गजल
गजल
लीलाराज दाहाल
उज्यालोले भित्र मुटु जल्छ कसैको
समयले नै हुलिया बदल्छ कसैको
!
जित्छु भन्ने चाहाना लिई हिँडेपछि
हार्दा भने सारा तन गल्छ कसैको
!
मनभरि अन्धकारले राज गरे पनि
फेरि पनि आत्मज्योति बल्छ कसैको
!
प्रहार गर्छ निराशाको लौरोले
अचेल
त्यसैले त मनको गजुर ढल्छ कसैको
!
रणभूमिमा जतिसुकै जिते पनि ‘लीला’
तँभित्र नि दादागिरी चल्छ कसैको
!