गजल
गजल
विवेक दुलाल क्षेत्री
कंक्रिटमा चिसो हुन्छ छानो खरकै राम्रो
प्रेम गरेझैं धोका दिन्छ मुटु पत्थरकै राम्रो
थाहा छ हिँडेर नि सकिदैन तर हिँड्नुपर्छ
दुःखले जिउन सिकाउँछ यात्रा बगरकै राम्रो
हेर यी महल, गाडी र सुन्दरता
तिम्रा होइनन्
यसरी अचानक आउने सपना रहरकै राम्रो
दुख्नु र पछुताउनुको परिभाषा होइन जिन्दगी
नथाक्नु, विजयको हर टीका अधरकै राम्रो
चोटमा अभ्यस्त बन, ऐले कोही साथ
दिँदैन
बिन्ती गर्दा सुन्दैन, क्रूरता त
ईस्वरकै राम्रो
– दमक बजार –७, बगैंचामार्ग, झापा
सम्पर्क सूत्रः
+९७७ ९७६४८८०३८२
