कविता
मान्छे भैकन मान्छे होस्
पदम दाहाल
कुष्ठरोग कठै ! मान्छे निकृष्ठ
किन ऊ भन
अति दुष्ट हुँदै मान्छे पराकाष्ठा
छ बैगुन ।१।
संझिदैन कुनै आफ्नो भुल्छ कर्म
सबै दिन
सारै स्वार्थी भयो मान्छे खली
पाखण्ड जीवन ।२।
अहम् भाव सधैँ बोकी परौँ माथि
छ चाहना
कठोर क्रूर त्यो मान्छे पर्छ
माथि र के भन ? ।३।
झुटनीतिज्ञ जाली ऊ व्यवहार रुखो
छ रे
शिष्टभाव गुमाएको पक्का दानवझैँ
छ रे ! ।४।
गहना गर्ग होस् मान्छे नम्रतामा
रमाउने
कलाकार भलो भोला सभ्य सीप भराउने
।५।
दर्दलाई नियालेर मर्मभित्र पसीकन
बुझ्दे मानव ! सर्वज्ञ संवेद्यमय
भैकन ।६।
आफैँभित्र डडेजस्तो पीडाबोध गरे
हुने
मान्छे भैकन मान्छे होस् चेत
चैतन्य भर्दिने ! ।७।
(छन्दः अनुष्टुप)
– मादी न. पा.–६, सङ्खुवासभा, हालः भक्तपुर
९८४२०९९८३१