कविता
पर्यटनको माग : शान्ति र समृद्धि
विश्वले हरेक वर्ष नयाँ उद्घोेष
गर्छ
कहिले शान्तिका नाममा
कहिले हरित लगानीको सपना बोकेर
२०२५ ले भन्यो, “पर्यटन र दिगो परिवर्तन”
यसैमा भविष्यको चित्र छ
जहाँ यात्राले प्रकृति, संस्कृति र अर्थतन्त्रलाई
एकै साथ बल पु¥याउँछ
हिजो २०२४ ले सम्झायो, “पर्यटन र शान्ति”
शान्तिविना विकास असम्भव छ,
र पर्यटन भनेको त संस्कृतिहरूको
भेटघाट हो
जहाँ बन्धन होइन, मित्रता जन्मिन्छ
त्यस अघि २०२३ ले माग्यो हरित
लगानी
र २०२० ले देखायो ग्रामीण विकासको
बाटो
जहाँ गाउँका धुलोमाटो बाटाहरू
पर्यटकका पदचापले जीवन्त हुन्छन्
नेपालमा पनि यी नारा केवल शब्द
मात्र होइनन्
“डिजिटल रूपान्तरण”ले नयाँ ढोका
खोल्यो
जहाँ विश्वका आँखा क्लिकमै हिमाल
चुम्छन्
“रोजगारी” र “समावेशी वृद्धि”का
आवाजले
हामीलाई सम्झाउँछ
पर्यटन केवल हिमालको उचाइ होइन
तर किसानको पसिना, कलाकारको सिर्जना
र स्थानीय युवाको आत्मनिर्भरता
पनि हो
अब प्रश्न गर्नुपर्छ कि
हामी कसरी अधिकतम फाइदा लिन सक्छौं
?
उत्तर छ, हामीसँगै
हामीलाई चाहिन्छ
संस्कृतिको धरोहरलाई संरक्षित
गर्दै
आधुनिक प्रविधि जोड्ने दृष्टि
हामीलाई चाहिन्छ
पर्यटनलाई ग्रामीण जीवनसँग गाँस्ने
नयाँ उद्यम र आत्मीय आतिथ्य
पर्यटन भनेको दिगो शान्तिको बाटो
हो
जहाँ विनाश होइन, संवादको पुल बाँधिन्छ
नेपालका हिमाल, तराई र पहाड
जनजीवन र विविधताको संगम
विश्वकै आकर्षण बन्न सक्छ
यदि हामीले नारालाई कर्ममा उतार्यौं
भने
अन्ततः नाराहरू केवल घोषणापत्र
होइनन्
तिनीहरू हाम्रो दिशासूचक हुन्
नेपाल, यदि सजग रह्यो भने
पर्यटनले रोजगारी दिन्छ, शान्ति ल्याउँछ
र समृद्धिको नयाँ इतिहास कोर्छ
।
– बागलुङ नगरपालिका –१०, भकुण्डे बागलुङ
९८४७६५७३००