कविता
नबिर्सु आफ्नो कथा जन्म–गाउ“
पदम दाहाल
नजन्मँु म काँही छ यै देश प्यारो
म हो भाग्यमानी हदै लाग्छ प्यारो
।
दिगो कर्मशाला युगौँ गर्वको यो
यतै जन्मदाता दिऊन् जन्म मेरो
! ।१।
नजन्मुँ म टाढा कुनै अन्त ठाउँ
थलो दिव्यको शाान्त नेपाल पाऊँ
!
बनोस् वास बस्ती सकल्लो उपल्लो
यहीँ जन्मियौँ जो जुनी चित्तबुझ्दो
। ।२।
मभित्रै बहेको स्वदेशै पवित्र
म जन्मे कहीँ अन्त जन्मिन्न सञ्च
।
छ यो स्वर्गजस्तो तपोधाम यौटा
जहाँ ज्ञान भर्छन् घुमी देव द्यौता
। ।३।
लुकेको छ विश्वास मैभित्र मूर्ति
परापूर्वको आस, आस्था धरौटी ।
नबिर्सुंं म आफ्नो कथा जन्म–गाउँ
पराया पराई पिरोलो जनाउ । ।४।
नलेऊँ म इच्छा कतै अन्त जन्मँु
हिमाली धरा यै छ नेपाल सिन्धु
।
हियामा उनेको छु माटो छहारी
पुनर्जन्म पाऊँ बनुँ भाग्यशाली
! ।५।
– मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।
९८४२०९९८३१