कृतिसमीक्षा
प्राज्ञिक संलाप
कवि दिल पौडेलको दशैँ कृतिका रुपमा प्राज्ञिक
संलाप (अन्तर्वार्तासङ्ग्रह–२०८३) विशिष्ठ साहित्यिक व्यक्तित्वहरूको वैचारिक, व्यवहारिक विषयबस्तुहरू समेटिएर सोधिएका
प्रश्न उत्तरको संगालो हो । प्राज्ञिक वृत्तमा सुपरिचित साहित्यकारहरू– प्रा. डा.
जीवेन्द्रदेव गिरी, प्रा.
डा. कृष्णहरि बराल, प्रा.
डा. कृष्णप्रसाद दाहाल, प्रा.
डा. गंगाप्रसाद अधिकारी, डा.
अमर गिरी, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, सह. प्रा. डा. यज्ञश्वर निरौला, डा. छायादत्त न्यौपाने, प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. देवी दुलाल क्षेत्री, प्रा. डा. नारायणप्रसाद गड्तौला, डा. विदुला दाहाल घिमिरे, डा. विनोद मञ्जन, डा. गायत्री विष्ट, डा. गीता त्रिपाटी, डा. रजनी ढकाल, डा. हरिप्रसाद सिलवाल, प्रा. डा. देवी नेपाल, डा. रमेश शुभेच्छु र पवन चाम्लिङ ‘किरण’
सहित २० जना व्यक्तिका अन्तर्वार्ताहरू संकलन भएका छन् । यी अन्तर्वार्ताहरूमा
लेखकको समग्र परिचय, साहित्यिक
क्रियाकलाप, वर्तमान लेखन एवम्
साहित्यिक वातावरण, भोगाइ
र परिवेशजन्य विषय समेटिएका हुँदा उक्त कृति पठनीय एवम् सङ्ग्रहनीय देखिन्छ ।
कृति : प्राज्ञिक संलाप (अन्तर्वार्तासङ्ग्रह)
अन्तर्वार्ताकार : दिल पौडेल
प्रकाशक : सुदीप पौडेल, अष्ट्रेलिया
प्रकाशन : २०८३ बैशाख
मूल्य : रु. ९५१/–
- होमशंकर बास्ताेला
