यात्रासंस्मरण
सुन्दर नगरी पोखरामा स्रष्टाहरूको साथ
उसो त मैले जिन्दगीमा सबैभन्दा बढी यात्रा गरेको स्थान हो पोखरा । यो पालाको भने साहित्यिक कार्यक्रमको सन्दर्भमा जाने भैयो । पौष २०, २०८१ म नेपाल स्रष्टा समाज, गण्डकी प्रदेश घोषणा र रिता पहारीको निबन्धकृति लोकार्पण रहेछ । नेपाल स्रष्टा समाजको केन्द्रीय समितिका साथीहरू जाने कुरा भो । मलाई पनि यात्रा गर्न नपाएर छटपटी भएको थियो । जाने सोच बनाएर नाम दर्ज गरेँ । गजब संस्कार बसेको छ नेपाल स्रष्टा समाजको केन्द्रीय समितिको चलन । जहाँ जाउँ दामासाहीले खर्च गर । व्यक्तिगत हुन्छ सबै । आर्थिक सुशासनयुक्त संस्था छ चन्ने दावी गर्न मिल्छ । गाडी खोज्ने जिम्मा मधु दाइ र मलाई थियो । मधु दाजुले खोजेछन् । सस्तैमा पाइएछ ।
यस्तैमा आयो पोखरा जाने दिन पौष १९ । उर्दी थियो बिहान आठ बजे कलंकीमा भेला हुने । मलाई मधु दाजुले माइक्रो चालकको नम्बर दिएका थिए । उनी माछापोखरी रहेछन् । बालाजु चोकसम्म पठाउ गरेर गएँ । दाजु देविका तिमिल्सिना र माधव विडारीसँग त्यहीँ भेट भयो । चिया खायौं । प्रकाश घायल दाजु पनि आइपुगे । हाम्रो यात्रा सुरु भयो । कलंकी दृष्टि आँखा अस्पताल नजिक आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, उपाध्यक्ष डा. सदानन्द कँडेल, मधु पाठक, शंकर भारती दाजुहरू आइसकेका रहेछन् । हामीले सितापाइलाबाट छिर्ने निधो गरिम् । चालक भाइलाई बाटो थाहा छैन रे । पथप्रदर्शक बने डा. कँडेल ।
मौसम हल्का चिसो छ । नयाँ बाटो मज्जा लाग्यो । जाम कहीँ परिएन् । धार्के
नजिक पुगेर चियानास्ता खाएर गफिँदै अघि बढेउँ । उमेर समूहका कुरा, साहित्यका
विभिन्न पक्षका कुरा मात्र नभएर हँसीमजाक पनि हुँदैछ । बाटो पुनर्निर्माण भैसकेको
छैन त्यसैले सवारीको कुदाइ एकनास छैन ।
‘हामी नौ जना’ डा. कँडेलले रमाइलो गरे । उनीभन्दा जेठा चारजना र कान्छा
चारजना रहेछौं ।
मुग्लिन बजार पुग्दा साँढे बाह्र जति बजेको हुनुपर्छ । हिजोको चार्म जुन
थियो मुग्लिनको । अहिले त्यस्तो देखिएन् । सुनसान छ । बाटामा सुन्तला धेरै ठाउँमा
देखियोे । सिजन न हो ।
‘खाना पुल पारी खाने है मलाई थाहा छ । फ्रेस खान पाइन्छ ।’ मधु दाजु अघि
सरे ।
पहिले पुल तर्नासाथ पुलकै मुखको देब्रेतिर खाना खाने गरेको थिएँ । मधु दाजुले अलिक अगाडि त्रिशूली र मस्र्यांङ्दीको दोभान हेर्न मिल्ने ठाउँमा भएको रेष्टुरेन्टमा लगे । फ्रेस भएर फोटाहरू खिचिए । माया फिस रेष्टुरेन्टमा खाना अर्डर गरे मधु दाजुले । माछा लोकल छ भन्ने सुनेपछि माछा खाने निधो भयो । रमाउँदै खाना खायौं । करिब हामीले डेढ घण्टा त्यहाँ बितायौं । यात्रा फेरि सुरु भयो । आँबुखैरेनीमा पुगेर सुन्तला किनेउँ ।
त्यहाँबाट अघि बढ्दै जाँदा केही गर्मी महसुस भयो । गफिन छोडिएको छैन् ।
बेलाबेलामा को निदाउँछ, बेला बेलामा को ! खाना ढिला खाएको भएर होला
। सत्रसय फाँटबाट उता लागेपछि बाटो केही राम्रो देखियो । अहिले त केवुलकार पो
राखिएको रहेछ बन्दिपुर जान । अघि बढिँदै छ । धुलो छारो नेपालीको आदत परेको कुरा, आमाको
गर्भदेखि अभ्यस्त पो छौं हामी । झनै सडक सञ्जाल पुनर्निर्माण हुँदा धुलो नहोस कसरी
!
