जीवनी
ओझेलमा साहित्यिक व्यक्तित्व अरुणबहादर खत्री नदी
अमर अधिकारी
मैले अरुणबहादुर खत्री ‘नदी’को नााम पत्रपत्रिकाहरूमा देखेको २०४३ सालदेखि हो ।
पेनफ्रेण्ड र पत्रमित्रता मार्फत् उनले त्यसबेलै धेरै साथीहरू बनाइसकेका थिए । तर यो
लेखकल उनलाई १७ वर्षपछि अर्थात् २०६० सालतिर भेटेको हो सिंहदरबारभित्र हो वा दायित्व
वाङ्मय प्रतिष्ठानमा हो । उनको खास नाम भने अरुणबहाद्ुर खत्री हो । वि.सं. २०२४ साल
वैशाख १४ मा काठमाडाँै जिल्लामा जन्मेका अरुण पिता प्रमुख सेनानी स्व. मिनबहादुर खत्री
तथा माता स्व. मिठु खत्रीका जेष्ठ सुपुत्र हुन् ।
हाल उनी बुढानिलकण्ठ–४ पासीकोटमा बस्दै आएका छन् । बि.बि.एस. सम्मको शैक्षिक योग्यता
हासिल गरेका अरुण लामो समयसम्म निजामती सेवा व्यतित गरेर हाल निवृत्त जीवन बिताइरहेका
छन् । मृगौला रोगबाट पीडित भएका उनले भारत र नेपालको खर्चिलो उपचारका कारण निकै सास्ती
खेप्नु परेको छ । अन्तिममा नेपालबाटै स्वास्थ्यमा लाभ भयोे । झ्वाट्ट हेर्दा अति साधारण
देखिए पनि उनमा धेरै प्रतिभा लुकेकोे छ । उनले साहित्यिक यात्रामा धेरै लघुकथाहरू लेखेका
छन् भने कैयन प्रकाशित नै भएका छन् ।
उनलाई साहित्यप्रेमी,
साहित्यानुरागी, साहित्यकार, समीक्षक जे भने पनि हुन्छ । नेपालमा सबैभन्दा बढी पुस्तकहरूका समीक्षा गरिसकेका
अरुण अग्रपङ्क्तिमा पर्दछन् । हालसम्म उनले १०५० भन्दा बढी पुस्तकहरूको समीक्षा गरिसकेका
छन् । उनी कुनै साहित्यिक कार्यक्रममा उपस्थित हुँदा धेरैको नजर उनीमाथि पर्दछ । सबैबाट
सद्भाव र सद्व्यवहार पाउँछन् उनी । कुनै पनि पुस्तकको अध्ययन गरेर त्यसको सार निकाल्नु, अन्वेषण गर्नु, अनुसन्धान गर्नु र टिप्पणी
गर्नु चानचुने कुरो पक्कै पनि होइन । कुनै बखत गोरखापत्रमा सबैभन्दा बढी सम्पादकलाई
चिठ्ठी लेख्ने व्यक्ति नन्दहरि उपाध्याय ओखलढुंगेपछि अरुणको नाम अग्रपङ्क्तिमा आउँछ
। उनी लेखक तथा कवि पनि हुन् । उनका कैयन पाण्डुलिपिहरू घरमा अलपत्र अवस्थामा छन् ।
कुनै प्रकाशन गृहले साथ दिएमा उनका कृतिहरू प्रकाशन हुने देखिन्छ ।
देशभरका उनका प्रशंसकहरू उनको सम्पर्कमा रहन्छन् । हिजोआज सूचना प्रविधिको क्षेत्रमा
मोबाइलले भूमिका खेलिदिदा उनी धेरैसँग सम्पर्कमा रहिरहन्छन्् । रेडियो नेपालबाट पनि
पहिला उनको नाम दिनहुँजसो फर्माइस गीतमा आइरहन्थ्यो ।
उनले फेसबुकमा पोष्ट गरेका सामग्रीहरूबाट विभिन्न सम्मान तथा पुरस्कार पाइरहेका
जानकारी आई नै रहन्छन् । सरकारी सेवामा रहँदा पनि उनले ग्रेड पुरस्कार, नगद पुरस्कार तथा प्रशंसापत्र
र सम्मानपत्रहरू पाएका छन् । दर्जनौ ंसाहित्यिक संस्थाहरूबाट समेत उनले पुरस्कार तथा
सम्मानपत्रहरू पाइसकेका छन् । उनीसँग धेरै साहित्यिक संस्थाहरूमा सदस्य तथा सल्लाहकार
भई काम गरेको अनुभवसमेत रहेको पाइन्छ ।
हाम्रो समाजमा सुकिला, मुकिलाहरूलाई मात्रै
वास्ता गर्ने गरिएको छ ।
साधारण जीवन शैली भएकाहरूलाई भने ओझेलमा पार्ने परिपाटी व्याप्त नै छ, चाहे त्यो समाज सेवा
होस् वा साहित्य सेवा । साहित्यका लागि त्याग, तपस्या गरेका व्यक्तिहरू कमै देखिन्छन् । तर खत्री साहित्यका
लागि अनवरत रुपमा खटिआएका छन्, साहित्य साधना गरिरहेका छन् । उनलाई राष्ट्र तथा प्रज्ञाप्रतिष्ठान
एवम् अन्य साहित्यिक संस्थाहरूले वेवास्ता गरेको देखिन्छ । उनको साहित्यप्रतिको त्याग
र समर्पण बारे प्रज्ञा प्रतिष्ठानले पनि निष्पक्ष रुपमा मूल्याङ्कनका साथ बुझ्नु जरुरी
छ ।