कृतिसमीक्षा
फूलको सपना
डा. विष्णु के.सी.को हाइकुसङ्ग्रह फूलको सपना
प्रकृति, जीवन र मानवीय अनुभूतिलाई सूक्ष्म तर
प्रभावकारी ढङ्गले अभिव्यक्त गरिएको हाइकुसङ्ग्रह हो । हाइकुजस्तो लघु काव्यविधामा
कविले प्रकृतिका विविध दृश्य, ऋतुचक्र, फूल,
वनस्पति
तथा वातावरणसँग मानवीय भावनाको गहिरो सम्बन्ध स्थापित गरेको देखिन्छ । यस
सङ्ग्रहका हाइकुहरूमा प्रकृति र मानव जीवनका सुख–दुःख, आशा–निराशाको सपनाको प्रतीक बनेर
उपस्थित भएको छ । कविले सरल भाषा, बिम्बात्मक
प्रस्तुति र गहन अनुभूतिका माध्यमबाट पाठकलाई जीवनका सूक्ष्म सत्यहरूसँग
साक्षात्कार गराएका छन् । फूलको सपनामा प्रकृतिप्रेमसँगै मानवीय मूल्य, संवेदना र सामाजिक यथार्थको पनि सशक्त
अभिव्यक्ति पाइन्छ । त्यसर्थ उक्त हाइकुसङ्ग्रह प्रकृति र मानवीय संवेदनाको सुन्दर
अभिव्यक्ति भएकाले पठनीय र सङ्ग्रहनीय देखिन्छ ।
कृति : फूलको सपना (हाइकुसङ्ग्रह)
हाइकुकार : डा. विष्णु के. सी.
प्रकाशक : शब्दार्थ प्रकाशन, चावहिल, काठमाडौँ
प्रकाशन : २०८२
मूल्य : रु. ३००/–
