गजल
गजल
मदनराज थापा
बल्दैनथ्यो चुल्हो यो, यदि पसिनाको धारा
नहुँदो हो
अँध्यारो हुन्थ्यो जीवन, यदि आशाको तारा
नहुँदो हो
मुस्कुराउँथे होलान् ओठहरू, सधैं
खुसी छाउँथ्यो कि
विपत्तिमा सम्हाल्ने, यदि मनको सहारा
नहुँदो हो
सजाउँथे होलान् सबैले, आफ्नै रहरका
दरबारहरू
हुन्नथ्यो
अस्तित्व महलको यदि झुपडी सारा नहुँदो हो
बाँचिरहेका हामी
सबै, आफ्नै स्वाभिमानको ओत लागी
बिकिसक्थ्यो इमान यो यदि आत्मसम्मान प्यारा नहुँदो हो
हराउँथ्यौ कि तिमी पनि, समयको यो भिडमा
‘मदन’
पाइन्थ्यो र यो पहिचान, यदि चोटहरूको
किनारा नहुँदो हो
– स्वयम्भु , काठमाडौं
