मुक्तक
तीन मुक्तक
सदानन्द अभागी
१.
आन्दोलनका
नाराहरू चारैतिर घन्कि’रा छन्
युवाहरू
विदेशिँदा बृद्धबृद्धाहरू थन्कि’रा छन्
हकभोग
खोजी गर्नु न्यायोचित मान्नुपर्छ
दमन
गर्दा मान्छे मर्दा माखाहरू भन्कि’रा छन्
२.
देश
लुट्नेले लुटी रा’छन् मोज मस्ती गरिरा’छन्
निम्न
वर्ग रोइरहेछन् विरोधका नारा छरिरा’छन्
जति
विरोध गरे पनि यहाँ सुन्नेवाला कोही छैनन्
सत्य
आवाज बोलो भने प्रतिशोध नै धरिरा’छन्
३.
सत्तापक्ष प्रतिपक्ष देश हित गर्न होला
सदनका
आवाजहरू सहजता भर्न होला
सदन
हेर्दा लाग्छ झगडाको मूल थलो
के
को लागि सदन ? भत्ता मात्रै धर्न होला