । दश बजेतिर उद्दारको लागि त्यहाँ हेलिकोप्टर आयो । हेलिकोप्टरमा चाउचाउ ल्याइएको थियो । ती ल्याइएका चाउचाउका प्याकेट बाँडिदिए । उद्दारमा आएका सैनिक र त्यहाँ जीवित रहेका मानिसहरू मिलेर घाइते जम्मा गरे । उसले पनि सहयोग गरेको थियो । मरेका मानिसहरूको शरीर यत्रतत्र लडेका थिए । छट्पट्याइ रहेका घाइतेहरूलाई जम्मा गरेर हेलिकोप्टर उड्यो । अर्को ट्रिप पनि त्यसै ग¥यो । पर्सिपल्ट बल्लबल्ल हेलिकोप्टरमा बसेर ऊ धुन्चे आइपुगियो । त्यसपछि उसले बाँचेको स्वास फेरेको थियो ।