हामी झम्के साँझ पर्दा विजयपुर पुग्दै थियौं । एक्कासि विपरीत दिशाबाट असाध्यै तीव्र बेगमा आएको इलोक्ट्रोनिक स्कुटी हाम्रो माइक्रोको अगाडिको चक्कामा ठोक्कियो । ठुलो आवाजसहित स्कुटी र त्यसमा सवार उरन्ठेउलो भाइ बजारिए सडकमा । सँगै अर्की एकजना बैनी सवार स्कुटी पनि लड्यो । ठुलो दुर्घटना भएकोे भान परेर हामी झरेउँ । तर दुवैको स्कुटीमा क्षति भएछ । सामान्य घाउ सडक दुर्घटनामा नहुने कुरै भएन । हामी सवार माइक्रोको टायर फेर्नै पर्ने गरी गएछ । ट्राफिक आए । विवरण लिए । हाम्रो चालक सुवेदी भाइले टायर फेरे । कुनै पनि मानेमा हाम्रो चालकको गल्ति थिएन् । तर एकतारे ट्राफिक सुवेदी भाइलाई पनि दोषी करार गर्दै थिए । हामीसँगै गए चौकीसम्म ती ट्राफिक । उनले आफूलाई धेरै जाने बुझेको जस्तो भान पारेर हामीलाई सडकका कहानी बताउँदै थिए । काठमाडौँका विभिन्न चौकीमा बसेका उनी सडक सवारीमा पोखरा काठमाडौंभन्दा चुनौतीपूर्ण रहेको दलिलसमेत पेश गर्दै थिए । उनी झरे । सुवेदी भाइलाई सरहरूलाई छोडेर चौकी आउँनु भन्ने आदेश फर्मान जारी गर्दै । ताराहरू आकाशमा फाट्टफुट्ट देखिन थालिसके । हामी लेक साइटको सत्र नम्बर स्टेटमा रहेको होटल रोजमेरी अगाडि पुगेर उत्रियौं ।
स्वागतमा खडा थिइन् निबन्धकार रिता पहारी न्यौपाने । मेरो त चिनजान थिएन्
। शिव खकुरेल जो इन्सेकको गण्डकी प्रदेश संयोजक हुन् उनलाई हामी आउँदै गरेको
फोनबाट भनेका थियौं । उनी पनि त्यहीँ आएर बसेका रहेछन् । उनले चिनाए रिता दिदीसँग
। हामी सगोत्री रहेछौं । माइती काभ्रेको कोसीपारि रहेछ । माइती थपिए भनेर उनले
खुशी व्यक्त गरिन् । डा. दीनबन्धु शर्मा पनि पुगिसकेका रहेछन् ।
सुन्दर छ पोखरा । पोखरा र त्यसको आसपासको सौन्दर्यको वर्णन गर्न शब्द नै छैन मसँग । सम्झनामा हरघडी आइरहन्छ । मनमा हरपल छाइरहन्छ । धेरै कुराहरू जोडिएका छन् पोखरासँग मेरो । कुनैदिन विद्यालय पढ्दा पढ्दै लाहुर जाने बचपनामा पोखरा जान घरबाट भागेको थिएँ म केही दाजुहरूको लहडमा । त्योबेला काठमाडौँमा तुरिएको थियो यात्रा । त्यसपछि पहिलोपटक दशकक्षामा पढ्दा शैक्षिक भ्रमणमा गएको थिएँ । आहा ! त्यो पल कति रमाइलो थियो । कौतुहलता उस्तै । नोष्टाल्जिक हुन्छु । त्योबेला सरहरूसँग, दौतरीहरूसँग यात्रा गरेको । यति मात्र हैन पछि जागिरको सिलसिलामा पनि बसेको छु धेरै । झनै व्यावसायको