कृतिसमीक्षा
सम्झना बिर्सनातिर आँखा लगाउँदा
साहित्यकार सुभाषचन्द्र पौडेल भीमफेदीयाले
लेखेको सम्झना बिर्सना नामक संस्मरण, कथा–लघुकथासङ्ग्रह २०८० मा प्रकाशित भएको छ
। यस कृतिको संस्मरण खण्डभित्र अभागी, अम्मल, उधारो टयाक्सी, कोख
लगायत विभिन्न शीर्षकका सत्रवटा संस्मरणहरू रहेका छन् ।
अभागी शीर्षकको पहिलो संस्मरणमा आमाको
सम्झनाको लागि कागजे छवि चित्रसमेत नभएकोले आमाको रुपरेखा कोर्न सक्तिनँ । फुपू
छउञ्जेल आमा भन्ने शब्द त कमसेकम उच्चारण गर्न पाउँथेँ तर अपसोच, नियतिले
त्यो शब्द पनि मबाट खोसेर लग्यो भनेर भीमफेदीयाले लेखेका छन् ।
उधारो टयाक्सी शीर्षकको संस्मरणमा
उपत्यकाभित्रकै काँठतिरका विष्ट थर गरेका टयाक्सी चालकसँग बाटोभरि गफ गरिदै गइयो ।
आँखाचाहिँ छिनछिनमा मिटरतर्फ पुग्थ्यो कति रकम उठ्दैछ भनेर । उनले मिटरतर्फ
हेर्नुपर्दैन भाइ, म अरुजस्तो बेइमान टयाक्सी चालक होइन, मिटर
सही सलामत छ, बिगारेको छैन र मिटरमा जति उठ्छ त्यति लिने हो
चिन्ता गर्नैपर्दैन भनेपछि म ढुक्क हुँदै कुनबेला विमानस्थल पुगौँ र दाजुलाई
भेटीहालौं अनि ती उदार विचारका टयाक्सी चालकको पैसा बुझाइहालौं भनेर हतारिन थालेँ
भनेर लेखिएको छ ।
सुभाषचन्द्र पौडेल मकवानपुर जिल्लाको
भीमफेदीका भएकाले भीमफेदीया उपनाम राखेका हुन् । यो पुस्तकभित्र उनले देखेभोगेका
भीमफेदीका प्रशस्त प्रसंगहरू छन् । जसले उनको भीमफेदीसँगको सम्बन्धको विविध पक्ष र
पाटोलाई बुझ्न सकिन्छ । उनको आफ्नो कथा, घरको
कथा, स्कुलको कथा र तत्कालीन समयको कथा छन् यसमा ।
अम्मल शीर्षकको संस्मरणमा
चिकित्साशास्त्रसम्बन्धी सारा उपाय लगाएपछि पनि केही पत्ता नलागेपछि उनले हाम्रा
साहिँलाबासँग जेठाबाका बारेमा केही सोधपुछ गरेछन् । आफ्ना दाजुका बारेमा सबै
कुराका जानकार साहिँलाबाले सबै बेलिविस्तार लगाएको बारेमा लेखिएको छ । खाँचो शीर्षकको
संस्मरणमा भीमफेदीका साहुमहाजनका छोराहरू मेरा बाल्यकालदेखिका साथी भएको कारण मैले
उनीहरूको सङ्गत र लहैलहैमा कमर्स पढ्ने निधो गरेँ भने केशव धिताल आर्टस् पढ्न
रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भयो । रत्नराज्य लक्ष्मी क्याम्पस भर्खर मात्र
को–एजुकेशन क्याम्पस भएको थियो भनेर भीमफेदीयाले लेखेका छन् ।
संस्मरण खण्डमा भीमफेदीयाले बाल्यकाल, किशोर, वय, विद्यार्थीकाल
र जागिरे जीवनका विभिन्न अवस्था र घटनाको संस्मरण गरेर लेखेका छन् । बाल्यकाल
बिताएको भीमफेदीको भीमसेन मन्दिरको जात्रा, २००४ सालमा स्थापित स्कुलमा आफूले पढेको र
पछि त्यही मास्टरी गरेको अरुको बारीमा फलफूल चोर्दा झण्डै ज्यान गएको, आर्थिक
अभावको बेला टयाक्सी चालकले गरेको उपकार र त्यतिबेलाको दुःख, कष्ट
आदि विविध प्रसङ्गहरू रोचक रुपमा लेखिएका छन् ।
यस कृतिभित्र कुरौटे प्रकाशनको सन्दर्भ पनि
उनले उल्लेख गरेका छन्, संक्षिप्त रुपमा । कुनैबेला जाँगर चले
कुरौटे प्रकाशनको विषयमा लामै लेख उनबाट आए हुन्थ्यो भन्ने पनि मलाई यो कृति
पढिरहँदा मनमा लाग्यो ।
कथा–लघुकथा खण्डमा अर्थ–अनर्थ, आक्रमण, चस्का, फैसला
लगायत विभिन्न शीर्षकका आठवटा कथाहरू राखिएका छन् ।
यसभित्र अर्थ–अनर्थ शीर्षकको कथामा मेरो
मुकभाषामा रहेको अभिव्यक्ति मबाट मात्र न अरुबाट नै उनले धेरैपटक पाइसकेकी छिन् ।
मैले उनीमाथि लगाएको आरोप उनलाई प्रष्ट थाहा छ भनेर लेखिएको छ । बहिनीको पत्र
शीर्षकको कथाभित्र आमा र मलाई आरामै छ । दाइलाई आरामै होस् भन्ने देउतासँग विन्ती
छ । मदन दाइ अस्ति घर आउनुभएको थियो । मदन दाइले भनेको तपार्इं कवि हुनुभयो रे हो दाइ
? भनेर बहिनीले दाइलाई पत्र पठाएकी छिन् ।
रित्तो क्यानभास शीर्षकको कथामा
दिन–प्रतिदिनको महँगी र अभावमा सहरिया जीवनयापन गर्न खोज्दैछौं । साधारण अर्थमा
भनांै बाबुको आशीर्वाद थापेर गाउँलेहरूको आश्वासन पाएर नै हामी सहर भित्रिएका छांै, एउटा
हरियो लालसा, सुनौला बिहान र अमनचैनको सपना लिएर भनेर
भीमफेदीयाले लेखेका छन् ।
लेखान्त शीर्षकको कथाभित्र काठमाडौँमा रहेको
उनी घर पनि बेलाबखत गइराख्थिन् । आफ्नो पति हराएपछि धेरै ठाउँमा गएर उनको चिना
देखाउँदा आखत हेर्ने ज्योतिषले उनको पति फर्केर आउने कुरा नबताए पनि जीवित नै छन्
भनेकोमा उनी विश्वस्त र आशावादी भइन् भनिएको छ ।
सखते शीर्षकको अन्तिम कथामा अनिद्राले
पिरोलिएको आँखा गाड्दै सखते उठ्छ । झ्याल खोल्छ । सूर्यको तातो राप आँगनभरि
पोखिसकेको हुन्छ । मन नलागी नलागी ऊ उठ्छ भनिएको छ ।
कृतिः सम्झना बिर्सना
विधाः संस्मरण, कथा–लघुकथा
लेखकः सुभाषचन्द्र पौडेल भीमफेदीया
सम्पादकः विमल भौकाजी
प्रकाशकः भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौं
प्रकाशनः २०८० माघ
मूल्यः रु. २५०÷–
पृष्ठः २९९