गीत
लीलाराज दाहाल
बर्खा मास बाढी पस्यो रुनु पर्याे मैले
आँसु झारी मनका व्यथा धुनु पर्याे मैले !
पल्लो गाउँमा के के भयो केही थाहा छैन
कता बाढी कता पहिरो बुझ्न पाको छैन
खँडेरीले बाली मर्छ, खोलो पस्छ कैले
आँसु झारी मनका व्यथा धुनु प¥यो मैले !
बर्खामास .........
फेरिएर जलवायु हिउँ गल्न थाल्यो
अति भई प्रकृति यो तातो बल्न थाल्यो
विनाश गरे वनजङ्गल, फोहोर बढ्यो जैले
आँसु झारी मनका व्यथा धुनु पर्याे मैले !
बर्खामास .........
– वागमती –११, कर्मैया, सर्लाही