कविता
विरोध !
मीनाकुमारी लामा
तिमी विरोध
गरिराख
म यसरी नै
हिँडिरहन्छु
तिम्रो जन्म
विरोध गर्नका लागि हो
मेरो जन्म
हिँड्नका लागि हो
तिमी अझ ठुलो
स्वरमा
चिच्याएर विरोध
गर
म नयाँनयाँ
गन्तव्यका लागि हिँडिरहन्छु
तिमीलाई विरोध
गर्न छुट छ
म महिला हुँ
महिलालाई विरोध
गर्न
शब्द खोजिरहनु
पर्दैन
खुब विरोध गर
म जस्तै महिलालाई
साथ लिएर विरोध गर
तर
म हिँडिरहन्छु
बाटैमा भेट्छु
मजस्तै लखेटिएकी
तिम्री आमा, दिदी र
बहिनी !
र सोध्ने छु
तपार्इंहरूकोबाट
लखेटिनुभयो
– २०८३/०२/१८