सन्दर्भमा त सैयौंपटक यात्रा गरेको छु । पारिवारिक भ्रमण पनि गरेकै हो । नौलो लाग्दैन मलाई । हरेक सडकमा मेरा पद्चाप परेका छन् । यो पर्यटकीय नगरी । यो प्राकृतिक बैभवले भरिपूर्ण छटा बोकेको उपत्यका । जहाँ माछापुच्छ्रे«को क्यामराले पूरै पोखरा सहर सुरक्षित छ । पर्यटकलाई घुमाउन ल्याएको अनुभव पनि संगालेको छु यहाँ । पुस्तौं पुस्तादेखि सतिसालजस्तो ठडिएको छ माछापुच्छ्रे« । विचरा अहिले त ग्लोबल वार्मिङको कलुषित व्यवहारको कारण पर्यावरणमा आएको नकारात्मक असरसँगै हिउँविहीन देखिएको छ । सेताम्ये उसको शरीरमा हिउँविहीन कालो पोतिएको देखेर मन दुख्यो मेरो । उसको पहिचानमा संकट आएको बेला हो यो । तर पनि आशावादी मन लिएर फेरि काँचुली फेरिने मनसुवाका साथ उभिएको छ ।
हामी फेवातालबाट फर्केर खाजा खान्छौं । केहीबेर रमाइलो गर्छाैं । हल्का
मदिरा लिनेहरूले लिन्छन् । अनि होटलमा आएर बेलुकीको खानासँगै आराम गर्छाैं ।
यो पटक केही अग्रज साहित्यका स्रष्टासहितको नयाँ अनुभवमा छु म ।रिता पहारीसँग भलाकुसारी गरियो । अनि केहीबेर तालको छेउछाउमा शुक्रबारे माहोलले रत्याउँछ हामीलाई । साँझको पर्वाह भएन । उसो त लेकसाइड रात अबेरसम्म जागा रहन्छ । बिहान ढिलै उठ्छ । हामीले ताल वरिपरिका विभिन्न रमाइला माहोलहरू नियाल्यौं । त्यसपछि हामी फर्केर खाजा खान्छौं । केहीबेर रमाइलो गर्छौं, हल्का मदिरा लिनेहरूले लिन्छौं । नलिनेहरूले पनि साथ दिन्छौं । अनि होटलमा आएर बेलुकीको खानासँगै आराम गर्छाैं ।
भोलिपल्ट बिहान नित्यकर्मसँगै उठेर चियाको चुस्कीसँगै अकास्मात पुम्दी भुम्दीको शिव मन्दिर, निपराध बेदनाले टिल्पिलाउँदै छ अन्नपूर्ण र माछापुच्छ«्रे हिमश्रृङ्खला थाकेका आँखाहरूले एकटक हेर्दै मान्छेका दुष्प्रवृत्ति । मैले हेरेँ हिउँ मात्र कपास अलिअलि लगाएको जस्तो देखिन्छ । कालो छ, नाँगा छन् हिमश्रृङ्खलाहरू । मान्छे आफ्नो हैकमवादी सोचले प्रकृतिलाई जितेको दम्भ पाल्छ । तर थाहै पाउँदैन मानव अस्तित्व संकटमा परेको । पर्वाह गर्दैन भोलिको । मात्र आज भए पुग्छ मान्छेलाई । तल हे¥यो फेवा त्यस्तै फोहोर छ । सफाइ गरिरहेको समाचारले अखबार भरिएको धेरैपटक यी आँखाले देखेको छ । तर खै मान्छे रोकिएको छैन, उतिक्कै छ फोहोर । एकछिन् घोरिएँ म । प्रकृतिको यो सुन्दरताभित्र मान्छेको अस्तित्व सुरक्षित छ भन्ने कुरा किन नबुझेको होला मान्छेले । अथवा बुझेर पनि बुझ पचाएको हो । धर्तीले कति सहला र मान्छे समाउला प्रश्न यहाँनेर उब्जियो ।
