चार मुक्तक
सदानन्द अभागी
१.
केही गर्छु भनी विदेश आए
रहर गर्दा दुःख मात्र पाए
काम न माम गैरी खेत गयो
विदेशमा रुँदै थाप्लो समाए
२.
तिमी दिलकी रानी सौभाग्यकी खानी
आगो जल्यो दिलमा छर्किदेऊ पानी
नङ र मासुजस्तो सम्बन्ध छ हाम्रो
तब किन भाग्छौ सब नै जानीजानी
३.
भ्रष्टचार मास्न कटिबद्ध छ सरकार
यत्रतत्र सर्वत्र अति नै छ भ्रष्टचार
ठुला भ्रष्टचारी त समाउन हुन्छ भारी
शक्तिहीन त बन्दी बनाइन्छन् बारम्बार
हुनुपर्ने जनहित यस विश्व महाँ
जनहित खोज्न जाने कतातिर कहाँ
कानुन बन्छन् सर्वहित शक्तिशालीलाई
विपन्नका आँसु झर्छन् जता हेरो यहाँ