कविता
प्रयास
राजकुमार बास्तोला
जन्दगीको रफ्तारले बढेको सुस्केरालाई
थम्थमाउँदै
सुन्दर पलहरूको प्रतीक्षामा जिन्दगी
बिताइरहेछु
खुसीका रेखाहरू भेट्ने प्रतीक्षामा
अभावका पाटाहरू पन्छाउने तिर्सनामा
हराएका वा नभेटिएका पलहरू खोज्दै
सुस्ताइरहेछु
अभावका कारणले ब्याल्क एण्ड ह्वाईट
भएको जिन्दगीमा
बिग्रिएको जिन्दगीको हिसाबलाई
पुनर्योग गर्दै जाँदैछु
खुसी र उमङ्गलाई जोड्दै जाने
आशामा छु
अभाव र दुःःख घटाउँदै जाने प्रयासमा
छु
खुसीका सरगमहरू सजाएर तेही बिग्रिएको
हिसाब मिलाउँदै
इन्द्रेनीजस्तै रङ्गिन पर्दा
सजाएर जिन्दगी जिउने प्रयास गरिरहेछु ।
– राजकुमार बास्तोला (राज अनुराग)
इनरूवा न.पा. –३, सुनसरी