पर्यटकहरूको भिड छ । विशेषतः भारतीय पर्यटकहरू । हामी त्यहाँको माहोलमा
रमाउँदै फोटाहरू खिच्छौं । शान्तिस्तुपा चुपचाप बसेको छ । शान्तिको पर्याय ।
हामीलाई पनि हल्ला गर्न छुट छैन र त सेक्युरिटीले चुप लाग्ने संकेत गरे । केहीबेर
त्यहाँ व्यतित गरेर गाडी भएको स्थानतर्फ झर्छौं र फर्कन्छौं लेकसाइड । कार्यक्रम
२.३० मा सुरु हुने भन्ने जानकारी पाएका हामी समयप्रति सचेत छौं ।
हतारोमा खाना खान्छौं । अनि हामी बसेको होटलमा पुगेर फ्रेस हुँदै
कार्यक्रम हलतर्फ लाग्छौं । पोखराका चर्चित साहित्यका हस्तीहरूसँग मुलाकात हुन्छ ।
कार्यक्रम सुरु भयो । प्रमुख अतिथि थिए सरुभक्त । उनले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे । कार्यक्रम थियो नेपाल स्रष्टा समाज, गण्डकी प्रदेशको समिति घोषणा तथा निबन्धकार रिता न्यौपानेको बेरितका रितहरूको सार्वजनिकीकरण । सभाध्यक्ष थिए श्रीओम श्रेष्ठ ‘रोदन’ । अतिथिको रुपमा केही निम्तालुहरू मञ्चासिन थिए । बृहद साहित्यिक व्यक्तित्वहरूको ओजिलो उपस्थितिमा हल खचाखच नहुने कुरै थिएन् । नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कृतिकार रिता पहारी न्यौपाने, गायिका हरिदेवी कोइराला, पवन आलोक, नवराज लम्साल, सूर्य खड्का बेखर्ची, विधान आचार्य, डा. दीनबन्धु शर्मा लगायतले पहारीका
बेरितका रितहरू निबन्धसङ्ग्रह तथा कोइरालाको चरीको घर बालकवितासङ्ग्रह
लोकार्पण गरे । तालीको गडगडहाटले कृतिहरूले स्वागत पाए । पोखरा उसै पनि प्राकृतिक
सुन्दरताले भरिपूर्ण स्थान, साहित्यमा पनि गतिविधि धेरै हुने, साहित्यिक
माहौलमा जम्ने स्थान हो । मिठो आवाजका धनी पदमराज ढकालले सञ्चालन गरको उक्त
कार्यक्रममा प्रकाश घायल दाजुले स्वागत मन्तव्य राखे ।
सरुभक्त जसको तरुनी खेती पढेको छु । पागल बस्तीले दिमाग खाएको छ मेरो ।
समय त्रासदीभित्र त्रसिद बनेको छु । बाङ्गाटिङ्गा धर्साहरूमा जीवनको वास्तविकता
बोध गरेको छु । उनको अभिव्यक्ति भने नजिकबाट पहिलो पटक सुन्ने अबसर पाएँ । उनले
स्व. हेमराज पहारीको स्मरण गर्दै नोष्टाल्जिक भए । नेपाल स्रष्टा समाज गण्डकीमा
पनि गठन भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए । अनि रिता पहारी पनि स्व. हेमराज
