समीक्षा
सिन्धुलीका कवि बाबुराम श्रेष्ठ ‘यात्री’को ‘बूढो समय’
कवितासङ्ग्रहले मान्छेको जीवन हरेक वर्ष बुढ्यौली लाग्दै जाने संकेत गर्दछ । लेखनलाई
न भूगोलले छेक्छ न उमेरले । शिक्षण पेशा गर्दै कलम तिखारी रहेका बाबुराम श्रेष्ठ ‘यात्री’का
कविताले राष्ट्रको माटो र जनजीवनको पीडा बोलेका छन् । गाउँमा दुःख छ र त गाउँमै सुख
छ । अचेल कविता पनि गाउँकै माटोमा उम्रिएका छन् । त्यसैले सहरको कवितामा नारा छ, आगो छ । सहरमा भिडभाड
छ, जतै जुलुस र जाम छ ।
प्रेम, प्रकृति र सौन्दर्यका लागि गाउँ सुन्दर छ । उनका कविता पढ्दा आफैँले देखेका, भोगेका र सुनेका, विषयहरूलाई कविको कलमले
स्पर्श गरेको पाइन्छ । उनका कविता पढ्दा आनन्द आउँछ । सङ्गहभित्रका कविताले गाउँबेसी
मात्र बोकेको छैन् सहर, सहरको वर्तमान अवस्थालाई समेत उजागर गरेको देखिन्छ । अतः ‘बूढो समय’ कवितासङ्ग्रह
पाठकका लागि नवीनतम कृति हो ।
कृति : बूढो समय (कवितासङ्ग्रह)
कवि : बाबुराम श्रेष्ठ ‘यात्री’
प्रकाशक : बि.एन. पुस्तक संसार प्रा. लि., काठमाडौँ
मूल्य : २५०/-
प्रकाशन : २०७९
- सम्पादक
