कविता
म फिरन्ते हुँ
भलादमी भोला
टिलपिल
टिलपिल
बिसहजारी
तालमा
पौडी
खेलेका ताराहरू स्पर्श गर्न
नारायणी
नदीको जलमा डुबुल्की मारेर
देवघाटमा
वेदवाणी गुञ्जाउन
बालापनको
सौन्दर्य र
यौवनको
मिठास आस्वादन गर्न
घुमिरहने
म फिरन्ते हुँ ।
चिटिक्क
बेहुलीझैँ श्रृङ्गारिएर
प्रकृतिले
मुस्काउन सिकाएको छ
नदीले
गतिशीलता सिकाएको छ
वृक्षबाट
उदारता उम्काएर
जीवन
धन्य बनाउने
म
फिरन्ते हुँ ।
अब
उधिन्नु हुँदैन पृथ्वीको गर्भाशय
गर्भाशय
उधिन्दा
कसरी
रहन्छन् ताल र पोखरीहरू
घडियाल
गोही र जलपंक्षीहरू
पूर्वजले
जोगाएका सम्पदाहरू
उधिन्दै
जाँदा
प्रकृतिको
नाभि छिन्यो भने
कसरी
पिउन पाइएला
धित
मरुन्जेल अञ्जुलीभरि पानी
कसरी
फेरिएला सास
पर्यावरणको
आवरण क्षीण पारेर
बाँच्न
सकिन्न दीर्घ जीवन
सुन्न
पाइन्न चराहरूको चिरबिर
देख्न
सकिन्न हात्तीको लम्काइ
र
मृगको चन्चलता
अब
प्रकृतिमा छ्याप्नु हुँदैन
स्वार्थको
छिटो
उधिन्नु
हुँदैन पृथ्वीको गर्भाशय
सल्काउनुहुँदैन
विनाशको आगो
छिमोल्नु
हुँदैन वृक्ष र
सुकाउनु
हुँदैन पानीका मूल
यो
छटालाई आलिङ्गन गरेर
जोगाउनु
छ पुस्तौंसम्म
सिर्जेर
मस्तिष्कमा प्रकृतिको गीत
गाउँदै
हिँड्नुछ
एक
फिरन्ते भएर ।