सरकै मार्गमा हिँडेकोमा खुशी व्यक्त गरे ।
मलाई पनि स्व. पहारीको बारेमा केही थाहा थियो तर रिता दिदीकै श्रीमान्
भन्ने चाहिँ आज थाहा भयो । रिता दिदी सगोत्री हुन् मेरो । म उनको माइती जिल्लाको
हुँ ।
नेपाल स्रष्टा समाज वास्तवमै साहित्यकारहरूको साझा चौतारी हो । यसले भूगोल भनेन, जात भनेन । दल भनेन । लिङ्ग भनेन । सबै अट्छन् । विभेद रत्तिभर छैन यहाँ । गण्डकी प्रदेश समिति घोषणा गरियो रिता पहारीको संयोजकत्वमा । जसमा अन्य रहे हरिदेवी कोइराला, पदमराज ढकाल, कृष्णप्रसाद बाँस्तोला, सरस्वती श्रेष्ठ सरु, दुर्गाबहादुर शाह बाबा र कृष्णप्रसाद पौडेल ।
कार्यक्रममा कृतिहरूमाथि टिप्पणी गरिए । बेरितका रितहरूमाथि डा. दीनबन्धु
अर्यालले चर्चा गरे । उनले भाषाको साहित्यिक अभिव्यक्तिको रुपमा निबन्धहरू आएको
बताए । उनले कृतिभित्र भोगाइका अनुभूतिहरू संगालिएको बताए । भावनात्मक रुपले
निबन्धहरू उचाइमा रहेको ठोकुवा गरे । विधान आचार्यले मानवीय सम्बन्धको पुलिन्दाको
रुपमा निबन्धहरू रहेको बताए । उनले दृश्यात्मकताले भरिएका निबन्धले रितालाई उचाइमा
पु¥याउने धारणा राखे ।
चरीको घरको बारेमा साहित्यकार लक्ष्मण थापालले चरीको घरमा हरिको कलमको रुपमा हरीदेवी कोइरालाको चर्चा गरे ।
हरीदेवी कोइरालाले आफ्ना बालकविता सहित मन्तव्य पस्किन् । मैले त गीत पनि
सुन्न पाइएला भनेर आशा गरेथेँ गाइनन् ।
कार्यक्रम भव्य, खचाखच हल, पोखरेली साहित्यकारहरूको हार्दिक उपस्थिति
देखेर खुशी लाग्यो । कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य
खड्का बेखर्ची, पवन आलोक, तीर्थ श्रेष्ठ, रमेश
श्रेष्ठ, नवराज लम्साल, दुर्गाबहादुर शाह लगायतले आ–आफ्नो मन्तव्य
राखे ।
श्रीओम श्रेष्ठले अक्षरको माध्यमबाट नेपाली भाषा साहित्यका सेवा गर्नेहरू
धन्यवादको पात्र भएको बताए । कृतिकारलाई उनले बधाई नदिने कुरै भएन ।
पोखरामा स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा गर्न पाउँदा उनले
खुशी व्यक्त गरे ।
आजै सार्वजनिक भएको कृति बेरितका रितहरूकी स्रष्टा रिताले सबैलाई धन्यवाद
ज्ञापन गरिन् ।
कार्यक्रम समापनसँगै फोटो सेसनमा अल्मलिए धेरै । खाजापछि सबै जना विदाई भए
। हामी भने भोलि काठमाडौँ फर्कने हुँदा साँझमा फेवातालको मज्जा लिन निस्कियौं ।
फेवा हामीलाई देखेर सङ्लो भावमा मुस्कुराइरहेको थियो ।