लघुनिबन्ध
जीवन : समय
मानिस
जीवनभर केही न केही खोजिरहन्छ । धन खोज्दछ, सम्मान खोज्दछ । अनि
सफलता खोज्दछ । तर त्यो खोजको दौडमा उसले सबैभन्दा मूल्यवान् कुरा गुमाइरहेको
हुन्छ,
त्यो
हो समय । समय न त रोकिन्छ, न त फर्किन्छ । तर हामी भने यसलाई सधैँ
सस्तो ठान्छौँ । तर चराचर जगत्मा सबभन्दा महँगो त समय रहेछ । जसको कुनै मूल्य
हुँदैन ।
बिहान
उठ्ने बित्तिकै मोबाइलमा हराउने बानीले दिनको पहिलो घण्टा हराउँछ । सानो–सानो
कामलाई “पछि गरौँला” भन्दै टार्दा ती कामहरू थुप्रिँदै जान्छन् । एक दिन ती नै
अधुरा कामहरूले मनलाई भारी बनाउँछन् । जीवनका उर्बर काल,
जीवनका
सशक्त बलियो उमेर र कुनै पनि वस्तुको सहज प्राप्तिको अवस्था ती सबै सन्दर्भहरूका
सीमा,
म्याद
र अवस्था समयको अन्तरालसँगै क्रमशः घर्कँदै जान्छन् । त्यसबेला मात्र थाहा हुन्छ,
हात
लाग्ने पछुतो मात्र बाँकी रहन्छ अनि चेत खुल्छ— समयलाई बेवास्ता गर्नु आफैँलाई
बेवास्ता गर्नु हो ।
समयको
मूल्य पैसा भन्दा ठूलो हुन्छ, किनकि पैसा हरायो भने
फेरि कमाउन सकिन्छ, तर बितेको समय कहिल्यै फर्किंदैन ।
जीवनका महत्वपूर्ण क्षणहरू— आमाबुवासँग बिताएको अगाध स्नेहिल समय,
साथीहरूसँगको
हाँसो,
प्रेमी
या प्रेमिकासँग बिताएका प्रेमिल पलहरू, आफ्ना सपनाहरूका लागि
गरेको मेहनत— यी सबै समयमै बाँधिएका हुन्छन् ।
त्यसैले
समयलाई खर्च होइन, लगानी र आर्जनका रूपमा हेर्न सिक्नुपर्छ
। हरेक क्षणलाई अर्थपूर्ण बनाउने प्रयास नै सफल जीवनको आधार हो । आखिरमा,
जीवन
भनेको समयकै अर्को नाम हो ।
पर्ख
पर्ख मायालु जति गीत गाउ
माया
गाँस्ने साथै बस्ने भनी साथ जाउ
तिमीलाई
पर्खदैन समयले साथी
समयको
भाउ रै’छ सबैभन्दा माथि
–
हाल, बु.न.पा.–१२,
काठमाडौँ
